माधव नेपालको भविष्यवाणी– कांग्रेस अब प्रजा परिषद् हुन्छ ‘जनताले शीरमा सूर्यको टोपी राखिदिए, सम्मान गरेर लगाएँ’

भदौ १६ ,चितवन ।।
 नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सत्तामा बसेर कांग्रेसले जनविरोधी काम गर्दै गएकाले उसको भविष्य प्रजा परिषद्को जस्तै हुने दाबी गरेका छन् ।
प्रेस चौतारी नेपाल चितवनले शुक्रबार बिहान चितवनको भरतपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले यस्तो बताएका हुन् ।

‘सत्तामा बसेर कांग्रेसले जनविरोधी काम गरिरहेको छ,’ नेता नेपालले भने, ‘कांग्रेसले यस्तै रवैया कायम राखे उसको हबिगत पनि प्रजा परिषद्को जस्तै हुन्छ ।’ उनले भष्टाचारीलाई निर्वाचन लड्न दिनुपर्ने प्रस्ताव निर्वाचनसम्बन्धी कानुनमा राख्न संशोधन दर्ता गराउनु निकै लज्जास्पद विषय भएको टिप्पणी गरे ।

‘भ्रष्टाचारीलाई चुनाव लड्न दिनुपर्ने प्रस्ताव दुनियालाई नै लज्जित बनाउने विषय हो, यसले कांग्रेसको साखलाई नै गिराएको छ,’ नेता नेपालले अगाडि थपे, ‘यस्तै हो भने स्वाभिमानी नेपालीहरु जो देशको प्रगति र उन्नति देख्न चाहन्छन् उनीहरु किन कांग्रेसमा बस्ने ?’ कांग्रेस ‘आउट डेटेड’ औषधि जस्तो भएको भन्दै नेता नेपालले अब कांग्रेसले देशका लागि दिनसक्ने केही नभएको टिप्पणी गरे । ‘देशले कांग्रेसबाट लिन सक्ने पनि केही छैन् । जनताले उसलाई अस्वीकार गर्दै गएका छन्,’ नेता नेपालले भने ।

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको प्रसंग कोट्याउँदै उनले देउवाले लम्पसारको नमूना पेस गरेको आरोप लगाए । ‘प्रधानमन्त्री भारत भ्रमणमा त जानु भयो, तर लम्पसार परेर आउनुभयो’, नेता नेपालले भने, ‘नेपालको आन्तरिक विषय, सार्वभौम संसदको अधिकारको विषयमा भारतलाई समेत हकदार बनाउने प्रयास उहाँले गर्नुभयो ।’

नेकपा एमालेमाथि मधेशमा भइरहेको आक्रमण अतिवादी राजनीतिक र अपराधिक मानसिकताबाट सिर्जित भएको भन्दै नेता नेपालले यसमाथि कडा कदम चाल्न सरकारसँग माग गरे । ‘जसले जतिसुकै एमाले मधेसविरोधी भनेर प्रचार वा आक्रमण गरे पनि प्रदेश नम्वर २ मा एमाले नै पहिलो पार्टी बन्छ, जनताको मनमनमा एमाले छ’, एमाले वरिष्ठ नेता नेपालले भने ।

निर्वाचन आचारसंहिता र निर्वाचन आयोगको २४ घन्टे स्पष्टीकरणबारे सोधिएको प्रश्नमा नेता नेपालले भने, ‘जनताले सूर्यको टोपी लगाइदिए, मैले निकालेर फाल्न मिलेन, मैले पनि ठानेँ उम्मेदवारको मनोनयन पछि लगाउन नपाउने होला भन्ने । ’

उत्तर कोरियाको आफ्नो भ्रमण शान्ति स्थापनाका कुराहरुमा नै जोड दिएर गरिएको नेता नेपालले स्पष्ट पारे । एमाले नेता नेपाल, नेपाल दुरसञ्चार कर्मचारी संघको आठौं केन्द्रिय परिषद् समारोह उद्घाटन गर्न प्रदेश नम्वर २ को चुनावी अभियान छाडेर चितवन आएका हुन् ।

Comments

Popular posts from this blog

पुुनर्वासमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेको परिचय खुल्यो

कञ्चनपुरमा थ्रेसरमा च्यापिएर एक महिलाको मृत्यु

पुनर्वासका कुल ब्वाय फिल्म खेल्दै