क्यान्सरको उपचारमा नयाँ युग : अब पूर्णरुपमा निको हुनसक्छ क्यान्सर


  • भदौ १६, २०७४ ।।

अमेरिकी फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले क्यान्सर उपचारमा प्रयोग गर्न नयाँ प्रकारको उपचार पद्धतिलाई स्वीकृति दिएको छ।

 यो पद्धतिअनुसार बिरामीको श्वेत रक्तकोषलाई निकालेर 'जेनेटिकल्ली रिप्रोग्राम' गरी पुन: बिरामीलाई दिइन्छ, जसले क्यान्सरका कोषलाई निष्क्रिय बनाउँछ। यो उपचार पद्धतिले स्वीकृति पाएसँगै विश्वभर क्यान्सरको उपचारमा नयाँ युग प्रारम्भ भएको मानिएको छ।

 औषधि उत्पादक कम्पनी नोर्भाटिसको उक्त औषधि प्रयोगबाट रक्त क्यान्सर लागेका ८३ प्रतिशत बिरामी पूर्णरुपमा निको हुने दाबी गरिएको छ। हाल यो उपचार निकै महङ्गो हुनेछ, जसको मूल्य ४ लाख ४७ हजार डलर अर्थात करिब ४ करोड ७५ लाख नेपाली रुपैयाँ पर्नेछ।

Comments

Popular posts from this blog

पुनर्वास मेयर माथि अभद्र व्यवहार गर्ने दोषीलाई कानूनी कार्वाही गरिने

पेट्रोलियम पदार्थको मूल्य घट्यो

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुस नतिजा