दोक्लाम विवादबारे मुख खोल्यो चीनले, भारत प्रतिक्रियाविहीन

एजेन्सी ।

बेइजिङ, भदौ १५ । चीन र भुटानको सीमा क्षेत्र दोक्लाममा भारतीय र चिनियाँ सेनाबीचको तनाव अन्त्य भएको विषयलाई भारतीय संचारमाध्यमले निकै बढाइ–चढाइका साथ चर्चा गरिरहेको समयमा चिनियाँ दूतावासले भारतीय सेना विवादित क्षेत्रबाट फिर्ता भएपछि तत्कालका लागि समस्या समाधान भएको प्रष्ट पारेको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीले बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा दोक्लाम मुद्दाबाट चीन पछि नहटेको प्रष्ट पार्दै अनधिकृत रुपमा विवादित क्षेत्रमा आएका भारतीय सेना फिर्ता भएका कारण तत्कालका लागि विवाद समाधान भएको बताए ।
उनले भने, ‘७३ दिनदेखिको गतिरोध भारतले आफ्ना सेना फिर्ता गरेपछि अन्त्य भएको हो, अब नयाँ दिल्लीले पाठ सिक्नु पर्दछ र भविष्यमा यस प्रकारको घटना हुनबाट रोक्नु पर्दछ ।’
उनले भारतीय संचारमाध्यममा आएको समाचारतर्फ केन्द्रीत हुँदै भने, ‘मिडियाले आफ्नो अनुमान व्यक्त गर्न सक्छन्, रिपोर्ट बनाउन सक्छन् तर हामीलाई आधिकारिक रुपमा प्राप्त जानकारी अनुसार २८ अगस्टका दिन विवादित क्षेत्रबाट भारतीय सेना हटेपछि गतिरोध अन्त्य भएको हो ।’
भारतीय विदेशमन्त्रालयले भने चिनियाँ विदेशमन्त्रालयको यो भनाइप्रति कुनै प्रतिक्रिया जनाएको छैन । तर भारतीय मिडियामा भने भारतको अडानका कारण दोक्लाम विवादबाट चीन पछि हटेको दाबीसहितका समाचार प्रकाशमा आइरहेका छन् । (एजेन्सी)/फाइल तस्बिर;-

Comments

Popular posts from this blog

पुुनर्वासमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेको परिचय खुल्यो

कञ्चनपुरमा थ्रेसरमा च्यापिएर एक महिलाको मृत्यु

पुनर्वासका कुल ब्वाय फिल्म खेल्दै