फिस्टुला रोग नलुकाउन महिलाहरुलाई नायिका मनिषाको आग्रह
धरान, साउन १६ । संयुक्त राष्ट्रसंघ जनसंख्या कोष (युएनएफपिए) की सद्भावना दुत नायिका मनिषा कोइरालाले अबेष्ट्रिक फिष्टुला अर्थात (पिसाब तथा दिसा चुहिने रोग) लुकाएर नराख्न महिलाहरुलाई सुझाव आग्रह गर्नुभएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फिष्टुला रोगीहरुसँगको भेटपछि हिजो गरिएको पत्रकार सम्मेलनको क्रममा उहाँले पीडित महिलाहरु खुलेर अस्पताल आउन आग्रह पनि गर्नुभयो । यो रोग अहिले पनि धेरै महिलाहरुले लुकाइरहेकाले रोग लुकाएर बस्न नहुनेमा जोड दिनुभयो । प्रतिष्ठानमा सन् १९९७ देखि फिष्टुलाको उपचार हुन थालेको हो ।
सन् २०१० बाट बीपी प्रतिष्ठानमा यो रोगको निःशुल्क उपचार सुरु भएको प्रसुति रोग विभागका प्रमुख प्रा.डा. मोहनचन्द्र रेग्मीले बताउनुभयो । उहाँका अनुसार हालसम्म ४ सयभन्दा बढीको सल्यक्रिया गराईसकेका छन् । उहाले फिष्टुलाको लागि विभिन्न ग्रामिण भेगमा पुगेर बीपी कोईराला स्वास्थ बिज्ञान प्रतिष्ठानले परीक्षण गर्ने गरेको छ ।
फिष्टुलाका बिरामी नेपाल भर करिव ५ हजार रहेको अनुमान गरिएको छ । युएनएफपिएका नेपालकी प्रतिनिधि जुलिया बालेसीले युएनएफपिएले दिगो विकास लक्ष्य अनुरुप २०३० सम्ममा फिष्टुला लगायतका समस्याहरुलाई निर्मुल पार्ने लक्ष्य लिएको बताउनुभयो ।

Comments
Post a Comment