भारतीय बजार गौरिफण्टामा नेपाली कुटिए पछि नेपाली आन्दोलित ,नाकामा नारा जुलुस गरि अनिश्चितकालीन नाकाबन्द



-सुनिलकुमार लो
कञ्चनपुर,१५ भदौ
कञ्चनपुरको प्रमुख नाका डोकेबजार नजिकैको भारतीय बजार गौरीफण्टामा किनमेलका क्रममा हिजो भारतीय व्यापारीद्वारा एक नेपाली कुटिए पछि आज बिहानै देखि नाकामा प्रदर्शन गर्दै नेपाली आन्दोलित भएका छ्न । नेपालीहरुले आवागमन ठप्प पारी नाका बन्द समेत गरेका छ्न ।
सिमावर्ती भारतीय बजार गौरिफण्टामा किनमेलका लागि गएका जित बहादुर वि.क.लाई सामान्य विवादमा भारतीय व्यापारीले निर्घात कुटपिट गरे पछि यस घटनाको विरोध गर्दै पश्चिम नेपालको प्रमुख नाकाको रुपमा चिनिएको डोकेबजार-गौरीफण्टा नाका अनिश्चितकालको लागि बन्द गरिएको छ । भारतीय व्यापारीद्वारा नेपाली कुटपिट गरेको विरोधमा नेपालीद्वारा नाकामा प्रदर्शन र आवागमन ठप्प पारिएको प्रहरी चौकी डोकेबजारका इन्चार्ज मदनसिह धामीले बताए ।
आज बिहानैदेखि विवाद मिलाई नाका सुचारु गर्न नेपाल प्रहरी,सशस्त्र प्रहरी,पत्रकार,भारतीय प्रहरी ,एसएसवि र नेपाल-भारतका व्यापारी बिच वार्ता चलिरहेको भएपनी हालसम्म निकास निस्कन सकेको छैन ।

Comments

Popular posts from this blog

दुर्गा प्रसाईं पक्राउ

आन्दोलनरत शिक्षक र प्रधानमन्त्री बिच छलफल, के भयो छ्लफलमा?

छोराको मायाले जन्माएको हिरायान