दुई युवतीले केक काटेर मनाए मृत्युको खुसियाली, विष पिएर गरे आत्महत्या
एजेन्सी ।
भदौ १४, इन्दौर ।।विजयनगर क्षेत्रको गुरुनगरमा आफ्नो पतिसँग अलग भएर बसिरहेकी युवती र उनको साथीले कोल्ड ड्रिंकमा विष मिलाएर आत्महत्या छन् । उनीहरुले केक काटेर त्यसको खुसियाली पनि मनाएका छन् र सेल्फीसमेत लिएका छन् ।
घटनास्थलमा उनीहरुको दुईवटा छुट्टै सुसाइड नोट पनि फेला परेको छ । जसमा उनीहरुले जिन्दगीबाट हरेस खाएर आत्महत्या गरेको उल्लेख गरेका छन् ।
दुई युवतीमध्ये एक जना कल सेन्टर र अर्को युवती क्याटरिङमा काम गर्थिन् । एक महिनादेखि दुई जना भाडाको घरमा सँगै बस्दै आइरहेका थिए ।
दुई दिनदेखि कल सेन्टर नआएपछि ती युवती साथी उनीहरुको घर पुगेपछि घटनाको खुलासा भएको थियो ।
विजयनगर प्रहरीका अनुसार दुई युवतीको नाम रचना चौधरी र तन्वी वास्कले रहेको छ । रचनाको उमेर २५ वर्ष र तन्वीको उमेर २४ वर्ष रहेको छ ।
सुसाइड नोटमा २७ अगस्तको मिति रहेको छ ।
सुसाइड नोटमा २७ अगस्तको मिति रहेको छ ।
घटनास्थल पुगेका एएसपी मनोज रायले आत्महत्या अघि युवतीहरुले आफ्नो मोबाइल फोन फर्म्याट गरेर सेल्फीमात्र राखेका थिए ।
रायका अनुसार उनीहरुले दुई पेज लामो सुसाइड नोटमा आफ्नो मृत्युको जिम्मेदार आफै भएको बताएका छन् । रचनाले आफ्नो आमाबाबुलाई सम्बोधन गर्दै आफ्नो शव पति अशोकलाई शव नदिन आग्रह गरेकी छिन् ।
उता, तन्वीले सुसाइड नोटमा दिदी र भेनाजुलाई सम्बोधन गर्दै ‘आइ लभ यु’ भनेकी छिन् ।
यसबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
रातोपाटी बाट
Comments
Post a Comment