मुम्बाईमा रेड अलर्ट : ९ घण्टामा १२ इन्च वर्षा, ५ को मृत्यु
एजेन्सी ,
भदौ १४ मुम्बई ।। मुम्बईमा जारी भारी वर्षाका कारण दुई अलग घटनामा पाँच जनाको मृत्यु भएको छ । शहरको विक्रोली र ठाणे क्षेत्रमा २ घर खस्दा ५ जनाको मृत्यु भएको हो ।
मौसम विभागले मुम्बाई र नजिकका क्षेत्रमा भारी वर्षा हुने चेतावनी दिएको छ । चेतावनीपछि राज्य सरकारले बुधबार शहरमा रेड अलर्ट जारी गर्दै स्कुल र कलेज बिदा दिएको छ । मुख्य मन्त्रीले नै मानिसहरुलाई घरहरुमा बस्न आग्रह गरेका छन् ।
वर्षाका कारण मुम्बईको लाइफलाइन मानिने रेल सेवाको आवगमनमा असर परेको थियो । इदपि, रातभर ठप्प रहे पनि हार्बर लाइन र सन्ट्रल लाइन पुन पुनः सूचारु भएको छ । सायमन, कुर्ला चुनाभट्टी, माटुंगा, ठाणे, मुलुंड लगायत कयौँ रेलवे स्टेशनमा सयौँ यात्रु फँसेका छन् । उनीहरुलाई आरपीएफको टोलीले उद्धार गरिरहेको छ ।
मुम्बाईमा पछिल्लो तीन दिनदेखि लगातार वर्षा भइरहेको छ । सोमबार बिहान ८ बजेदेखि मंगलबार बिहान ८ बजेसम्म १५२ मिलिमिटर वर्ष वर्षा भएको थियो । मंगलबार नौ घण्टामा २९८ मिलिमिटर वर्षा भएको थियो ।
मुम्बई प्रहरीले जरुरी काम भए मात्र मुम्बाईवासीहरुलाई घरबाट बाहिर निक्लन आग्रह गरेको छ ।
यसअघि सन् २००५ को जुलाई २६ मा भारी वर्षा हुँदा हजारौँ मानिस रातभर सडकमा फँसेका थिए । त्यतिबेला ५ सय जनाको मृत्यु भएको थियो ।
Comments
Post a Comment