'रेणु नगरमा छोराले आमा मार्यो'

काठमाडौं, १५ भदौ । जनयुद्धमा चलिरहेको बसमा बम पड्काएर ४२ जनालाई मार्ने र दर्जनौंलाई घाइते अपांग पार्ने घटनाले भरतपुर विश्व समाचार बनेको थियो ।
भरतपुर महानगर चुनावदेखि झन बढी चर्चामा थियो । नगरमाताका रुपमा प्रचण्डपुत्री रेणु दाहालले जिम्मेवारी लिएको केही दिनमै छोराले आमालाई कुटी कुटी मारेको छ ।
भरतपुर महानगर वडा १५, मंगलपुरमा भदौ १४ गते ४५ वर्षकी आमा सविता दरैलाई २० वर्षका छोरा आशिष दरैले चारहात खुट्टा बाँधेर यसरी कुट्यो कि आमाको मृत्यु नै भयो ।
आमा बिग्रिइन्, आमालाई सुधार्न भनेर कुटेको बयान दिएको छ छोराले । आमाले छोरा सुधार्ने कि छोराले आमा ? भरतपुरमा अर्को चर्चाले ठाउँ पाएको छ ।
तर यो दुर्भाग्यपूर्ण घटनाबारे नगरमाता रेणु दाहालले कुनै चासो दिएकी छैनन् ।
न्युज अभियानबाट 

Comments

Popular posts from this blog

पुुनर्वासमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेको परिचय खुल्यो

कञ्चनपुरमा थ्रेसरमा च्यापिएर एक महिलाको मृत्यु

पुनर्वासका कुल ब्वाय फिल्म खेल्दै