क्रान्तिकारीको नयाँ नेतृत्वका लागि आज निर्वाचन

भदौ १४,काठमाडौं ।। नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारी को नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । 
बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म निर्वाचन हुने निर्वाचन समितिका संयोजक रमेश मल्लले जानकारी दिए । क्रान्तिकारीमा पहिलो पटक नेतृत्वका लागि निर्वाचन हुन लागेको अध्यक्ष नरेन्द्र न्यौपानेले बताए । 
नयाँ नेतृत्वका लागि अध्यक्षमा अनिल शर्मा र रञ्जित तामाङ चुनावी मैदानमा छन् । ३३ पदाधिकारीसहित २४३ नयाँ केन्द्रीय समिति निर्वाचनले चयन गर्नेछ । निर्वाचनमा दुई हजार १५ मतदाता सहभागी हुनेछन् । यही भदौ ७ गतेदेखि भएको २१औँ सम्मेलनअन्तर्गत निर्वाचन कीर्तिपुरस्थित त्रिवि सभाहलमा हुनेछ । रासस

Comments

Popular posts from this blog

दुर्गा प्रसाईं पक्राउ

आन्दोलनरत शिक्षक र प्रधानमन्त्री बिच छलफल, के भयो छ्लफलमा?

छोराको मायाले जन्माएको हिरायान