३३ किलो सुनकाण्डका आरोपी छुटे

साउन १५ ,काठमाडौं ।। ३३ किलो सुनको अवैध कारोबार प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसपी) श्यामबहादुर खत्रीलाई साधारण तारेखमा छाड्न उच्च अदालत पाटनल निर्देशन दिएको छ। न्यायाधीशद्वय भीमकुमार ओझा र बलभद्र बाँस्तोलाको संयुक्त इजलासले खत्रीलाइ शुक्रबार साधारण तारेखमा छाड्न आदेश दिएको हो।

 काठमाडौं जिल्ला आलतको आदेश बेरीतपूर्वक भएको भन्दै खत्री मुलुकी ऐन अदालती बन्दोबस्त १७ नम्बरअनुसार उच्च अदालतमा पुगेका थिए।  खत्रीसहित सुन प्रकरणमा मुछिएका गोपालबहादुर शाही, रामहरि कार्की, राजकुमार ढकाललगायतले पनि पुनरावेदन गरेका थिए। उच्च अदालतले खत्रीको निवेदनमाथि सुनुवाइ गर्दै धरौटीमा राख्ने काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै साधारण तारेखामा छोड्न आदेश दिएको हो।

जिल्ला अदालतले थुनामा राखी पुर्पक्ष अघि बढाउन आदेश जारी गरेका अन्य सात आरोपितलाई भने रिहा गर्न अदालतले अस्वीकार गरेको छ। गत पुस २१ गते दुबईबाट नेपाल ल्याइएको अवैध ३३ किलो सुन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा विमानस्थलमा कार्यरत खत्री पनि पक्राउ परेका थिए। सुन प्रकरण ३३ जान दोषी देखिए पनि २१ जना पक्राउ पर्न सकेका छैनन्।

Comments

Popular posts from this blog

पुनर्वास मेयर माथि अभद्र व्यवहार गर्ने दोषीलाई कानूनी कार्वाही गरिने

पेट्रोलियम पदार्थको मूल्य घट्यो

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुस नतिजा