सीआईबीको टोलीद्बारा १४ किलो सुनसहित एक जना पक्राउ

फाइल तस्बिर:-
१५ भदौ, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले १४ किलो सुनसहित सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका-१ का पेम्वा दोर्जे शेर्पालाई सामासुशीबाट पक्राउ गरेको छ ।
तातोपानी र केरुङ नाका हुँदै सुन तस्करी गरी भारतसम्म पुर्‍याउने धन्दामा सक्रिय रहेको सूचनाका आधारमा टोखा नगरपालिका-११, सामाखुशीस्थित शेर्पाको डेरा खानतलासी गर्दा दराजमा लुकाएको १४ किलो अवैध सुन बरामत गरिएको सीआईबीले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
साथै उनको समूहले भारतमा पैठारी गर्न लागेको १ केजी सुनसहित ४ जनालाई धनुषाबाट नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ ।
प्रहरीले पक्राउ गरेका व्यक्तिहरुमा भक्तपुरका ३८ वर्षीय दीपेन्द्र थापा, ३४ वर्षीय राजेन्द्र खत्री र ३४ वर्षीय रविन खत्री छन् । त्यस्तै काठमाडौं, बानेश्वरका ३९ वर्षीय सरोज थापा, काभ्रे पाँचखालका ३८ वर्षीय बिष्णु गौतम र धनुषा जनकपुरका ३८ वर्षीय दीपककुमार साह छन् ।

Comments

Popular posts from this blog

पुुनर्वासमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेको परिचय खुल्यो

कञ्चनपुरमा थ्रेसरमा च्यापिएर एक महिलाको मृत्यु

पुनर्वासका कुल ब्वाय फिल्म खेल्दै