पुनर्निर्माणमा भारतको झुटो सम्झौता , एक खर्ब दिने वाचा गरेको भारतले १ रुपैयाँ पनि दिएन


साउन १६, काठमाडौं ।।भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले सम्झौता गरेको एक खर्ब रुपैयाँमा अहिलेसम्म एक रुपैयाँ पनि आएको छैन । २५ अर्ब अनुदान र ७५ अर्ब सहुलियत ऋण दिने समझदारी दुई देशबीच भएको थियो ।

भारतले दिने भनेको अनुदानमध्येको रकमलाई प्राधिकरणले विद्यालय निर्माणमा पाँच अर्ब, स्वास्थ्य चौकी निर्माणमा पाँच अर्ब, पुरातान्विक सम्पदा निर्माणमा पाँच अर्ब र निजी आवास निर्माणमा तयारी गरेको थियो ।

पनुर्निर्माणमा विभिन्न मुलुकले वाचा गरेको १३ अर्ब त सरकारले सम्झौता नै गर्न सकेको छैन । साउदी अरबले तीन अर्ब रुपैयाँ दिने बचन दिए पनि नेपालले सम्झौता गर्न सकेको छैन । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Comments

Popular posts from this blog

दुर्गा प्रसाईं पक्राउ

आजदेखि सोह्रश्राद्ध, पक्षभरि पितृको सम्झना गरिँदै

छोराको मायाले जन्माएको हिरायान