आजदेखि सोह्रश्राद्ध, पक्षभरि पितृको सम्झना गरिँदै
भदौ २१, २०७४ ,काठमाडौं ।।
आश्विनकृष्ण प्रतिपदा। बुधबार पितृपक्ष सुरु भएको छ। सनातन हिन्दु संस्कृतिमा आश्विन कृष्ण पक्षलाई पितृपक्ष भनिन्छ। बोलीचालीमा यसलाई ‘सोह्रश्राद्ध’ पनि भनिन्छ। यो पक्षका १५ दिनमा अघिल्लो वा पछिल्लो पक्षको एक तिथिसमेत समावेश गरी सोह्र तिथिमा श्राद्ध गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो।
भाद्रशुक्ल पूर्णिमादेखि आश्विनकृष्ण औंसी वा आश्विनकृष्ण प्रतिपदादेखि आश्विनशुक्ल प्रतिपदासम्मका तिथिलाई लिएर सोह्र दिन पुर्याइन्छ। यी १६ तिथिमध्ये आफ्ना पितृ दिवंगत भएको एक तिथिमा श्राद्ध गर्ने परम्परा छ। मृत्यु भएको तिथिमा गरिने वार्षिक श्राद्धमा एक जनालाई मात्र पिण्ड दिइन्छ भने सोह्रश्राद्धमा पितृकुलका तीन र मातृकुलका तीन पुस्तालाई सम्झिइन्छ। बुधबार भाद्र शुक्ल पूर्णिमा भए पनि तिथिको घटबढका कारण प्रतिपदा श्राद्ध गरिँदैछ।
पूर्णिमा तिथि भएकाहरूले मंगलबार नै श्राद्ध गरिसकेका छन्। आमाबाबु नहुने यो पक्षभरि नियममा बस्ने र एक तिथिमा श्राद्ध गर्छन्। तिथिमै गर्न नसके अन्तिम दिन औँसीमा श्राद्ध गर्ने परम्परा छ। सोह्रश्राद्ध लागेसँगै काठमाडौंको वागमती, चितवनको देवघाट, नुवाकोटको वेत्रावतीलगायत नदी किनारमा श्राद्ध, तर्पण गर्नेको घुइँचो लाग्छ।
आमाबाबु बाँचुञ्जेल श्रद्धापूर्वक उनीहरूको हेरविचार, पालनपोषण गर्नु सन्तानको कर्तव्य भएको सनातन शास्त्रमा बताइएको छ। यस्तै दिवंगत भएपछि पनि शास्त्रको विधानअनुसार अन्त्येष्टि क्रिया श्राद्ध आदि कर्म गर्नुपर्ने सनातन धर्मको मान्यता छ। श्राद्धमा श्रद्धा र शुद्धताको बढी महत्त्व हुने धर्मशास्त्रविद्हरू बताउँछन्।

Comments
Post a Comment