दुर्गा प्रसाईं पक्राउ

काठमाडौँ / मंसिर २
राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति तथा नागरिक सुरक्षाका मुद्दामा अभियान चलाउँदै आएका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ।

मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गरेका प्रसाईंलाई मध्यराति भक्तपुरको ठिमीस्थित निवासबाट नै पक्राउ गरिएको हो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले गिरफ्तारीको पुष्टि गरेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँ र अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएर अहिले भद्रकालीस्थित प्रहरी परिसरमा राखिएको छ।

प्रसाईंले आन्दोलनको तयारीका क्रममा भडकाऊ अभिव्यक्ति दिएको र त्यसले हिंसा भड्किन सक्ने मूल्यांकनपछि पक्राउ गरिएको बताइएको छ। उनले ७ गतेदेखि यातायातसहित सबै क्षेत्र बन्द पार्ने दाबी गर्दै आएका थिए। साथै, राष्ट्रको प्रतिष्ठासँग जोडिएको एनपीएलसमेत रोक्न क्यानका अधिकारीलाई चेतावनी दिएको भिडियो सार्वजनिक भएको थियो।

सोमबार भक्तपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाईंले आफूहरूले सरकारलाई आफ्ना मागहरू बारे अवगत गराए पनि कुनै चासो नदेखाएको आरोप लगाएका थिए। उनले शान्तिपूर्ण आन्दोलन सबैको अधिकार भएको र आफ्नो अभियान रोक्न नसक्ने जिकिर पनि गरेका थिए।

त्यसैगरी, उनले जेनजीले उठाएका मुद्दाभन्दा सरकारको ध्यान आगामी निर्वाचनमा मात्रै केन्द्रित भएको भन्दै आपत्ति व्यक्त गरेका थिए। आफूहरूले अघि सारेका एजेन्डामा जनमत सङ्ग्रह गर्नुपर्ने प्रसाईँको माग छ।

उनको समूहले हिन्दुराष्ट्र घोषणा र राजतन्त्र पुनःस्थापनासहितका एजेन्डा अघि सार्दै आएको छ। कात्तिक २६ गते गृह मन्त्रालयसँग वार्ता भए पनि कुनै निष्कर्ष ननिस्केको थियो।

दुर्गा प्रसाईंका प्रमुख मागहरू

प्रदेश संरचना खारेज गर्नु

देशलाई पुनः ५ विकास क्षेत्र र १४ अञ्चलमा पुनर्संरचना गर्नु

Comments

Popular posts from this blog

आन्दोलनरत शिक्षक र प्रधानमन्त्री बिच छलफल, के भयो छ्लफलमा?

छोराको मायाले जन्माएको हिरायान