२० किलो चरेससहित कैलालीबाट एक पक्राउ

१४ भदौ, कैलाली।। 
सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समुहले (आरआईटी) अवैध लागु औषध चरेससहित १ जनालाई पक्राउ गरेको छ ।

आरआईटीका कैलाली प्रमुख प्रहरी सहायक निरीक्षक केशव जोशीको नेतृत्वको टोलीले धनगढी उपमहानगरपालिका-७, देवहरियाबाट बझाङ्गको साबिक कडेल गाविस ५, पाटागाउँ घर भई धनगढी उपमहानगरपालिका-८, बुद्धचोक डेरा गरी बस्ने ३० वर्षीय शिवराज उपाध्यायलाई २० किलो चरेश सहित से ५ प ७४९३ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको सुदूरपश्चिम प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक रोमेन्द्र सिंह देउजाले जानकारी दिए ।

उनले पक्राउ परेका उपाध्यायलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीको जिम्मा लगाएको बताए ।

सुदूरपश्चिममा आरआईटी गठन भएयता उक्त टोलीले विभिन्न स्थानबाट करिब १ क्वीन्टल भन्दा बढी चरेश लगायत अन्य लागूऔषध, चोरीका सवारी साधन र अदालतबाट सजाय पाएर फरार भएका अभियुक्तहरु पक्राउ गरी कारवाही चलाएको छ ।

Comments

Popular posts from this blog

दुर्गा प्रसाईं पक्राउ

आन्दोलनरत शिक्षक र प्रधानमन्त्री बिच छलफल, के भयो छ्लफलमा?

छोराको मायाले जन्माएको हिरायान