पहिरोको कारण २० दिनदेखि विद्यालय बन्द
१५ भदौ,पाँचथर।।
साउन २६ गते गएको पहिरोका कारण बाटो अवरुद्ध हुँदा पाँचथरको फालेलुङ गाउँपालिका–३, मेमेङको खोलाघारीस्थित सिद्धकाली आधारभूत विद्यालय अझै सञ्चालनमा आउन सकेको छैन ।
साउन २६ गते बिहान गएको पटहिरोबाट विद्यालय क्षेत्रका ४१ परिवार विस्थापित भएपछि उक्त विद्यालयका २८ बालबालिका विद्यालय जान नसकेका हुन् । पहिरोबाट विस्थापित स्थानीयवासी स्थानीय वुङचिङ डाँडामा बस्दै आएका छन् ।
पहिरोका कारण ठाउँ–ठाउँमा धाँजा फाटेर घरमा बस्न नहुने भएको र विद्यालय पुग्ने बाटो पनि अवरुद्ध भएकाले विद्यालय जाने स्थिति नभएको उल्लेख गर्दै विद्यालयको अनुगमनमा जानुभएका जिल्ला शिक्षा कार्यालयका स्रोत व्यक्ति चक्रपाण्डे सुवेदीले भने, “बाटो घाटो सबै बगाएको छ, सबैतिर पानीको दलदल छ ।”
आइतबरबाट विद्यालय सञ्चालन गर्ने प्रयास गरेपनि निरन्तर पानी परेका कारण नसकिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोमकुमार राईले बताए । निरन्तरको वर्षासँगैको पहिरोले पाँचथरको फालेलुङ-३ र १ मा बढी क्षति गरेको थियो ।
अझैसम्म पनि निरन्तर पानी परिरहेकाले विद्यालय सञ्चालन गर्नसक्ने अवस्था नभएको स्थानीयवासीको भनाइ छ ।
पहिरोका कारण फालेलुङ-३ कै कालिका आधारभूत विद्यालय माङलेवुङ र जनकल्याण आधारभूत विद्यालयलमा समेत एकहप्ता भन्दा बढी पठनपाठन अवरुद्ध भएको फालेलुङ गाउँपालिका वडा-३ का वडाध्यक्ष वुद्धिमान सावदेन ‘विश्वास’ ले बताए ।
बाढी परिहरोका कारण स्थानीय जिमाहास्थित सिद्धदेश्वरी माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत एक बालिकाको निधन भएको थियो भने अर्की सोही कक्षाकी बालिका अझै बेपत्ता भएको सावदेनले बताए ।
फालेलुङ-१ को मोतिराम आधारभूत विद्यालयमा माथिबाट भित्तो खसेर केही कक्षा कोठामा क्षति पु¥याएको र हिलिहाङ-६ स्थित लिटिल स्टार इङ्लिस बोर्डिङ स्कुलका सातवटा कोठा भत्किएका थिए ।
पहिरोका कारण कक्षा कोठा भत्किएपछि एक हप्तासम्म विद्यालय बन्द भएकाले अन्यत्र कक्षाको व्यवस्थापन गरी विद्यालय सञ्चालन गरिएको विद्यालयका प्रिन्सिपल हरिराज लोवाले बताए ।

Comments
Post a Comment