Posts

Showing posts from August, 2017

श्रम स्वीकृर्तिको विवादमा बिचौलियाको हत्या

Image
काठमाडौं, भदौ १६-  वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति निकाल्ने विषयमा विवाद हुँदा राजु श्रेष्ठको हत्या भएको खुलासा भएको छ । प्रहरी अपराध महाशाखाले हत्यामा संलग्न दोलालघाट ९ काभ्रे घर भई हाल ललितपुरको बागडोलमा बस्ने सागर सुवेदीलाई पक्राउ गरेपछि हत्याको कारण खुलेको हो । भदौ ८ गते ताहचलस्थित वैदेशिक रोजगार विभागको काठमाडौं कार्यालय नजिक काठमाडौं १३ बाफलका राजु श्रेष्ठमाथी खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहारबाट घाइते भएका राजुको बीर अस्पतालमा उपचारका क्रममा १० गते ज्यान गएको थियो । हत्यामा संलग्न सागरलाई अपराध महाशाखाले बिहिबार किर्तिपुरको मच्छेगाउँबाट पक्रेको महाशाखाका प्रवक्ता प्रहरी उपरिक्षक (एसपी) नरेन्द्रप्रसाद उपे्रतीले जानकारी दिनुभयो ।  वैदेशिक रोजगारीमा जाने कामदारले लिनुपर्ने पूर्व श्रमस्वीकृतिको विषयमा भएको पुरानो बिवादले झगडा भएको सागरले बताएका छन् । पक्राउ परेका सागर र मारिएका राजु श्रमस्वीकृति निकाल्दिने बिचौलिया हुन् । उनीहरु छुट्टा छुट्टै समुहमा काम गर्दै आएका थिए । घटनाको थप अनुसन्धान भैरहेको महाशाखाले जनाएको छ । साभार:- उज्यालो अनलाइन 

नेपाली सेनामा महिला प्रधान सेनापति बन्नसक्ने बाटो खुल्यो

Image
 भदौ १६, २०७४ ,काठमाडौं ।। २ सय ५० वर्षभन्दा लामो इतिहास बोकेको नेपाली सेनामा महिला सैनिकलाई सेनापति बन्नसक्ने बाटो खुला भएको छ। २०७४ सालदेखि सैनिक कमान्ड तथा स्टाफ कलेजको प्रवेश परीक्षामा महिला सैनिकलाई सरिक गराउने निर्णय भएसँगै महिलासमेत प्रधानसेनापति बन्न सक्ने अवसर सिर्जना भएको हो। यो प्रावधानसँगै महिला सैनिकले सेनाको उच्च तहको नेतृत्व अवसर पाउने भएका हुन्।  नेपाली सेनामा स्टाफ कलेज उत्तीर्ण गर्न जटिल तथा चुनौतीपूर्ण छ। स्टाफ कलेज उत्तीर्णहरूले आन्तरिक तथा बाह्य सुरक्षा अवस्थाको मूल्यांकन गर्न, आन्तरिक योजना बनाउन र त्यसको कार्यान्वयन गर्ने क्षमता अभिवृद्धि विकासमा भूमिका खेल्ने गर्छ। सैनिक संगठन निर्देशनालयका प्रमुख सेनानी इन्द्रकुमार रानाभाट महिला सैनिकलाई पुरुष अधिकृतसरह माथि जाने अवसर पाप्त भएको बताउँछन्। ‘सेनामा समावेशिता र महिला सहभागितालाई महत्व दिइएको छ। अब पुरुषसरह उच्च तहको नेतृत्व गर्न सक्नेछन्,’ उनले भने। यही वर्ष सेनामा महिलाका लागि महिलाकै नेतृत्वमा छुट्टै गुल्मसमेत स्थापना भएको छ। गोरखकाली महिला गुल्मको गुल्मपति मेजर सृष्टि खड्का छिन्। हाल उनको नेतृत्वमा सो ग

माधव नेपालको भविष्यवाणी– कांग्रेस अब प्रजा परिषद् हुन्छ ‘जनताले शीरमा सूर्यको टोपी राखिदिए, सम्मान गरेर लगाएँ’

Image
भदौ १६ ,चितवन ।।  नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सत्तामा बसेर कांग्रेसले जनविरोधी काम गर्दै गएकाले उसको भविष्य प्रजा परिषद्को जस्तै हुने दाबी गरेका छन् । प्रेस चौतारी नेपाल चितवनले शुक्रबार बिहान चितवनको भरतपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले यस्तो बताएका हुन् । ‘सत्तामा बसेर कांग्रेसले जनविरोधी काम गरिरहेको छ,’ नेता नेपालले भने, ‘कांग्रेसले यस्तै रवैया कायम राखे उसको हबिगत पनि प्रजा परिषद्को जस्तै हुन्छ ।’ उनले भष्टाचारीलाई निर्वाचन लड्न दिनुपर्ने प्रस्ताव निर्वाचनसम्बन्धी कानुनमा राख्न संशोधन दर्ता गराउनु निकै लज्जास्पद विषय भएको टिप्पणी गरे । ‘भ्रष्टाचारीलाई चुनाव लड्न दिनुपर्ने प्रस्ताव दुनियालाई नै लज्जित बनाउने विषय हो, यसले कांग्रेसको साखलाई नै गिराएको छ,’ नेता नेपालले अगाडि थपे, ‘यस्तै हो भने स्वाभिमानी नेपालीहरु जो देशको प्रगति र उन्नति देख्न चाहन्छन् उनीहरु किन कांग्रेसमा बस्ने ?’ कांग्रेस ‘आउट डेटेड’ औषधि जस्तो भएको भन्दै नेता नेपालले अब कांग्रेसले देशका लागि दिनसक्ने केही नभएको टिप्पणी गरे । ‘देशले कांग्रेसबाट लिन सक्ने पनि केही छैन् । जन

अन्तर्राष्ट्रिय इण्डो नेपाल कराँते प्रतियोगितामा पुनर्वास शाखा प्रथम, संयोजक असाद खान सम्मानित

Image
हाम्रै साझा पत्रिका पुनर्वास, १६ भदौ     प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालद्वारा पुरस्कार ग्रहण गरे पश्चात् प्रमुख प्रशिक्षक, पुनर्वास संयोजक तथा साथीहरू      भदौ ९ गतदेखि ११ गतेसम्म महेन्द्रनगरमा भएको दोश्रो इण्डो नेपाल इन्टरनेशनल कराँते प्रतियोगितामा शाखा पुनर्वासले प्रथम स्थान हासिल गरेको छ ।    दुई साता अधि भएको दोश्रो इण्डो नेपाल इन्टरनेशनल कराँते प्रतियोगितामा जापान कराँते डो. नाम्वुकाई सितोरियो संघ नेपाल, शाखा पुनर्वासले फाइनलमा भारतलाई पराजित गर्दै जित हाँसिल गरेको थियो ।   सो पश्चात् पुनर्वासको आईबीआरडी बजारमा विजय जुलुस निकालिएको सितोरियो संघ नेपाल पुनर्वास शाखाका संयोजक मोहमद असद खानले बताए । पुनर्वास शाखाले जित हासिल गर्दा आफू अझै उत्साही भएको जिल्लाको प्रमुख प्रशिक्षक बिन्दू मोक्तान (खान) ले बताईन् ।      गत महिना जापान कराँते डो. नाम्बुकाई सितोरियो संघ नेपालको आयोजनामा भएको प्रथम बृहत राष्ट्रिय कराँते प्रतियोगिता–२०७४ मा पुनर्वास शाखाले आफ्नो वर्चश्व कायम राख्दै ६ स्वर्ण पदक हासिल गरेका थिए । पुनर्वासलाई ६ स्वर्ण पदक दिलाएको भन्दै जिल्ला  प्रमुख प्रशिक्

मानव कंकालसंग लाइटर , मोबाइल र इयरफोन पनि सँगै भेटिएपछि.....

Image
 . काठमाडौं , १६ भदौं पनौती नगरपालिका ८ स्थित इन्द्रेश्वर थम्पु सामुदायिक वनमा मानव कंकाल भेटिएको खबर आजको कान्तिपुरमा छ । रुखको फेदमा ककांलसँगै जिन्स पाइन्ट, लाइटर, मोबाइल र इयरफोन भेटिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी महेन्द्र मरासिनीले जानकारी दिए । रुखमा डोरीसमेत भेटिएपछि आत्महत्या वा हत्या भन्ने आशंका भएकाले परीक्षणका लागि पठाएको मरासिनीले जानकारी दिए ।

क्यान्सरको उपचारमा नयाँ युग : अब पूर्णरुपमा निको हुनसक्छ क्यान्सर

Image
भदौ १६, २०७४ ।। अमेरिकी फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले क्यान्सर उपचारमा प्रयोग गर्न नयाँ प्रकारको उपचार पद्धतिलाई स्वीकृति दिएको छ।  यो पद्धतिअनुसार बिरामीको श्वेत रक्तकोषलाई निकालेर 'जेनेटिकल्ली रिप्रोग्राम' गरी पुन: बिरामीलाई दिइन्छ, जसले क्यान्सरका कोषलाई निष्क्रिय बनाउँछ। यो उपचार पद्धतिले स्वीकृति पाएसँगै विश्वभर क्यान्सरको उपचारमा नयाँ युग प्रारम्भ भएको मानिएको छ।  औषधि उत्पादक कम्पनी नोर्भाटिसको उक्त औषधि प्रयोगबाट रक्त क्यान्सर लागेका ८३ प्रतिशत बिरामी पूर्णरुपमा निको हुने दाबी गरिएको छ। हाल यो उपचार निकै महङ्गो हुनेछ, जसको मूल्य ४ लाख ४७ हजार डलर अर्थात करिब ४ करोड ७५ लाख नेपाली रुपैयाँ पर्नेछ।

भ्रष्टले चुनाव लड्न पाउने प्रस्तावको कांग्रेसभित्रै विरोध

Image
 भदौ १६, काठमाडौं ।।  कांग्रेसका झन्डै डेढ दर्जन सांसदले भ्रष्टाचारजन्य कसुरमा सजायँ पाएकाले पनि तीन वर्षपछि निर्वाचन लड्न पाउने प्रावधान राख्न संशोधन प्रस्ताव दर्ता गरेपछि आफ्नै पार्टीभित्र विरोध सुरु भएको छ। प्रतिनिधिसभा निर्वाचनका लागि व्यवस्थापिका-संसद्मा विचाराधिन विधेयकमा राखिएका संशोधनप्रति पार्टीमात्र होइन राजनीतिक वृत्तमा चर्को आलोचना भइरहेको छ। कतिपयले कांग्रेस नेतृत्वपंक्तिले भ्रष्टाचार मुद्दामा अदालतबाट सजाय भोगिसकेका नेतालाई निर्वाचन लड्न बाटो खोल्ने गरी यस्तो प्रावधान राख्न लगाएको आरोप लगाएका छन्।  कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद धनराज गुरुङले संशोधन प्रस्ताव पार्टीको नभएको बताए। ‘यो हाम्रो पार्टीको प्रस्ताव हुँदै होइन’, गुरुङले अन्नपूर्णसित भने, ‘केही सांसदले व्यक्तिगत रूपमा संशोधन हाल्नुभएको छ।’ उनका अनुसार सांसदले व्यक्तिगत रूपमा संशोधन दर्ता गर्न सक्छन्। ‘मैले पार्टीका पदाधिकारीहरूसँग पनि यसबारे छलफल गरेको छु’, उनी भन्छन्, ‘यसले पार्टीलाई घाटा पुर्‍याउँछ। त्यसकारण आधिकारिक रूपमा पार्टीले यसको खण्डन गर्नुपर्छ भन्ने हाम्रो धारणा हो।’ कोषाध्यक्ष सीतादेवी यादव

अर्घाखाँचीमा प्रहरीसँग जोरी खोज्ने दुई जना पक्राउ

Image
भदौ १५ ,अर्घाखाँची ।। अर्घाखाँचीको सन्धिखर्क र आसपासका स्थानमा प्रहरीसँग जोरी खोज्ने दुई जना पक्राउ परेका छन् ।प्रहरीसँग जोरी खोज्दै सुरक्षा व्यवस्थालई खलल पु¥याउने सन्धीखर्क–१० का युवराज थापा र जीवन वली पक्राउ परेका हुन् ।  पटक पटक सम्झउँदा पनि प्रहरीसँग बिना कारण जोरी खोज्न थालेपछि उनीहरुलई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरीक्ष्क एकनारायण कोइरालाले बताउनुभयो ।

सीआईबीको टोलीद्बारा १४ किलो सुनसहित एक जना पक्राउ

Image
फाइल तस्बिर:- १५ भदौ, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले १४ किलो सुनसहित सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका-१ का पेम्वा दोर्जे शेर्पालाई सामासुशीबाट पक्राउ गरेको छ । तातोपानी र केरुङ नाका हुँदै सुन तस्करी गरी भारतसम्म पुर्‍याउने धन्दामा सक्रिय रहेको सूचनाका आधारमा टोखा नगरपालिका-११, सामाखुशीस्थित शेर्पाको डेरा खानतलासी गर्दा दराजमा लुकाएको १४ किलो अवैध सुन बरामत गरिएको सीआईबीले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । साथै उनको समूहले भारतमा पैठारी गर्न लागेको १ केजी सुनसहित ४ जनालाई धनुषाबाट नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ । प्रहरीले पक्राउ गरेका व्यक्तिहरुमा भक्तपुरका ३८ वर्षीय दीपेन्द्र थापा, ३४ वर्षीय राजेन्द्र खत्री र ३४ वर्षीय रविन खत्री छन् । त्यस्तै काठमाडौं, बानेश्वरका ३९ वर्षीय सरोज थापा, काभ्रे पाँचखालका ३८ वर्षीय बिष्णु गौतम र धनुषा जनकपुरका ३८ वर्षीय दीपककुमार साह छन् ।

कांग्रेसले टुंग्यो लगायो प्रदेश नं २ का उम्मेदवार, भोलि सार्वजानिक हुने

Image
काठमाडौँ, १५ भदौ - प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि पार्टीका तर्फबाट सबै उम्मेदवारको टुंगो लगाएको छ ।  प्रदेश नं २ का सबै (१३६) तहमा पार्टीको उम्मेदवार टुंगो लगाइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।  सबै तहमा उम्मेदवारको टुंगो लगाइए पनि आज प्रधानमन्त्री एवं पार्टी सभापति राजधानी बाहिर हुनुभएकाले भोलिमात्रै सबै नाम सार्वजनिक गरिने भएको छ ।  निर्वाचनको तयारीका लागि पार्टीले आठ जिल्लाका सबै तहमा प्रचारसमिति गठन गर्र्नुका साथै सबै जिल्लामा सञ्चार केन्द्र स्थापना गरी प्रचार प्रचारलाई तीव्रता दिएइको, जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने र निर्वाचनमा सबै भातृ एवं शुभेच्छुक संस्थालाई परिचालन गरिएको पार्टी कार्यालयले जनाएको छ ।  निर्वाचन आचारसंहिताका कारण पार्टीले प्रचारका लागि ठूला आमसभाभन्दा पनि घरदैलो कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । यसअघि स्थानीय तहको पहिलो चरणको निर्वाचन प्रदेश नं ३, ४ र ६ मा गत वैशाख ३१ गते भएको थियो भने दोस्रोचरणको निर्वाचन प्रदेश नं १, ५ र ७ मा भएको थियो ।  निर्वाचन आयोगले आगामी

कक्षा १२ को नतिजा आज

Image
भदौ १५, काठमाडौं ।।   राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज प्रकाशन गर्ने भएको छ। व्यवस्थापन, मानविकी र शिक्षा समूहका विद्यार्थीको नतिजा प्रकाशन गर्न लागिएको हो। विज्ञान समूहका विद्यार्थीको नतिजा भने गत साउन २० गते नै सार्वजनिक गरिसकिएको छ।परीक्षा नियन्त्रक डम्बर बतासका अनुसार साँझ पाँच बजे परीक्षा समितिको वैठक बोलाइएको छ। 'कुनै प्राविधिक समस्या आएन भने नतिजा सार्वजनिक गर्छौ' बतासले भने। गत कक्षा १२ को परीक्षा गत वैशाखबाट १० गतेबाट सञ्चालन गरिएको थियो। परीक्षामा सबै समूहका गरेर साँढे तीन लाख जना सहभागि थिए। कक्षा बाह्रको विज्ञान समूहतर्फका परीक्षार्थीमध्ये ७९ दशमलव ४४ विद्यार्थी उत्तीर्ण भएका थिए। यो नतिजा गत वर्षको तुलनामा ६ प्रतिशतले बढी हो। यस वर्ष नियमित तर्फ विज्ञान समूहबाट ४४ हजार आठ सय ९७ जना परीक्षार्थी सहभागी थिए । जसमध्ये ३५ हजार ६ सय ६८ जना उत्तीर्ण भएका छन्।

पहिरोको कारण २० दिनदेखि विद्यालय बन्द

Image
१५ भदौ,पाँचथर।। साउन २६ गते गएको पहिरोका कारण बाटो अवरुद्ध हुँदा पाँचथरको फालेलुङ गाउँपालिका–३, मेमेङको खोलाघारीस्थित सिद्धकाली आधारभूत विद्यालय अझै सञ्चालनमा आउन सकेको छैन । साउन २६ गते बिहान गएको पटहिरोबाट विद्यालय क्षेत्रका ४१ परिवार विस्थापित भएपछि उक्त विद्यालयका २८ बालबालिका विद्यालय जान नसकेका हुन् । पहिरोबाट विस्थापित स्थानीयवासी स्थानीय वुङचिङ डाँडामा बस्दै आएका छन् । पहिरोका कारण ठाउँ–ठाउँमा धाँजा फाटेर घरमा बस्न नहुने भएको र विद्यालय पुग्ने बाटो पनि अवरुद्ध भएकाले विद्यालय जाने स्थिति नभएको उल्लेख गर्दै विद्यालयको अनुगमनमा जानुभएका जिल्ला शिक्षा कार्यालयका स्रोत व्यक्ति चक्रपाण्डे सुवेदीले भने, “बाटो घाटो सबै बगाएको छ, सबैतिर पानीको दलदल छ ।” आइतबरबाट विद्यालय सञ्चालन गर्ने प्रयास गरेपनि निरन्तर पानी परेका कारण नसकिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोमकुमार राईले बताए । निरन्तरको वर्षासँगैको पहिरोले पाँचथरको फालेलुङ-३ र १ मा बढी क्षति गरेको थियो । अझैसम्म पनि निरन्तर पानी परिरहेकाले विद्यालय सञ्चालन गर्नसक्ने अवस्था नभएको स्थानीयवासीको भनाइ छ । पहिरोका का

भारतीय बजार गौरिफण्टामा नेपाली कुटिए पछि नेपाली आन्दोलित ,नाकामा नारा जुलुस गरि अनिश्चितकालीन नाकाबन्द

Image
- सुनिलकुमार लो कञ्चनपुर,१५ भदौ कञ्चनपुरको प्रमुख नाका डोकेबजार नजिकैको भारतीय बजार गौरीफण्टामा किनमेलका क्रममा हिजो भारतीय व्यापारीद्वारा एक नेपाली कुटिए पछि आज बिहानै देखि नाकामा प्रदर्शन गर्दै नेपाली आन्दोलित भएका छ्न । नेपालीहरुले आवागमन ठप्प पारी नाका बन्द समेत गरेका छ्न । सिमावर्ती भारतीय बजार गौरिफण्टामा किनमेलका लागि गएका जित बहादुर वि.क.लाई सामान्य विवादमा भारतीय व्यापारीले निर्घात कुटपिट गरे पछि यस घटनाको विरोध गर्दै पश्चिम नेपालको प्रमुख नाकाको रुपमा चिनिएको डोकेबजार-गौरीफण्टा नाका अनिश्चितकालको लागि बन्द गरिएको छ । भारतीय व्यापारीद्वारा नेपाली कुटपिट गरेको विरोधमा नेपालीद्वारा नाकामा प्रदर्शन र आवागमन ठप्प पारिएको प्रहरी चौकी डोकेबजारका इन्चार्ज मदनसिह धामीले बताए । आज बिहानैदेखि विवाद मिलाई नाका सुचारु गर्न नेपाल प्रहरी,सशस्त्र प्रहरी,पत्रकार,भारतीय प्रहरी ,एसएसवि र नेपाल-भारतका व्यापारी बिच वार्ता चलिरहेको भएपनी हालसम्म निकास निस्कन सकेको छैन ।

'रेणु नगरमा छोराले आमा मार्यो'

Image
काठमाडौं, १५ भदौ । जनयुद्धमा चलिरहेको बसमा बम पड्काएर ४२ जनालाई मार्ने र दर्जनौंलाई घाइते अपांग पार्ने घटनाले भरतपुर विश्व समाचार बनेको थियो । भरतपुर महानगर चुनावदेखि झन बढी चर्चामा थियो । नगरमाताका रुपमा प्रचण्डपुत्री रेणु दाहालले जिम्मेवारी लिएको केही दिनमै छोराले आमालाई कुटी कुटी मारेको छ । भरतपुर महानगर वडा १५, मंगलपुरमा भदौ १४ गते ४५ वर्षकी आमा सविता दरैलाई २० वर्षका छोरा आशिष दरैले चारहात खुट्टा बाँधेर यसरी कुट्यो कि आमाको मृत्यु नै भयो । आमा बिग्रिइन्, आमालाई सुधार्न भनेर कुटेको बयान दिएको छ छोराले । आमाले छोरा सुधार्ने कि छोराले आमा ? भरतपुरमा अर्को चर्चाले ठाउँ पाएको छ । तर यो दुर्भाग्यपूर्ण घटनाबारे नगरमाता रेणु दाहालले कुनै चासो दिएकी छैनन् । न्युज अभियानबाट 

नारायणगढ–मुग्लिन सडक भासिएका कारण दिनभर यातायात अवरुद्ध हुने

Image
चितवन, १५ भदौ । नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा सडक भासिएका कारण आज दिनभर यातायात अवरुद्ध हुने भएको छ । नारायणगढ–मुग्लिन सडक आयोजना प्रमुख चन्द्रनारायण यादवकाअनुसार करिब ५० मिटर लम्बाइ सडकको चार मिटर चौँडा भाग भासिएकाले सो ठाउँमा भित्तो काटेर यातायात सञ्चालन गर्नुपर्ने भएको छ । एकतर्फी सडक सञ्चालन गरेमा दिउँसो २ बजेसम्ममा काम सम्पन्न हुने भए पनि दुईतर्फी सञ्चालनका लागि साँझसम्म काम गर्नुपर्ने उहाँले बताउनुभयो । सडक भासिएका ठाउँका सडक नौ मिटर मात्रै फराकिलो छ । यसअघि सडक फराकिलो बनाउन भित्तो काटिएको ठाउँमै सडक भासिएको हो । सवारी साधन सञ्चालन भएपछि काम गर्न नसकिने भएकाले भित्तो काटेर दुईतर्फी सडक सञ्चालन गर्ने तयारी भइरहेको छ । सो सडकको पाँच ठाउँमा पहिरो खसेपछि आज बिहानबाट सडक अवरुद्ध भएको हो । जलबिरेको दुई स्थानमा, कालिखोला, चारकिलो र पाँच किलोमा एक/एक स्थानमा पहिरो खसेको थियो । आयोजनाका इञ्जिनियर शिव खनालकाअनुसार जलबिरे बाहेक अन्यत्रको पहिरो भने पन्छाइसकिएको छ । केही समयमा जलबिरेको पहिरो पनि पन्छाइसकिने उहाँले बताउनुभयो । खोलाबाट लेदो झरेकाले सो ठाउँमा सडक अवरुद्ध

बुटवलमा भारतीय ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

Image
१५ भदौ, बुटवल ।। बुटवलको मिलनचोकमा बिहीबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ जादै गरेकोबा ४६ प ६३८५ नम्बरको मोटरसाइकललाइ Mh 04 eb  ५३७६ नम्बरको भारतीय ट्रकले पछाडिबाट ठक्कर दिदा मोटरसाइकलमा सवार व्यक्तिको घटनास्थलमा नै मृत्यु भएको हो । मृतक पाल्पा तानसेन–७ का रुक बहादुर थापा रहेको प्रहरीले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अगाडी रहेको मोटरसाइकल ट्रकको तल्लो भागमा च्यापिएको थियो ।

आवश्यक भए तालमेल हुन सक्छ : देउवा

Image
भदौ १५, धनगढी । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २ नं प्रदेशमा हुन लागेको स्थानीय तहको निर्वाचनमा कांग्रेसले अरु पार्टीसँग तालमेल गर्ने विषयमा संवाद गरिरहेको बताएका छन् ।  धनगढी विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै देउवाले भने, “सल्लाह भइरहेको छ, आवश्यकता हेरेर तालमेल गर्न सकिन्छ ।”  प्रधानमन्त्री देउवाले महाकाली नदीमा ‘चार लेन’को पुल निर्माण हुन लागेकाले यो निर्माणपछि ७ नं प्रदेशको समग्र विकासमा योगदान पुग्ने बताए ।  प्रधानमन्त्रीले भारतसँग भएको समझदारीअनुरुप पञ्चेश्वर परियोजनाका साथै, कञ्चनपुरमा ड्राइ पोर्ट निर्माण र गौरीफण्टा नाकाको स्तरोन्नति गर्ने काम कार्यान्वयनमा आउने विश्वास व्यक्त गरे ।  उनले ७ नं प्रदेशमा प्राविधिक शिक्षाको व्यवस्थाका लागि प्राविधिक इन्स्टिच्युट खोल्ने विषयमा पनि भारतसँग सहमति भएको बताए ।  कञ्चनपुरको महाकाली नदीमा निर्माण हुन लागेको चार लेनको पुलको शिलान्यासका लागि प्रधानमन्त्री देउवा कञ्चनपुरतर्फ गएका छन् ।  नेपालको आफ्नै लगानीमा पुल निर्माण हुन लागेको हो । चालू आर्थिक वर्षमा यो पुल निर्माणका लागि झण्डै  एक अर्ब रकम

लौ निजामतीको राष्ट्रिय नीति तयार भो।

Image
            हाम्रै साझा पत्रिका #संघ, प्रदेश र स्थानीय तहका कर्मचारीको जुनसुकै तहमा सरुवा हुने #लोकसेवाको परामर्शमा सरुवा हुन पाइने #प्रदेश र स्थानीय तहका कर्मचारीले संघमा प्रतिस्पर्धा गर्न पाउने #नीति कार्यान्वयन गर्न विभिन्न कार्यनीति #तीनै तहका सेवा प्रवाहमा प्रभावकारी विधि आरक्षण एकपटक मात्रै काठमाडौं : सरकारले संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुने सबै श्रेणीका कर्मचारीको जुनसुकै तहमा पनि स्थानान्तरण (सरुवा ) हुने व्यवस्था गर्दै निजामती सेवाको राष्ट्रिय नीति तयार पारेको छ।प्रदेश र स्थानीय तहमा समायोजन भएपछि त्यहाँबाट अन्यत्र स्थानान्तरण नहुने त्रासले कर्मचारी स्थानीय तहमा जान नमानिरहेको अवस्थामा सरकारले तीनै तहमा सरुवा हुन सक्ने व्यवस्था गर्न लागेको हो। संघ, प्रदेश र स्थानीय तहका लागि छुट्टाछुट्टै निजामती सेवा गठन गर्नुपर्ने प्रस्ताव र तीनै तहका कर्मचारी जुनसुकै तहमा सरुवा हुन पाउने व्यवस्थासहित सबैलाई मान्य हुने निजामती सेवाको राष्ट्रिय नीति तयार पारिएको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले जानकारी दिए। प्रवक्ता न्यौपानेका अनुसार नीति छिट्टै मन्त्

दोक्लाम विवादबारे मुख खोल्यो चीनले, भारत प्रतिक्रियाविहीन

Image
एजेन्सी । बेइजिङ, भदौ १५ । चीन र भुटानको सीमा क्षेत्र दोक्लाममा भारतीय र चिनियाँ सेनाबीचको तनाव अन्त्य भएको विषयलाई भारतीय संचारमाध्यमले निकै बढाइ–चढाइका साथ चर्चा गरिरहेको समयमा चिनियाँ दूतावासले भारतीय सेना विवादित क्षेत्रबाट फिर्ता भएपछि तत्कालका लागि समस्या समाधान भएको प्रष्ट पारेको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा दोक्लाम मुद्दाबाट चीन पछि नहटेको प्रष्ट पार्दै अनधिकृत रुपमा विवादित क्षेत्रमा आएका भारतीय सेना फिर्ता भएका कारण तत्कालका लागि विवाद समाधान भएको बताए । उनले भने, ‘७३ दिनदेखिको गतिरोध भारतले आफ्ना सेना फिर्ता गरेपछि अन्त्य भएको हो, अब नयाँ दिल्लीले पाठ सिक्नु पर्दछ र भविष्यमा यस प्रकारको घटना हुनबाट रोक्नु पर्दछ ।’ उनले भारतीय संचारमाध्यममा आएको समाचारतर्फ केन्द्रीत हुँदै भने, ‘मिडियाले आफ्नो अनुमान व्यक्त गर्न सक्छन्, रिपोर्ट बनाउन सक्छन् तर हामीलाई आधिकारिक रुपमा प्राप्त जानकारी अनुसार २८ अगस्टका दिन विवादित क्षेत्रबाट भारतीय सेना हटेपछि गतिरोध अन्त्य भएको हो ।’ भारतीय विदेशमन्त्रालयले भने चिनियाँ विदेशमन्त्रालयको यो भना

यसरी हुन्छ अञ्चल अस्पतालबाटै बिरामीको ‘किनबेच’ ! कतै तपाईको ठाउँमा पनि यस्तै भएको त छैन?

Image
फाइल तस्बिर :-   भदौ १५, २०७४ ,राजविराज ।।  पत्याउन गाह्रो पर्छ तर राजविराजस्थित अञ्चलस्तरीय अस्पतालमा यस्ता दृश्य सामान्य लाग्छन्। यहाँस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा दिनहुँ बिरामीको किनबेच चलिरहेको हुन्छ। अस्पतालका वार्ड र हाताभित्र यस्तो कारोबार गराउने एजेण्ट छ्यापछ्याप्ती भेटिन्छन्। अस्पतालअगाडि भ्यान, एम्बुलेन्स चालक वा स्वास्थ्य सम्बद्ध व्यक्तिहरू उपचार बिचौलिया बनेर बिरामी किन्ने र निजी अस्पतालाई बेच्ने गरिरहेका हुन्छन्। अञ्चल अस्पताल अगाडि लहरै संधै आधा दर्जनभन्दा बढी संख्यामा खडा रहने मारुती भ्यान, एम्बुलेन्सका चालक तथा निजी अस्पतालले खटाएका एजेण्टले त्यहँबाट बिरामी लगिदिएबापत आकर्षक रकम पाउने गरेका छन्। बिरामीलाई अस्पतालबाट वा बाटैबाट मोडेर विराटनगरलगायतका स्थानमा भएका निजी अस्पताल तथा क्लिनिकमा ओसारिन्छ।  एक बिरामी लगिदिएबापत चालकहरुले न्यूनतम ५ सयदेखि डेढ हजारसम्म रकम पाउने गरेका छन्। अस्पतालभित्र र वरपर हुने यस किसिमको खरिद बिक्रीबारे स्थानीय बासिन्दा पनि जानकार छन्। ठूला निजी स्वास्थ्य संस्थाले विरामी पठाउन सहयोगी वातावरण होस् भनेर आफ्ना एजेण्

महाकालीमा बन्ने चार लेनको पुलको प्रधानमन्त्रीले आज शिलान्यास गर्ने, सुदुरपश्चिमले नयाँ आयाम लिने जनविश्वास

Image
हाम्रै साझा पत्रिका   कञ्चनपुर, भदौ १५ – नेपाल–भारत जोड्ने महाकाली नदीमा चार लेनको पक्की पुल निर्माणको बिहीबार शिलान्यास गरिँदै छ । आठ सय मिटर लम्बाइ रहेको पुलको प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गर्ने कार्यक्रम छ । पुल शिलान्यास कार्यक्रमको तयारीका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायर, यातायात राज्यमन्त्री, मन्त्रालयका सचिव, विभागीय प्रमुख लगायत बुधबार नै यहाँ आएका छन् । पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले पुल निर्माणस्थल भीमदत्तनगरपालिका–१२ महाकाली नदी किनारमा आवश्यक तयारी गरिसकेको छ । महाकाली पुल योजना कार्यालयका प्रमुख सुनिलबाबु पन्तले पुलको शिलान्यासका लागि प्रधानमन्त्री देउवा बिहीबार आउने कार्यक्रम तय भइसकेको बताउनुभयो । चार लेनको पुलको ठेक्का कुमार सिएफइसी जेभीलाई परेको छ । महाकालीमा चार लेनको पक्की पुल बनेपछि प्रदेश नम्बर ७ को व्यापार र पारवहनको ढोका खुल्ने विश्वास लिइएको छ । यस क्षेत्रका उद्योगी व्यवसायीले पुल निर्माण भएमा देशकै प्रमुख नाकाका रुपमा बिस्तार हुने विश्वास लिएका छन् । पुल निर्माणसँगै औद्योगिक क्षेत्र स्थापना र सुख्ख

राजनीतिक दबाबले पाल्पा र अछाममा थपियो निर्वाचन क्षेत्र, कुन-कुनमा घट्यो? नक्सासहित !

Image
 भदौ १५, काठमाडौं ।। पूर्वनिर्धारित खाकामा थोरै परिमार्जन गरी निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ। २ सय ४० निर्वाचन क्षेत्रलाई घटाएर बनाएको १ सय ६५ निर्वाचन क्षेत्रसहितको प्रतिवेदन आयोगले बुधबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको हो। प्रधानमन्त्रीले प्रतिवेदन बुझेसँगै स‌ंविधानबमोजिम पहिलोपटक सरकारले गर्न लागेको संघीय संसद् र प्रदेशसभाको निर्वाचनका लागि बाटो खुलेको छ।  आगामी मंसिर १० र २१ गते हुने संघीय संसदको निर्वाचनमा आयोगको प्रतिवेदनबमोजिम १ सय ६५ सांसद् प्रत्यक्ष निर्वाचन क्षेत्र हुनेछन् भने ३ सय ३० सांसद् प्रदेशसभामा प्रत्यक्ष निर्वाचित हुनेछन्। निर्वाचन क्षेत्र निर्धारण आयोगले दिएको प्रतिवेदनअनुसार सबैभन्दा बढी काठमाडौंमा १० वटा निर्वाचन क्षेत्र हुनेछ। पहिले पनि काठमाडौंमा १० वटै निर्वाचन क्षेत्र थियो। यस्तै दोस्रोमा मोरङमा ६ निर्वाचन क्षेत्र कायम गरिएको छ। आयोगले राजनीतिक दबाबमा पाल्पा र अछाममा निर्वाचन क्षेत्र थपेको छ। जनसंख्याका आधारमा दुई निर्वाचन क्षेत्र बनाउन अपुग भए पनि अछाममा एमाले उपाध्यक्ष भीम रावलको दबाबमा निर्वाचन क्षेत्र थपि

गैरकानुनी सम्पत्तिमाथि अख्तियारको छानबिन : २०० जना राष्ट्रसेवक उच्च निगरानीमा

Image
भदौ १५, काठमाडौं ।। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति (अकुत) आर्जनमा करिब दुई सय जना राष्ट्रसेवकलाई उच्च निगरानीमा राखेको छ। अख्तियारले यतिबेला गोप्य रुपमा उनीहरूका गतिविधि पछाइरहेको छ।राष्ट्रसेवक पदाधिकारीले कानुनतः सम्पत्तिको स्रोत आफैंले पुष्टि गर्नुपर्ने व्यवस्था गरे पनि अकुत (गैरकानुनी) सम्पत्ति पत्ता लगाउन असफल रहेको भन्दै आलोचना भइरहेका बेला अख्तियारले राष्ट्रसेवकलाई निगरानीमा राखेको हो। अख्तियार उच्च स्रोतका अनुसार पूर्वमन्त्री, पूर्वसचिव, सहसचिव, प्रहरी, सार्वजनिक पदाधिकारी, संस्थान प्रमुखसहित सबै क्षेत्रका उच्चपदस्थ निगरानीमा छन्।  ‘यतिबेला झन्डै दुई सय व्यक्ति अख्तियारको निगरानीमा छन्। त्यसमध्ये ४० व्यक्तिमाथि गहिरो छानबिन चलिरहेको छ,’ स्रोतले भन्यो, ‘कानुनतः छानबिन गोप्य हुने भएकाले र भाग्न र प्रमाण लोप गर्नसक्ने अवस्थाका कारण पनि नाम सार्वजनिक गर्न मिल्दैन। एक दुई सातामै लक्षण थाहा हुनेछ।’ अख्तियारमा पेस भएको सम्पत्ति विवरण र उजुरीका आधारमा उनीहरूलाई निगरानीमा राखिएको हो। स्रोतका अनुसार दुई सय जना निगरानीमा रहे पनि ४० जनाउपर भने छानबिन तीव्र पारिए

तराईका अधिकांश नदीमा जलमापक उपकरण राख्ने तयारी

Image
भदौ १५, काठमाडौं ।।  सरकारले आगामी वर्षदेखि तराईका अधिकांश नदीमा जलमापक उपकरण राख्ने तयारी गरेको छ। जलमापक उपकरणमार्फत पूर्वसूचना प्रणाली प्रभावकारी बन्दै गएपछि सरकारले वर्षामापक उपकरण राख्ने योजना अगाडि सारेको हो। उपकरण राखेमा बाढी आउनुभन्दा तीन दिनअघि नै सर्वसाधारणलाई सूचना दिन सकिने जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान शाखाका हाइड्रोलोजिस्ट विनोद पराजुलीले बताए।'  ‘यस्तो खालको पूर्वसूचनाबाट मानवीयसँगै भौतिक क्षति कम गर्न सक्छौँ,’ उनले भने। सरकारले अहिलेसम्म आठ नदी तथा खोलामा वर्षामापक उपकरण राखेको छ। अर्को वर्ष मानवीयसँगै भौतिक क्षति गर्ने थप खोला र नदीको पहिचान गरी उपकरण राख्ने तयारी गरिएको छ। चुरेसँगै तराई क्षेत्रबाट बग्ने खहरे खोलाले पनि ठूलो भौतिकसँगै मानवीय क्षति गर्दै आएको छ। चुरे क्षेत्र दोहन हुँदै गएपछि बाढी आउने गरेको विज्ञहरू बताउँछन्। प्रकृतिलाई ख्याल नगरी विकास निर्माण गर्न थालेपछि तराईका खोला र नदीको सतह पनि माथि आएको छ। यस वर्ष बाढी, पहिरो र डुबानबाट एक सय ५३ जनाको मृत्यु भएको छ। ३० बेपत्ता र ४२ जना घाइते भएको गृह मन्त्रालयले जानकारी दिएको छ।   एउटा उ

कलिला हातले कुटेको गिट्टीले ठूलठूला भवन र सडक कालोपत्रे बन्दै

Image
डडेल्धुरा, १४ भदौ । डडेल्धुरा र डोटी राजमार्ग छेउमा कलिला हातले कुटेको गिट्टी र जम्मा गरेको बालुवाले जिल्ला सदरमुकामका ठूलठूला निर्माण कार्य भइरहेका छन् । सडक छेउका विपन्न र गरिब परिवारका बालबालिका विद्यालय समय अघिपछि प्रायः गरी हातमा हम्मर, कुटो र बालुवा जमा गर्ने बोरा समातेको अवस्थामा सडक छेउमा भेटिने गर्र्दछन् । गिट्टी कुट्ने रहर नभएर बाध्यता रहेको आयआर्जन कम भएका दलित र गरिब परिवारका मानिसको भनाइ रहेको छ । राजमार्ग आसपासका गाउँका पुरुष प्रायः रोजगारका लागि भारततिर जाने भएकाले र सो पैसाले घरखर्च चलाउन पनि मुस्किल पर्ने भएकाले महिला तथा बालबालिका दैनिक कामकाज चलाउनका लागि भए पनि सडक किनारामा गिट्टी कुट्ने कार्य गर्दै आएका छन् । गिट्टी कुटेर नै उनीहरुले आफूलाई आवश्यक पर्ने कापी कलमका साथै लुगाफाटोका लागिसमेत पैसा जमा गर्ने गरेको उनीहरुका आफन्तको भनाइ रहेको छ । आफ्ना आवश्यकता परिपूर्ति गर्नका लागि आफन्तसँग बालबालिकाले कुटेको गिट्टी र बालुवाले जिल्ला सदरमुकामका ठूलठूला भवन र सडक कालोपत्रेदेखि लिएर अन्य ठूलाठूला निर्माणका कार्य भइरहेका छन् । आफ्ना आवश्यकता पूरा गर्न बालबालिका

अखिल क्रान्तिकारीको किर्तिपुरमा मतदान जारी

Image
भदौ १४,काठमाडौं ।।  नेकपा माओवादी केन्द्रको भातृसंगठन अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया सुरु भएको छ।  क्रान्तिकारीको २१ औं सम्मेलनबाट नेतृत्वमा आउनका लागि अध्यक्षमा अनील शर्मा र रञ्जित तामाङ चुनावी मैदानमा छन्। ३३ पदाधिकारीसहित २४३ नयाँ केन्द्रीय सदस्य चयनका लागि अहिले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा मतदान भइरहेको छ।  निर्वाचनमा २ हजार १५ मतदाता सहभागी छन्। अखिल क्रान्तिकारीको इतिहासमै नेतृत्व चयनका लागि निर्वाचन भएको यो पहिलो अवसर हो।

दुई चरणमा चुनाव गर्ने निर्णयप्रति एमाले असन्तुष्ट

Image
१४ भदौ, काठमाडौं।। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश र संघको चुनाव दुई चरणमा गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन् । बैंककमा स्वास्थ्य उपचार गरी बुधबार स्वदेश फर्किएका ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै दुई चरणमा चुनाव गर्नुपर्नाको औचित्य नदेखेको बताए । ओलीका अनुसार निर्वाचन आयोगले सुरुमा निर्वाचन मिति मंसिर ४ र २१ गते दुई चरणमा गर्ने प्रस्ताव गरेको थियो । एमालेको सुझावपछि १० गते एकैचरणमा गर्ने निर्णय भएको थियो । ‘मत पत्र छाप्ने लगायतको तयारीका लागि ४ गतेको चुनावलाई १० गते सारेपछि फेरि १० गतेको चुनाव २१ गतेलाई सार्नुपर्ने आवश्यकता हामी देख्दैनौं,’ ओलीले भने । बुधबार बसेको मन्त्रिपरिषद बैठकले १० गते र २१ गते दुई चरणमा चुनाव गराउने निर्णय गरेको छ । यसअघि १० गते एकै चरणमा प्रदेश र संघको चुनाव गराउने सरकारले निर्णय गरेको थियो । दुई चरणमा चुनाव गराउने विषयमा एमालेसँग सरकारले परामर्शसमेत नगरेको ओलीले गुनासो गरे । उनले निर्वाचनमा धाँधली हुँदैन भन्ने विश्वासको वातावरण बनाउनुपर्नेमा जोड दिए । ‘भ्याइएन भने पनि जिम्मेवार राजन

बकर ईदको अवसरमा भदौ १८ गते सार्वजनिक बिदा

Image
१४ भदौ, काठमाडौं।। सरकारले इस्लाम धर्मावलम्वीको महान चाड बकर ईद र इदुल जोहाको अवसरमा भदौ १८ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले सूचना जारी गरी मुस्लिमहरुको महान चाडका अवसरमा भदौ १८ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

२० किलो चरेससहित कैलालीबाट एक पक्राउ

Image
१४ भदौ, कैलाली।।  सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समुहले (आरआईटी) अवैध लागु औषध चरेससहित १ जनालाई पक्राउ गरेको छ । आरआईटीका कैलाली प्रमुख प्रहरी सहायक निरीक्षक केशव जोशीको नेतृत्वको टोलीले धनगढी उपमहानगरपालिका-७, देवहरियाबाट बझाङ्गको साबिक कडेल गाविस ५, पाटागाउँ घर भई धनगढी उपमहानगरपालिका-८, बुद्धचोक डेरा गरी बस्ने ३० वर्षीय शिवराज उपाध्यायलाई २० किलो चरेश सहित से ५ प ७४९३ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको सुदूरपश्चिम प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक रोमेन्द्र सिंह देउजाले जानकारी दिए । उनले पक्राउ परेका उपाध्यायलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीको जिम्मा लगाएको बताए । सुदूरपश्चिममा आरआईटी गठन भएयता उक्त टोलीले विभिन्न स्थानबाट करिब १ क्वीन्टल भन्दा बढी चरेश लगायत अन्य लागूऔषध, चोरीका सवारी साधन र अदालतबाट सजाय पाएर फरार भएका अभियुक्तहरु पक्राउ गरी कारवाही चलाएको छ ।

दुई युवतीले केक काटेर मनाए मृत्युको खुसियाली, विष पिएर गरे आत्महत्या

Image
एजेन्सी । भदौ    १४, इन्दौर ।। विजयनगर क्षेत्रको गुरुनगरमा आफ्नो पतिसँग अलग भएर बसिरहेकी युवती र उनको साथीले कोल्ड ड्रिंकमा विष मिलाएर आत्महत्या छन् । उनीहरुले केक काटेर त्यसको खुसियाली पनि मनाएका छन् र सेल्फीसमेत लिएका छन् । घटनास्थलमा उनीहरुको दुईवटा छुट्टै सुसाइड नोट पनि फेला परेको छ । जसमा उनीहरुले जिन्दगीबाट हरेस खाएर आत्महत्या गरेको उल्लेख गरेका छन् । दुई युवतीमध्ये एक जना कल सेन्टर र अर्को युवती क्याटरिङमा काम गर्थिन् । एक महिनादेखि दुई जना भाडाको घरमा सँगै बस्दै आइरहेका थिए । दुई दिनदेखि कल सेन्टर नआएपछि ती युवती साथी उनीहरुको घर पुगेपछि घटनाको खुलासा भएको थियो ।  विजयनगर प्रहरीका अनुसार दुई युवतीको नाम रचना चौधरी र तन्वी वास्कले रहेको छ । रचनाको उमेर २५ वर्ष र तन्वीको उमेर २४ वर्ष रहेको छ । सुसाइड नोटमा २७ अगस्तको मिति रहेको छ । घटनास्थल पुगेका एएसपी मनोज रायले आत्महत्या अघि युवतीहरुले आफ्नो मोबाइल फोन फर्म्याट गरेर सेल्फीमात्र राखेका थिए । रायका अनुसार उनीहरुले दुई पेज लामो सुसाइड नोटमा आफ्नो मृत्युको जिम्मेदार आफै भएको बताएका छन् । रचनाले आफ्नो आमाबाबुलाई स

मुम्बाईमा रेड अलर्ट : ९ घण्टामा १२ इन्च वर्षा, ५ को मृत्यु

Image
एजेन्सी , भदौ १४ मुम्बई ।।  मुम्बईमा जारी भारी वर्षाका कारण दुई अलग घटनामा पाँच जनाको मृत्यु भएको छ । शहरको विक्रोली र ठाणे क्षेत्रमा २ घर खस्दा ५ जनाको मृत्यु भएको हो ।  मौसम विभागले मुम्बाई र नजिकका क्षेत्रमा भारी वर्षा हुने चेतावनी दिएको छ । चेतावनीपछि राज्य सरकारले बुधबार शहरमा रेड अलर्ट जारी गर्दै स्कुल र कलेज बिदा दिएको छ । मुख्य मन्त्रीले नै मानिसहरुलाई घरहरुमा बस्न आग्रह गरेका छन् । वर्षाका कारण मुम्बईको लाइफलाइन मानिने रेल सेवाको आवगमनमा असर परेको थियो । इदपि, रातभर ठप्प रहे पनि हार्बर लाइन र सन्ट्रल लाइन पुन पुनः सूचारु भएको छ । सायमन, कुर्ला चुनाभट्टी, माटुंगा, ठाणे, मुलुंड लगायत कयौँ रेलवे स्टेशनमा सयौँ यात्रु फँसेका छन् । उनीहरुलाई आरपीएफको टोलीले उद्धार गरिरहेको छ । मुम्बाईमा पछिल्लो तीन दिनदेखि लगातार वर्षा भइरहेको छ । सोमबार बिहान ८ बजेदेखि मंगलबार बिहान ८ बजेसम्म १५२ मिलिमिटर वर्ष वर्षा भएको थियो । मंगलबार नौ घण्टामा २९८ मिलिमिटर वर्षा भएको थियो ।  मुम्बई प्रहरीले जरुरी काम भए मात्र मुम्बाईवासीहरुलाई घरबाट बाहिर निक्लन आग्रह गरेको छ । यसअघि सन् २००५ को

क्रान्तिकारीको नयाँ नेतृत्वका लागि आज निर्वाचन

Image
भदौ १४,काठमाडौं ।।  नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारी को नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ ।  बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म निर्वाचन हुने निर्वाचन समितिका संयोजक रमेश मल्लले जानकारी दिए । क्रान्तिकारीमा पहिलो पटक नेतृत्वका लागि निर्वाचन हुन लागेको अध्यक्ष नरेन्द्र न्यौपानेले बताए ।  नयाँ नेतृत्वका लागि अध्यक्षमा अनिल शर्मा र रञ्जित तामाङ चुनावी मैदानमा छन् । ३३ पदाधिकारीसहित २४३ नयाँ केन्द्रीय समिति निर्वाचनले चयन गर्नेछ । निर्वाचनमा दुई हजार १५ मतदाता सहभागी हुनेछन् । यही भदौ ७ गतेदेखि भएको २१औँ सम्मेलनअन्तर्गत निर्वाचन कीर्तिपुरस्थित त्रिवि सभाहलमा हुनेछ । रासस