कक्षा १२ को नतिजा आज


भदौ १५, काठमाडौं ।।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज प्रकाशन गर्ने भएको छ। व्यवस्थापन, मानविकी र शिक्षा समूहका विद्यार्थीको नतिजा प्रकाशन गर्न लागिएको हो।



विज्ञान समूहका विद्यार्थीको नतिजा भने गत साउन २० गते नै सार्वजनिक गरिसकिएको छ।परीक्षा नियन्त्रक डम्बर बतासका अनुसार साँझ पाँच बजे परीक्षा समितिको वैठक बोलाइएको छ।
'कुनै प्राविधिक समस्या आएन भने नतिजा सार्वजनिक गर्छौ' बतासले भने। गत कक्षा १२ को परीक्षा गत वैशाखबाट १० गतेबाट सञ्चालन गरिएको थियो। परीक्षामा सबै समूहका गरेर साँढे तीन लाख जना सहभागि थिए।
कक्षा बाह्रको विज्ञान समूहतर्फका परीक्षार्थीमध्ये ७९ दशमलव ४४ विद्यार्थी उत्तीर्ण भएका थिए। यो नतिजा गत वर्षको तुलनामा ६ प्रतिशतले बढी हो।
यस वर्ष नियमित तर्फ विज्ञान समूहबाट ४४ हजार आठ सय ९७ जना परीक्षार्थी सहभागी थिए । जसमध्ये ३५ हजार ६ सय ६८ जना उत्तीर्ण भएका छन्।

Comments

Popular posts from this blog

पुनर्वास मेयर माथि अभद्र व्यवहार गर्ने दोषीलाई कानूनी कार्वाही गरिने

पेट्रोलियम पदार्थको मूल्य घट्यो

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुस नतिजा