Posts

Showing posts from July, 2017

रुपन्देहीमा छोराको कुटाईबाट बुवाको मृत्यु

Image
साउन १७ , रुपन्देही   ।।  रुपन्देहीमा एक व्यक्तिले बुवाको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मर्चवारी गाउँपालिका–१ कोटिहवाको ६० वर्षका सन्तु चाईको ३५ वर्षका छोरा लाल चाईले कुटपिट गर्दा ज्यान गएको हो । सोमबार राति लालले रक्सीले मातेर बुवा सन्तुलाई कुटपिट गरेर घाइते बनाएका थिए ।  सन्तुलाई मंगलबार बिहान बिहान उपचारका लागि भैरहवा मेडिकल कलेजमा लगिएकोमा उपचारकै क्रममा ज्यान गएको होे । छोरा लाललाई प्रहरीले पक्राउ गरेको छ । 

डोल्पा जिससका सम्पूर्ण पदाधिकारी निर्विरोध, शेरबहादुर बुढा बने संयोजक

Image
साउन १७, डोल्पा , रासस।। साउन २० गते हुने भनिएको जिल्ला समन्वय समिति डोल्पाको निर्वाचन अगावै सम्पूर्ण पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् । जिल्ला समन्वय समितिको निर्वाचनमा निर्वाचित हुने संयोजक, उपसंयोजकलगायत नौ सदस्यीय समिति सबै निर्वाचनअगावै निर्विरोध निर्वाचित भइसकेकाले २० साउनमा डोल्पामा निर्वाचन नहुने नेकपा (एमाले) का वैकल्पिक केन्द्रीय सदस्य हंशबहादुर शाहीले जानकारी दिए । शाहीका अनुसार, निर्वाचित हुनेमा एमालेको तर्फबाट संयोजकमा काइके गाउँपालिकाका शेरबहादुर बुढा, उपसंयोजकमा ठूलीभेरी नगरपालिकाका एमालेकै नरबहादुर बुढा, सदस्यहरुमा ठूलीभेरी नगरपालिकाबाट एमालेकै क्रमशः रामप्रसाद महत, देवालक्ष्मी रोकाय, प्रेमलाल विक, एमालेबाटै त्रिपुरासुन्दरी नगरपालिकाबाट देवी घर्ती, एमालेबाटै मुड्केचुला गाउँपालिकाबाट माया ठकुल्ला, एमालेकै काइके गाउँपालिकाबाट मैन ठकुल्ला र सोही गाउँपालिकाबाट राप्रपाका चन्द्र बुढा रहेका छन् । निर्विरोध निर्वाचित प्रतिनिधिहरुलाई सोमबार सदरमुकाम दुनैमा आ–आफ्ना पार्टीका प्रतिनिधि तथा शुभचिन्तकले बाजागाजासहित भव्य स्वागत गरेका थिए । भौगोलिक विकटताले सदर

मिटर ब्याजमा संलग्न दुई महिला जेल चलान

Image
धनगढी, साउन १७ । गैरकानुनी मिटर ब्याज धन्दामा संलग्न कैलालीका दुई महिलालाइ जेल चलान गरिएको छ । उच्च अदालत नेपालगञ्जले तोकेको धरौटी तिर्न नसकेपछि धनगढी बस्ने कविता चौधरी र मञ्जु बमलाई बैंङकिङ कसुरअन्र्तगत पुर्वपक्षका लागि कारगार चलान गरिएको हो । उच्च अदालतको बाणिज्य ईजालासले कविता चौधरीको नाममा सात लाख र मञ्जु बमको नाममा तीन लाख ५० हजार रुपियाँ धरौटी रकम चोकेको थियो ।, यो खबर आजकोगोरखापत्रमा छ ।

छोरीको हत्या आरोपमा बाबु र दाजु दुवैजना पक्राउ

Image
    फाइल तस्बिर :- साउन १७, गौशाला ।।  महोत्तरी जिल्लाको गौशाला नगरपालिका–२ बस्ने एक महिलालाई हत्या गरेको आरोपमा प्रहरीले मृतकका बाबु र दाजुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही जिल्लाको हरिवन नगरपालिका–५ बस्ने शिवजी महतो र उनका छोरा विनोदकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताए । गत साउन १० गते दिउँसो ३ बजेतिर पक्राउ परेका महतो बाबु छोराले आफ्नै छोरी/बहिनी गौशाला नगरपालिका–२ बस्ने विक्रम महतोकी पत्नी २५ वर्षीया सन्तोलियाकुमारी महतोलाई सलको पासो लगाई घाँटी कसेर हत्या गरी गौशाला नगरपालिका–८ स्थित सागरनाथ वन विकास परियोजनाको जंगलमा रहेको खोल्सीमा फालेको अवस्थामा प्रहरीले उनको लाश फेला पारेको थियो । विसं २०६९ मा गौशाला–२ बस्ने विक्रम महतोसँग विवाह बन्धनमा बाँधिएकी सन्तोलिया पति वैदेशिक रोजगारीमा खाडी मुलुकमा रहेको अवस्थामा माइती र घर कतै नबसी सधैँ परपुरुषहरुसँग अनैतिक सम्बन्ध बनाउँदै बाहिर बाहिरै हिँडेकीमा उनका घरपरिवार र माइती पक्षसमेतले सम्झाई बुझाई गर्दा पनि नमानेपछि उनका बाबु र दाजुले उनलाई माइतमा बोलाई नाक, मुख थुनेर सलले

नेयमारको पीएसजी यात्राको घोषणा यसै साता टुंगो लाग्ने

Image
साउन १७ एजेन्सी/पेरिस ।।  अनेकन् अनुमानबीच कुनै ठूलो उथलपुथल नभएमा ब्राजिलका बार्सिलोना सुपरस्टार नेयमारको पीएसजी यात्राको औपचारिक घोषणा यसै साता हुँदै छ । बार्सिलोनाले ठूलो मात्रामा मागेको ‘रिलिज क्लज’ उपलब्ध गराउन पीएसजी राजी भएपछि नेयमारको स्थान्तरण पक्का भएको स्पेनिस सञ्चारमाध्यमहरूले जनाएका छन् । फ्रेन्च क्लब पीएसजीले नेयमारका लागि बार्सिलोनाले राखेको करिब २६ अर्ब ७५ करोड (२२ करोड २० लाख युरो) रुपैयाँको ‘रिलिज क्लज’ लाई स्वीकार गरेको र उक्त रकम एकमुष्ठ भए मात्रै नेयमारलाई पेरिस पठाउने अडानमा रहेको बार्सिलोनाको उक्त मागमा पनि पीएसजी सकारात्मक भएपछि यसै साता उनको पीएसजी अनुबन्धनबारे औपचारिक निर्णय आउने पक्का भएको छ । नेयमारलाई विश्व कीर्तिमानी मूल्य १ सय ९६ मिलियन पाउन्ड खर्च गर्न पीएसजी तयार भएको हो । यसअघि पीएसजीले क्याटलान क्लब बार्सिलोनालाई ‘इन्सटलमेन्ट’ मा रकम दिने प्रस्ताव अगाडि सारेको थियो । तर बार्सिलोनाले अस्वीकार गरेपछि उनको पेरिस यात्राबारे अन्योलता रहेको थियो । जसलाई तोड्दै उनी अनुबन्धन नजिक पुगेको जनाइएको छ । नयमार अनुबन्धनको विषयमा यसै साता दुवै क्लबले आधिक

प्रहरीलाई अर्को सफलता , १५ वर्षपछि पक्राउ पर्‍यो ‘हत्यारा’

Image
झापा, १७ साउन।।  भुटानी शरणार्थीको हत्या गरी फरार एक अभियुक्तलाई १५ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।  गत २०५८ फागुन २६ गते झापा खुदुनाबारी शिविर सेक्टर नम्बर एक हट नं ३१ का सन्तबहादुर अधिकारीलाई खुकुरी प्रहार गरेर हत्या गरी फरार भएका ताप्लेजुङ आम्वेगुदिन–५ का भीमबहादुर भट्टराईलाई प्रहरीले १५ वर्ष पाँच महिनापछि पक्राउ गरेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक केशवकुमार थेवेले जानकारी दिए ।  अभियुक्त भट्टराईलाई गत साउन ११ गते बिर्तामोड नगरपालिका–४ स्थित मुक्तिचोकबाट पक्राउ गरिएको हो ।  ‘फरार अभियुक्त खोजी अभियानअन्तर्गत भट्टराईको खोजी गरिरहेका थियौँ,’ प्रनानि थेवेले भने, ‘अभियुक्त बिर्तामोडमै रहेको भन्ने सूचना पाएपछि खोजतलास गर्दा समात्न सफल भयौँ ।’  मृतकका दाजु धनबहादुर क्षेत्रीले दिएको उजुरीका आधारमा भट्टराईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अभियुक्तलाई झापा जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थपसमेत गरी अनुसन्धान भइरहेको र मृतकका आफन्तलाई खोजी गरी सम्पर्कमा ल्याउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।  यसरी भएको थियो हत्या   घटना गत २०५८ फागुन २६ गते बेलुका करिब

सिँचाइको बाँधमा महिलाको शव फेला

Image
साउन १७, दाङ  । दाङको देउखुरीमा एक महिलाको शव फेला परेको छ । राप्ती गाउँपालिका–१ मा रहेको राप्ती नदीस्थित प्रगन्ना सिँचाइ आयोजनाको बाँधमा अड्किएको अवस्थामा सोमबार शव भेटिएको इलाका प्रहरी कार्यालय भालुवाङले बताएको छ । महिलाको अहिलेसम्म पहिचान हुन सकेको छैन । अन्दाजी २५ देखि ३० वर्ष उमेरको पाँच फिट एक इञ्च उचाई भएकी महिलाको बायाँ हातको माझी औँलामा पहेँलो औँठी, साइँली औँलामा फलामको औँठी, नाकमा फूली, दाहिने खुट्टामा मोसो भएको, बायाँ हातमा पालिस लगाएको देखिन्छ । साथै, दाहिने हातमा यमाकला लेखी खोपेको, मंगोलियन समुदायको जस्तो देखिने महिलाको हुलिया भएकाले चिन्नुहुने व्यक्तिले सम्पर्क गर्न पनि प्रहरीले अनुरोध गरेको छ । रासस

पदबाट राजीनामा दिन पुगेका रमनलाई देउवाले फर्काए

Image
साउन १७, काठमाडौं ।।  पदबाट राजीनामा दिन कार्यालयबाट बिदा भएर सोमबार सिंहदरबार पुगेका महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अझै केही समय पर्खन’ भन्दै फर्काएका छन् । महान्यायाधिवक्ता श्रेष्ठ दिउँसो ४ बजे राजीनामा दिने भन्दै कार्यालयबाट बाहिरिएका थिए । तर, प्रधानमन्त्री कार्यालयबाट फर्केका श्रेष्ठले पुनः महान्यायाधिवक्ता कार्यालय पुगेर प्रधानमन्त्रीलाई भेटेर मात्र फर्केको जानकारी गराए । ‘मैले राजीनामाको कुरा गर्दा अहिले पर्खनुस् न भन्ने कुरा भयो,’ प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दे श्रेष्ठले भने । राजीनामा दिन हिँडेका उनले कार्यालयमै फर्केर राजीनामा नदिएको सुनाएपछि सरकारी वकिल आश्चर्यमा परे । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका परिवारलाई राहत दिन सुरु

Image
साउन १७, काठमाडौं ।।  श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारका परिवारलाई सरकारले अब सात लाख रुपैयाँ दिने भएको छ। यसअघि मृत्यु हुने कामदारका परिवारले तीन लाख रुपैयाँमात्र पाउँथे। वैदेशिक रोजगारी नियमावली २०७४ संशोधन भई सोमबार नेपाल राजपत्रमा प्रकाशित भएपछि वैदेशिक रोजगारीका क्रममा पीडित र उनका परिवारलाई दिइने राहत तथा नयाँ सेवासुविधा थपिएको हो।  वैदेशिक रोजगारीमा गएका कामदार र उनीहरूको परिवारको यस्तो कल्याणकारी काम वैदेशिक रोजगार प्रवर्धन बोर्डले गर्नेछ। बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेका अनुसार श्रमस्वीकृतिको म्याद सकिएको एक वर्ष बित्दा पनि विदेश वा स्वदेशमा मृत्यु भएमा कामदारका परिवारले यो सुविधा पाउनेछन्। यसअघि श्रमस्वीकृति मिति सकिएलगत्तै मृत्यु, बिरामी वा अंगभंग भएका कामदारका बोर्डको सुविधा लिनबाट बञ्चित थिए। श्रमस्वीकृतिको म्याद सकिएको एक वर्षसम्मको समय थप गर्दा करार अवधि सकिनेबित्तिकै स्वदेश फिर्न नपाएका र नफर्केका झण्डै १० लाख कामदारको हितमा हुन्छ’, काफ्लेले भने। नयाँ नियमअनुसार मृतक कामदारका परिवारले १५ लाख (२०७३ वैशाख १ मा श्रमस्वीकृति) सह

एनआरएन र उड्डयन प्राधिकरणको सहकार्यमा विमानस्थल सफाइ अभियान सकियो

Image
साउन १६, काठमाडौं ।।  खेम्स क्लिनिङ, गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल नागरिक उड्डयन प्राधिकरणकोे सहकार्यमा सञ्चालित त्रिभुवन विमानस्थल सफाइ अभियान सकिएको छ । सफाइ अभियान सकिएपछि पत्रकार सम्मेलन आयोजना गरी सफाइ अभियन्ता खेम शर्माले विमानस्थल सफाइ अभियानको मुख्य पात्र विमानस्थलका मजदुर साथीहरु रहेको भन्दै धन्यवाद व्यक्त गरे । उनले भने,  "मलाई विमानस्थल सफाइ गर्न साथ दिने २१ जना मित्रहरुको विशेष भूमिका छ ।" एनआरएनए उपाध्यक्ष भवन भट्टले आफू जापानको सुन्दर विमानस्थलबाट बिहान नेपालको विमानस्थल आइपुग्दा विमानस्थलको नयाँ स्वरुप देखेर दंग परेको सुनाए । 

वर्षायाममा महानगरले सडकका खाल्डा पुर्दैन :-काठमाडौंका मेयर

Image
१६ साउन,  काठमाडौं ।।  काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले महानगरपालिकाले वर्षायामभर सडकका खाल्डाखुल्डी नपुर्ने बताएका छन् । वर्षायाममा सडकको खाल्डा पुर्नु भनेको पैसाको नाश मात्र हुने उनले बताए । सोमबार ट्राफिक प्रहरीसँग भएको छलफल कार्यक्रममा मेयर शाक्यले भने, ‘खाल्डा पुर्ने काममा महानगरपालिका अघि सरेको छैन । सर्दा पनि सर्दैन ।’ उनले अघि भने,’अहिले खाल्डा पुर्दा रकम दुरुपयोग मात्रै हुन्छ । जति आलोचना भएपनि महानगरले खाल्डा पुर्दैन । जनताको करबाट उठेको रकम यसरी खेर फाल्नु हुँदैन ।’ सडक विभागले गरेको खाल्डा पुर्ने कामको पनि आलोचना भएको भन्दै आफ्नो अडानको बचाउ गरे । वर्षायाम सकिएपछि दशैंसम्म महानगरका सबै खाल्डा पुर्ने उनले बताए । कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डीआईजी सर्वेन्द्र खनालले भने स्रोतको समस्या देखाएर खाल्डा पुर्दिन नभन्न आग्रह गरे । उनले प्रधानमन्त्रीले नै निर्देशन दिएकाले समस्यालाई गम्भीर रुपमा लिनुपर्ने बताए । ‘सडकमा खाल्डा र त्यसो हिलो र धुलोले ट्राफिकलाई चोकमा उभिन समस्या छ । सर्वसाधारणलाई त्यतिकै सास्ती छ’ खनालले भने, ‘बजेट छैन भने केही शीर

सुखड शाखामा नवजीवन सहकारीको डेढ करोड मुनाफा , आजदेखि मोबाइल बैंकिङ्ग सुरु

Image
विशाल पाण्डेय सुखड , साउन १६।। नवजिवन सहकारी संस्था लिमिटेड सुखडले आर्थिक बर्ष २०७३/०७४ असार मसान्तसम्ममा १ करोड ५६ लाख मुनाफा कमाउन सफल भएको छ । सुखडमा आइतबार पत्रकार सम्मेलनमा बोल्दै शाखा प्रबन्धक राजेन्द्र प्र. पन्तले  स्थापना काल देखि यहाको आर्थिक बिकासको लागि सहयात्रीको रुपमा काम गर्दै आइरहेको नवजीवन सहकारीले हालसम्म यस शाखा बाट १६ करोड १२ लाख ४४ हजार निक्षेप संकलन गरेको सहकारीले ३८ करोड ६४ लाख ३९ हजार बराबरको कर्जा लगानी गरि आर्थिक बर्ष ०७३/७४ असार मसान्तसम्म सम्म १ करोड ५६ लाख ४५ हजार मुनाफा कमाउन सफल भएको  बताउनु भयो। प्रधान कार्यालय धनगढी रहेको यस बैंकको कैलाली जिल्लामा हाल सम्म ४ ठाउँमा आफ्नो शाखा रहेको   र अन्य ठाउँमा पनि शाखा बिस्तार हुने प्रक्रिया चलिरहेको प्रबन्धक पन्तले जानकारी दिनु भयो । सुखड शाखामा ६ हजार ५ सय १० निक्षेप कर्ता र उक्त शाखाबाट ७०७ जनाहरुले ऋण लिनुभएको प्रबन्धक पन्तले  बताउनु भयो । त्यसैगरी पन्तले हाम्रो यस शाखालाइ सुखड  लगाएत वरपरका शेयर धनिहरुले उल्लेखनीय रुपमा माया र बिश्व्वास गर्नु भएकोले नाफा कमाउन सफल भएको बताउनु भयो । सुखड ग्रामीण इलाका

चुनावी तालमेल गर्ने सत्तारुढ दलबीच सहमति

Image
काठमाडौँ, १६ साउन । प्रमुख सत्तारुढ दलहरु नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले जिल्ला समन्वय समिति (जिसस) को निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका छन् । दुवै दलका कार्यदलको संयुक्त बैठकले एक्लै बहुमत नपुग्ने जिल्लामा जिससको निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेको काँग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिनुभयो । बैठकले देशभरि चुनावी तालमेलका लागि केन्द्रीयस्तरबाटै सहमति गरेको हो । प्रदेश नं २ बाहेकका प्रदेशमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि सबै जिल्लामा जिससको निर्वाचन भइरहेको निर्वाचन आयोगले जनाएको छ । काँग्रेसले आगामी असोज २ गते प्रदेश नं २ मा हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पनि आवश्यकता अनुसार माओवादी केन्द्रसँग चुनावी तालमेल गर्ने नीति लिएको छ । यसअघि सम्पन्न दुई चरणका स्थानीय तहको निर्वाचनमा पनि दुवै दलबीच कतिपय स्थानमा चुनावी तालमेल भएको थियो । बैठकमा काँग्रेस नेताहरु निधि, डा रामशरण महत र रमेश लेखक तथा माओवादी केन्द्रका नेता एवं उपप्रधानमन्त्री कृष्णबहादुर महरा र नेता वर्षमान पुन सहभागी हुनुहुन्थ्यो । रासस

लागूऔषध ब्राउन सुगरसहित एक पक्राउ

Image
साउन १६, कैलाली ।। प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समूह (आरआइटी)को टोलीले कैलालीमा अबैध लागूऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । बिशेष सूचनाका आधारमा कैलाली गौरीगंगा नगरपालिका ४ का २४ वर्षीय लक्की भन्ने लालबहादुर साउँदलाई गोदावरी नगरपालिका २ स्थित अत्तरिया बजारबाट अाइतबार नियन्त्रणमा लिइएको कैलाली प्रहरीले जानकारी दिएको छ । उनको साथबाट सेतो प्लास्टिकमा बेरेर राखिएको १०० ग्राम लागूऔषध ब्राउन सुगर बरामत गरएकिो पनि प्रहरीले जनाएको छ । साउँदलाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मालाखेती पठाइएको छ ।

कालिकोटमा पहिरोमा परि तीन बालबालिका पुरीए

Image
१६ साउन,  कालिकोट   ।। कालिकोट जिल्लाको शान्नीत्रिवेणी गाउँपालिका-६ मा आइतबार मध्यरातमा घरमाथिबाट पहिरो खस्दा सुतिरहेका तीन बालबालिका पुरिएका छन् । पहिरोमा परि अन्य पाँच जना घाइते भएका छन् । शान्नीत्रिवेणीको पोरिबन भन्ने स्थानमा रहेको बुधे सार्कीको घर माथिबाट पहीरोसँगै खसेको ढुंगाले घर च्यापिँदा सार्कीका दुई छोरी र एक छोरा पुरिएका हुन । उनीहरुले अहिलेसम्म उद्धार हुन सकेको छैन । सार्कीका ८ वर्षीय छोरा लंक सार्की, १० र ५ वर्षीया छोरीहरु क्रमसः ललिता सार्की र कल्पना सार्की हराइरहेका छन् । ठूलो ढुंगा सार्कीको घरमा आएर अड्किएको र ढुंगा हटाउँदा गाउँका अन्य घरहरु जोदिममा पर्नसक्ने भएकाले उद्धारमा ढिलाई भइरहेको पोदमारा प्रहरी चौकीले जनाएको छ । घटनामा परि गम्भीर घाइते घरधनि ४२ वर्षीय बुधे सार्की र ३५ वर्षीया बेलु सार्कीलाई उपचिारका लागि जिल्ला अस्पताल ल्याइँदै छ । त्यस्तै पहीरोमा परेर सामान्य घाइते भएका रंगिता सार्की, अस्मिता सार्की र शर्मिला सार्कीको स्थानीय मेडिकलमा उपचार गरिएको प्रहरीले जनाएको छ । घटना स्थलमा जिल्ला सदरमुकाम बाट थप प्रहरी पठाइएको छ ।

भरतपुर महानगरपालिकामा पुन मतदान हुने भन्ने विषयमा कस्ले के भने , हेर्नुहोस !

Image
भरतपुर महानगरपालिका वडा नं १९ को अन्तिम निर्णय सर्बोच्च अदालतले गरी सके पछि कसले के भने, आफ्नो फेसबुक वालमा रंगाएका कुराहरु ― Baburam Bhattarai‏ नयाँ शक्ति संयोजक – चुनाव हार्ने भए पछि नियोजित ढंगले मतपत्र च्यात्नेलाई पुनर्मतदानको पुरस्कार मिल्ने हो भने कस्तो नजीर बस्ला? अब जनताले नै फैसला गर्नुपर्ने भो! Govinda Adhikari पत्रकार – सर्वोच्च अदालतले पुनस्मतदान गराउने निर्णयगरेर महागल्ती गरेकोछ। यसको दूरगामी नकारात्मक प्रभाव पर्नेछ। यस्तै निर्णयले हो अदालतको साख समाप्त हुने। Rabindra Adhikari‏ @RabindraADH – मतपत्र च्यातिनेकुरा सुनियोजित र प्रायोजित थियो,मतपत्र च्यात्ने उमेद्वारका वारेस थिए । अदालतको दुर्भाग्यपूर्ण फैसला । जनताको फैसला नै अन्तिम। टेकनारायण भट्टराई पत्रकार – खाल्डा पुर्ने १५ दिने म्याद सकिएकै दिन सर्बोच्चले नेपालको निर्वाचन इतिहासमा कहिल्यै नपुरिने खाल्डो खन्यो। पत्रकार किशाेर श्रेष्ठ – भरतपुर–१९ का जनताले आफ्ना जनप्रतिनिधि छान्न फेरि मतदान गर्नपर्ने। सर्वोच्चका न्यायाधीशद्वय ओमप्रकाश मिस्र र पुरुषोत्तम भण्डारीको आदेश आयो। यही नजिरलाई टेकेर हार्नेले धमाध

मोदीलाई पूर्व सैनिकले भने - कति दिन हेरेर बस्ने ?

Image
साउन १६,काठमाडौं ।।  भारतमा विशेषगरी भारतीय जनता पार्टीले शासन गरेका राज्यमा अहिले व्याप्त हुँदै गएको डर, धम्की, घृणा र शंकाको वातावरणविरुद्ध चलाइएको 'नट इन माई नेम' अभियानको समर्थन गर्दै १ सय १४ जना पूर्व सैनिक अधिकृतहरूले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेका छन् ।                        फाइल तस्बिर:- मुलुकमा सञ्चार माध्यमलगायत मुसलमान र दलितहरूविरुद्ध गरिएका आक्रमण र धम्कीको निन्दा गर्दै उनीहरूले प्रधानमन्त्रीलाई पत्र लेखेको एनडीटीभीले जनाएको छ । पत्रमा उनीहरूले आफूहरू कुनै राजनीतिक दलसँग आबद्ध नरहेको र जीवनका सुनौला वर्षहरू सेनामा बिताएको जानकारी दिँदै हिन्दुत्वका नाममा मच्चाइएको गुन्डागर्दीको निन्दा पनि गरिएको छ ।  प्रधानमन्त्री मोदीलाई लोकतन्त्रको मूल्यप्रति सजग गराउँदै पत्रमा लेखिएको छ - विविधता हाम्रो शक्ति हो। असहमति देशद्रोह हैन बरु यो त लोकतन्त्रको आत्मा हो । कस्मिरमा सेनालाई ढुंगा नेको भन्दै एक युवालाई मोटरमा बाँधेर घुमाइएकोदेखि दिल्लीमा १६ वर्षीय किशोरलाई गाईको मासु खाएको भन्दै मारिएकोसम्मका घटनापछि भारतमा लोकतन्त्र जोखिममा परेको भन्दै आन्दोलन भइरहेको छ

बार्सिलोनासँग रियल म्याड्रिड पराजित

Image
साउन १६ , एजेन्सी  प्री–सिजन टुरका लागि अमेरिकामा रहेका दुई स्पेनिस प्रतिद्वन्द्वी बार्सिलोना र रियल म्याड्रिड आइतबार एक अर्काविरुद्ध भिड्दा बार्सिलोना हावी भएको छ ।  अमेरिकाको मियामीमा भएको ‘एल क्लासिको’मा बार्सिलोनाले रियल म्याड्रिडलाई ३–२ ले पाखा लगायो । मियामीस्थित सनलाइफ स्टेडियममा आफ्ना स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोबिना नै मैदान उत्रिएको रियलविरुद्ध बार्सिलोनाले खेलको तेस्रो मिनेटमा नै मेसीको गोलमार्फत अग्रता लिएको थियो । बार्सिलोनाका लागि लियोनल मेसी, इभान ¥याकिटिक र जेरार्ड पिकेले १–१ गोल गरेका थिए । रियलका लागि माटियो कोभासिस र मार्को एसेन्सिओले गोल फर्काए पनि बार्सिलोनालाई रोक्न भने सकेनन् । खेलको तेस्रो मिनेटमा नै मेसीको गोलबाट लिएको अग्रता ३ मिनेटपछि ‍¥याकिटिकले दोब्बर पारे । यद्यपि १४औं मिनेटमा कोभासिस र ३६औं मिनेटमा एसेन्सिओले गोल गर्दै रियलललाई २ गोलले पछि पारेको अवस्थामा बराबरी गर्न सफल भए । पहिलो हाफ २–२ को बराबरीमा सकियो यद्यपि दोस्रो हाफमा नेयमारको सानदार फ्री–किकलाई सहज रूपमा पोस्टको दिशा दिन जेरार्ड पिके सफल भएपछि रियलले अग्रता कायम ग¥यो जुन

महाकाली अञ्चल अस्पतालमा आधुनिक उपकरण खरिद

Image
कञ्चनपुर, १६ साउन । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा रहेको महाकाली अञ्चल अस्पतालले सेवा गुणस्तरीय बनाउन विभिन्न उपकरण खरिद गरि जडानको कार्य शुरु गरेको छ।  अस्पताललाई आधुनिकीकरण गरी सेवालाई छिटोछरितो र विश्वसनीय बनाउका लागि एक करोड १० लाखको लागतमा उपकरण खरिद गरी जडान कार्य शुरु गरिएको हो । डिजिटल एक्सरे, सी आर्म, फुटलर काउन्टर मेसिन, डेन्टल सेट अफ चेयर लगायतका दुई दर्जन उपकरण जडानको कार्य भइरहेको अस्पताल विकास समितिका अध्यक्ष भोजराज बोहराले बताए ।  ‘केही मेसिन जडानको कार्य पूरा भएको छ’, उनले भने, ‘केही मेसिन जडान गर्दैछौं।’  अस्पताललाई आवश्यक उपकरणको अभावमा सेवा सञ्चालनमा कठिनाइ रहेको उल्लेख गर्दै अध्यक्ष बोहराले उपकरण जडानपछि अस्पतालले दिने सेवासुविधामा सहजता आउने बताए । उपकरण जडान गरिए पनि सघन उपचार कक्षको सेवा भने सेवाग्राहीले पूर्ण रुपमा पाउन सकेका छैनन् । विशेषज्ञ चिकित्सक र सघन कक्ष सञ्चालन गर्ने जनशक्तिको अभावमा सघन कक्षको सेवा प्रभावकारी रुपमा दिन नसकेको अध्यक्ष बोहराको भनाइ रहेको छ ।  सघन कक्ष सञ्चालनका लागि एक फिजिसियन चिकित्सक, चार मेडिकल अफिसर र छजना दक्ष ताल

फिस्टुला रोग नलुकाउन महिलाहरुलाई नायिका मनिषाको आग्रह

Image
धरान, साउन १६ । संयुक्त राष्ट्रसंघ जनसंख्या कोष (युएनएफपिए) की सद्भावना दुत नायिका मनिषा कोइरालाले अबेष्ट्रिक फिष्टुला अर्थात (पिसाब तथा दिसा चुहिने रोग) लुकाएर नराख्न महिलाहरुलाई सुझाव आग्रह गर्नुभएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फिष्टुला रोगीहरुसँगको भेटपछि हिजो गरिएको पत्रकार सम्मेलनको क्रममा उहाँले पीडित महिलाहरु खुलेर अस्पताल आउन आग्रह पनि गर्नुभयो । यो रोग अहिले पनि धेरै महिलाहरुले लुकाइरहेकाले रोग लुकाएर बस्न नहुनेमा जोड दिनुभयो । प्रतिष्ठानमा सन् १९९७ देखि फिष्टुलाको उपचार हुन थालेको हो । सन् २०१० बाट बीपी प्रतिष्ठानमा यो रोगको निःशुल्क उपचार सुरु भएको प्रसुति रोग विभागका प्रमुख प्रा.डा. मोहनचन्द्र रेग्मीले बताउनुभयो । उहाँका अनुसार हालसम्म ४ सयभन्दा बढीको सल्यक्रिया गराईसकेका छन् । उहाले फिष्टुलाको लागि विभिन्न ग्रामिण भेगमा पुगेर बीपी कोईराला स्वास्थ बिज्ञान प्रतिष्ठानले परीक्षण गर्ने गरेको छ । फिष्टुलाका बिरामी नेपाल भर करिव ५ हजार रहेको अनुमान गरिएको छ । युएनएफपिएका नेपालकी प्रतिनिधि जुलिया बालेसीले युएनएफपिएले दिगो विकास लक्ष्य अनुरुप २०३० सम्म

नेपालको सबैभन्दा अग्लो झोलुङ्गे पुलबाट हामफालेर प्रेमिल जोडीले गरे 'आत्महत्या'

Image
काठमाडौं, १६ साउन । नेपालको सबैभन्दा अग्लो पुल कुस्मा ज्ञादी झोलुङ्गे पुलबाट हामफालेर आत्महत्या गर्ने प्रेमिल जोडीको पहिचान खुलेको  छ । पुलबाट हामफालेर आत्महत्या गर्नेमा धरान उपमहानगरपालिका ११ सुनसरीका २६ बर्षीय अकिन गुरुङ र  ललितपुर उपमहानगरपालिका १४ ढिलाहिटीकी २५ बर्षीय मुना राना छन् । थप खबरअनुसार पर्वतको कुस्माबजार र ज्ञादी जोड्ने पुलबाट हामफालेर शनिबार राति यो जोडीले आतमहत्या गरेका हो ।   प्रहरीका अनुसार जोडीको शव आइतबार बिहान मोदीखोला किनारबाट निकालिएको हो। केही दिनअघि मुस्ताङ घुम्न आएका उनीहरु शनिबार दिउँसो कुश्मा आसपास घुमफिर गरेका थिए ।नेपाल समाचार पत्रमा खबर छ।

प्रधानमन्त्री देउवाको भारत भ्रमण १ देखि ५ भदौसम्म

Image
साउन १६, काठमाडौं ।।   प्रधानमन्त्री शेरबहादुर देउवाले १ देखि ५ भदौसम्म भारतको राजकीय भ्रमण गर्ने तय भएको छ । नेपाल र भारतको कूटनीतिकस्तरमा यो मिति टुंगिएको हो । केही दिनभित्रै औपचारिक मिति घोषणा हुने भारतीय कूटनीतिक स्रोतले जानकारी दियो । ‘प्रधानमन्त्री शेरबहादुर देउवाको राजकीय भ्रमण १ देखि ५ भदौसम्म हुने गरी हामी गृहकार्य गरिरहेका छौँ, नेपाली पक्षसँग कुराकानी गरेर चाँडै नै औपचारिक घोषणा गर्छौं,’ भारतीय कूटनीतिक स्रोतले  भन्यो । अहिलेको तयारीअनुसार प्रधानमन्त्री देउवा १ भदौमा दिल्ली गएर ५ भदौमा स्वदेश फर्किनेछन् । उनले २ भदौमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति रामनाथ कोविन्दसहित उच्च भारतीय नेतासँग भेटवार्ता गर्ने गरी तयारी भइरहेको छ । प्रधानमन्त्री देउवा आन्ध्र प्रदेश जाने विषयमा छलफल भए पनि टुंगिन बाँकी रहेको स्रोतले बतायो, नयाँ पत्रिकामा खबर छ  ।

पुनर्निर्माणमा भारतको झुटो सम्झौता , एक खर्ब दिने वाचा गरेको भारतले १ रुपैयाँ पनि दिएन

Image
साउन १६, काठमाडौं ।। भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले सम्झौता गरेको एक खर्ब रुपैयाँमा अहिलेसम्म एक रुपैयाँ पनि आएको छैन । २५ अर्ब अनुदान र ७५ अर्ब सहुलियत ऋण दिने समझदारी दुई देशबीच भएको थियो । भारतले दिने भनेको अनुदानमध्येको रकमलाई प्राधिकरणले विद्यालय निर्माणमा पाँच अर्ब, स्वास्थ्य चौकी निर्माणमा पाँच अर्ब, पुरातान्विक सम्पदा निर्माणमा पाँच अर्ब र निजी आवास निर्माणमा तयारी गरेको थियो । पनुर्निर्माणमा विभिन्न मुलुकले वाचा गरेको १३ अर्ब त सरकारले सम्झौता नै गर्न सकेको छैन । साउदी अरबले तीन अर्ब रुपैयाँ दिने बचन दिए पनि नेपालले सम्झौता गर्न सकेको छैन । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

'उत्तरी नाका जोड्ने सबै सडक बनाउन चीन तयार'

Image
साउन १६, काठमाडौं ।।  चीनले आफ्नो स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएका नेपालको पूर्वदेखि पश्चिमसम्मका १४ सय किलोमिटरका विभिन्न नाका खोल्न र नेपालतर्फको सडकखण्ड निर्माण गर्न तयार रहेको जनाउ दिएको छ। साता लामो तिब्बतयात्रापछि फर्किएका एमाले अध्यक्ष केपी शर्मा ओलीले चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीका नेतासँगको छलफलमा त्यस्तो प्रस्ताव आएको जानकारी गराएका हुन्। ओलीले आइतबार पार्टीको स्थायी समिति बैठकमा भने, 'चिनियाँ नेताले दुई देशको उत्तरतर्फका सीमानाका खोल्न र नेपालतर्फको सडक निर्माणमा पनि तयार रहेको बताएका छन्।  यसका लागि नेपाल सरकारले आधिकारिक रूपमा पत्राचार गर्नुपर्ने प्रस्ताव उनीहरूको छ।' चिनियाँ पक्षले रसुवाको रसुवागढी, ताप्लेजुङको ओलाचुङ्गोला, संखुवासभाको किमाथांका, सिन्धुपाल्चोकको तातोपानी, दोलखाको लामाबगर, हुम्लाको यारी, गोरखाको लार्के, मुस्ताङको कोरला, मुगुको हिल्सा नाका खोल्न ओलीसमक्ष प्रस्ताव राखेका छन्। ती नाका खोल्न नेपालतर्फको सडक निर्माणमा तयार रहेको जानकारी चिनियाँ पक्षले दिएको ओलीले स्थायी समितिमा बताएका थिए। चिनियाँ पक्षले तातोपानीको भूकम्पले चर्काएका

बि.सं.२०७४ साल साउन १६ गते सोमवारको राशिफल

Image
आजको राशिफल मेष राशिः मेष राशि हुनेहरुको लागि आजको दिन दिन भौतिक सुखसुविधा एवं उन्नति गराउने खालको गोचर रहेको छ । विपरितलिङ्गी तर्फको आकर्षण बढ्ने तथा आमोद–प्रमोदको चाहनामा बृद्धि हुने छ । व्यवसायिक उन्नति हुनाले आर्थिक सङ्कलन हुनेछ भने आफन्तिको शुभसन्देश प्राप्त गर्नसकिने छ । औपचारिक कार्यक्रम आदिको निमन्त्रणा मिल्नसक्ने छ । छोटो तथा लामो दुरीको यात्राको पनि सम्भावना देखिन्छ । विवाहको चर्चा चल्नसकने सम्भावना छ भने प्रेमपारखीको लागि पनि दिन उत्तम छ । आज यहाँलाई सात अंक, सेतो रङ्गको प्रयोग शुभ हुनेछ भने गौरिशङ्कर भगवानको दर्शनभक्ति गर्नुले भाग्ये बृद्धि गर्न मद्दत हुनेछ ।    वृष राशिः वृष राशिका व्यक्तिहरुको लागि आजको दिन पराक्रम बढ्ने छ । केही महत्त्वपूर्ण काम सम्पादन गरी पौरख देखाउन सकिनेछ । सही ढङ्गले समयको सदुपयोग गर्नाले प्रतिस्पर्धामा सफलता पनि हात लाग्नेछ । स्वकार्यबाट राम्रो उपलब्धि गर्न सकिने छ । व्यवसायिक क्षेत्रबाट राम्रो आर्थिक लाभ गर्न सकिने छ । आरोग्यता र कान्तिमा बृद्धि हुनाले अकर्षण पनि बढ्ने छ । रोकिएर रहेका काम पूरा गर्न सकिने छ । आज यहाँलाई हरियो रङ्ग, छ अङ्कको

गुडिरहेको गाडीको टायर मुनि पस्यो बाईक ,गाडीको ठक्करबाट मोटरसाइकल चलाकको गयो ज्यान

Image
साउन १५, काठमाडौं ।।धनगढीबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बसले काठमाडौँबाट मुग्लिन तर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालककाे मृत्यु भएकाे छ । धादिङको विसालटारमा ना ५ ख ७२३५ नम्बरको बसले ना २९ प १४५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनामा परी मोटरसाइकल चालक चितवन भरतपुर महानगरपालिका १० का ३० वर्षीय अाशिस उपाध्ययको टाउकोमा गम्भीर चोट लागेको र उनको मलेखु सामुदायिक अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएकाे प्रहरी हवल्दार रेशम प्रजाले बताए । चालक, सहचालक दुवै प्रहरीले नियन्त्रणमा लिएकाे इलाका प्रहरी कार्यालय गजुरीले जनाएकाे छ ।

एमालेले १९ जिल्लामा समन्वय समिति प्रमुख र उपप्रमुखको टुंगो लगायो

Image
भक्तपुर, साउन १५ । नेकपा एमालेले १९ जिल्लाका जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुखको उम्मेदवारको नाम टुंगो लगाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बाल्कोटमा आज बसेको स्थायी समितिको बैठकले जिल्लाबाट सिफारिस भएका आएका नाममा छलफल गरी १९ जिल्लाका समन्वय समिति प्रमुख र उपप्रमुखको उम्मेदवारको नाम टुंगो लगाएको हो । बैठकमा निर्वाचन क्षेत्र निर्धारण आयोगको काम र आगामी निर्वाचनलगायतका विषयमा छलफल भएको पार्टी सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । एमालेले आगामी निर्वाचनलगायतका विषयमा छलफल गर्न भोलि पनि बैठक बस्ने जनाएको छ ।

नयाँ शक्तिका सबै दलित केन्द्रीय सदस्यद्धारा राजीनामा, हेर्नुस् विज्ञप्ति

Image
साउन १५, काठमाडौं ।।  नयाँ शक्ति नेपालका दलित नेताहरुले सामूहिक रुपमा राजीनामा दिएपछि संयोजक बाबुराम भट्टराईमाथि अर्को धक्का परेको छ । नयाँ शक्ति सम्बद्ध दलित शक्ति नेपालका संयोजकसहित जिम्मेवार नेताहरुले राजीनामा दिएका छन् । नयाँ शक्तिले दलित समुदायको हितका लागि कुनै काम गर्न नसकेको आरोप लगाउँदै उनीहरुले राजीनामा दिएका हुन् । ‘दलित समुदायको सार्थक सहभागिता, प्रतिनिधित्व र उनीहरुको राजनीतिक ब्यबस्थापन हुन नसक्दा नयाँ शक्ति नेपाल पनि पुरानै सामन्ती प्रवृत्तिबाट अछुतो रहन सकेन’– विज्ञप्तिमा भनिएको छ– ‘नयाँ शक्ति पनि पुरानै सामन्ती शैलीमा हिडेको, राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरण र दलित समुदायका सवालहरु ओझेलमा पर्ने देखिएको हामीले आफ्ना पदबाट सामूहिक राजीनामा दिएका छौं । यसरी नयाँ शक्ति पार्टी नेपालको सबै जिम्मेवारीबाट सामुहिक राजिनामा दिनेहरुमा दलित शक्ति नेपाल केन्द्रीय समिति संयोजक सुशीला शेर्पाली, संगठन विभाग प्रमुख दिपेन्द्र बि क, केन्द्रीय प्रवक्ता दलमर्दन कामी, प्रचार विभाग प्रमुख गणेश बि क, केन्द्रीय कार्यालय सचिव महेन्द्र सुनार रहेका छन् । उनीहरु सबै नयाँ शक्ति पार्टीका के

भोजपुरका ३ बालबालिका हत्याबारे सीआइबीद्वारा अनुसन्धान सुरु

Image
साउन १५, भोजपुर ।।  अरुण गाउँपालिका-३ प्याउलीमा एक महिनाअघि ३ बालबालिकाको हत्या भएको विषयमा अनुसन्धान गति सुस्त भएकोमा चौतर्फी बिरोध हुन थालेपछि शनिबारदेखि नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान सुरु गरेको छ । प्रहरी नायव उपरीक्षक ददीराम न्यौपानेको नेतृत्वमा रहेको अनुसन्धान टोलीले शनिबारबाट अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । असार १० गते घरबाट हराएका बालबालिकाहरुको १२ गते स्थानीय तोरन कार्कीको माछा पोखरीमा शव भेटिएको थियो । घटना लगत्तै जिल्ला र विराटनगरस्थित क्षेत्रीय प्रहरी कार्यालयको टोलीले अनुसन्धान गरे पनि लामो समयसम्म घटना रहस्यमय नै रहनुमा स्थानीय र सरोकारवालाले विरोध जनाइरहेका छन् । घटनाको निष्पक्ष छानविन गरी दोषीलाई चाँडो कानुनको दायरामा ल्याउन राजकुमार खत्रीको संयोजकत्वमा स्थानीयले संघर्ष समितिसमेत बनाएका छन् । उनीहरुले दबावस्वरुप विरोधका कार्यक्रमहरु गर्दै आएका छन् । स्थानीय तह निर्वाचनको संघारमा घटना भएको तथा त्यस क्षेत्रमा सेना, प्रहरीको वाक्लो उपस्थिति रहेका बेला यस्तो जघन्य अपराध हुनुले घटना निकै शंकास्पद बनेको अधि

मोटरसाइकल दुर्घटनामा कांग्रेस जिल्ला नेता चौधरीको मृत्यु

Image
१५ साउन, २०७४,कैलाली ।। कांग्रेसका जिल्ला स्तरीय नेताको मृत्यु भएको छ । पार्टीको बैठक सकेर धनगढीबाट हसुलिया फर्कँदै गरेका ४५ वर्षीय राजेश चौधरीे भितारियामा साइकललाई ठक्कर दिएपछि अनियन्त्रित भइ मोटरसाइकलसहित लड्न पुगेका थिए । घाइते अवस्थामा रहेका चौधरीलाई सेती अञ्चल अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक वीरबहादुर बुढामगरले जानकारी दिए । ठक्करबाट घाइते भएका साइकल चालकको सामान्य अवस्थामा सेती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

३३ किलो सुनकाण्डका आरोपी छुटे

Image
साउन १५ ,काठमाडौं ।।  ३३ किलो सुनको अवैध कारोबार प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसपी) श्यामबहादुर खत्रीलाई साधारण तारेखमा छाड्न उच्च अदालत पाटनल निर्देशन दिएको छ। न्यायाधीशद्वय भीमकुमार ओझा र बलभद्र बाँस्तोलाको संयुक्त इजलासले खत्रीलाइ शुक्रबार साधारण तारेखमा छाड्न आदेश दिएको हो।  काठमाडौं जिल्ला आलतको आदेश बेरीतपूर्वक भएको भन्दै खत्री मुलुकी ऐन अदालती बन्दोबस्त १७ नम्बरअनुसार उच्च अदालतमा पुगेका थिए।  खत्रीसहित सुन प्रकरणमा मुछिएका गोपालबहादुर शाही, रामहरि कार्की, राजकुमार ढकाललगायतले पनि पुनरावेदन गरेका थिए। उच्च अदालतले खत्रीको निवेदनमाथि सुनुवाइ गर्दै धरौटीमा राख्ने काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै साधारण तारेखामा छोड्न आदेश दिएको हो। जिल्ला अदालतले थुनामा राखी पुर्पक्ष अघि बढाउन आदेश जारी गरेका अन्य सात आरोपितलाई भने रिहा गर्न अदालतले अस्वीकार गरेको छ। गत पुस २१ गते दुबईबाट नेपाल ल्याइएको अवैध ३३ किलो सुन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा विमानस्थलमा कार्यरत खत्री पनि पक्राउ परेका थिए। सुन प्रकरण ३३ जान

होशियार जनप्रतिनिधि ! अख्तियारको अंकुशमा पर्नुहोला !

Image
साउन १५, काठमाडौं ।।   स्थानीय तहमा निर्वाचित तथा अब हुने निर्वाचनमार्फत विजयी हुने जनप्रतिनिधिले भ्रष्टाचारजन्य तथा अनुचित कार्य गरे जुनसुकै बेला पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा पर्ने भएका छन्।  कानुनमा सार्वजनिक पद धारण गरेको (संविधानले उन्मुक्ति नदिएकोमध्ये) जोसुकै व्यक्ति तथा संघसंस्थाले भ्रष्टाचारजन्य काम गरे अख्तियारले छानबिन तथा अनुसन्धान गर्न सक्ने प्रावधानअनुसार जनप्रतिनिधिसमेत त्यो घेरामा पर्ने भएका हुन्।  सार्वजनिक पद धारण गरेका व्यक्तिबाट भ्रष्टाचारजन्य काम गरेमा अख्तियारले अनुसन्धानका लागि थुनामा राख्ने, मुद्दाको किनारा नलागेसम्म सेवाबाट निलम्बन हुने, भ्रष्टाचार गरेबापत र त्यसबाट जोडजाड भएको सम्पत्ति कब्जा हुने, मुद्दा चलाउन सक्ने, विभागीय कारबाहीका लागि सिफारिस गर्न सक्ने कानुनी प्रावधान छ। यो कानुन स्थानीय तहका निर्वाचित जनप्रतिनिधि तथा अब हुने निर्वाचनबाट विजयी हुनेहरूलाईसमेत आकर्षित हुने भएको हो। अख्तियारका प्रवक्ता तथा सहसचिव जीवराज कोइरालाले सार्वजनिक पद धारण गरेका व्यक्ति तथा संघसंस्थाअन्तर्गत स्थानीय जनप्रतिनिधि पनि पर्ने भएकाले उनीहरूले भ्रष्टा