बुटवलमा भारतीय ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

१५ भदौ, बुटवल ।। बुटवलको मिलनचोकमा बिहीबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ जादै गरेकोबा ४६ प ६३८५ नम्बरको मोटरसाइकललाइ Mh 04 eb  ५३७६ नम्बरको भारतीय ट्रकले पछाडिबाट ठक्कर दिदा मोटरसाइकलमा सवार व्यक्तिको घटनास्थलमा नै मृत्यु भएको हो ।

मृतक पाल्पा तानसेन–७ का रुक बहादुर थापा रहेको प्रहरीले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अगाडी रहेको मोटरसाइकल ट्रकको तल्लो भागमा च्यापिएको थियो ।

Comments

Popular posts from this blog

दुर्गा प्रसाईं पक्राउ

आन्दोलनरत शिक्षक र प्रधानमन्त्री बिच छलफल, के भयो छ्लफलमा?

छोराको मायाले जन्माएको हिरायान