अन्तर्राष्ट्रिय इण्डो नेपाल कराँते प्रतियोगितामा पुनर्वास शाखा प्रथम, संयोजक असाद खान सम्मानित

हाम्रै साझा पत्रिका
पुनर्वास, १६ भदौ  
 प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालद्वारा पुरस्कार ग्रहण गरे पश्चात् प्रमुख प्रशिक्षक, पुनर्वास संयोजक तथा साथीहरू 

    भदौ ९ गतदेखि ११ गतेसम्म महेन्द्रनगरमा भएको दोश्रो इण्डो नेपाल इन्टरनेशनल कराँते प्रतियोगितामा शाखा पुनर्वासले प्रथम स्थान हासिल गरेको छ ।

   दुई साता अधि भएको दोश्रो इण्डो नेपाल इन्टरनेशनल कराँते प्रतियोगितामा जापान कराँते डो. नाम्वुकाई सितोरियो संघ नेपाल, शाखा पुनर्वासले फाइनलमा भारतलाई पराजित गर्दै जित हाँसिल गरेको थियो ।

  सो पश्चात् पुनर्वासको आईबीआरडी बजारमा विजय जुलुस निकालिएको सितोरियो संघ नेपाल पुनर्वास शाखाका संयोजक मोहमद असद खानले बताए । पुनर्वास शाखाले जित हासिल गर्दा आफू अझै उत्साही भएको जिल्लाको प्रमुख प्रशिक्षक बिन्दू मोक्तान (खान) ले बताईन् ।

     गत महिना जापान कराँते डो. नाम्बुकाई सितोरियो संघ नेपालको आयोजनामा भएको प्रथम बृहत राष्ट्रिय कराँते प्रतियोगिता–२०७४ मा पुनर्वास शाखाले आफ्नो वर्चश्व कायम राख्दै ६ स्वर्ण पदक हासिल गरेका थिए ।
पुनर्वासलाई ६ स्वर्ण पदक दिलाएको भन्दै जिल्ला  प्रमुख प्रशिक्षक मोक्तानलाई बृहत राष्ट्रिय कराँते प्रतियोगिताले ताम्रापत्रसहित सम्मान गरेको थियो ।

खेलकूद क्षेत्रमा निस्वार्थ रुपमा जापान कराँते डो. नाम्बुकाई सितोरियो संघ नेपाललाई सहयोग गरेको भन्दै  मोहमद असद खानलाई कञ्चनपुर प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालद्वारा सम्मानित भएका थिए ।

Comments

Popular posts from this blog

पुुनर्वासमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेको परिचय खुल्यो

कञ्चनपुरमा थ्रेसरमा च्यापिएर एक महिलाको मृत्यु

पुनर्वासका कुल ब्वाय फिल्म खेल्दै