मोटरसाइकल दुर्घटनामा कांग्रेस जिल्ला नेता चौधरीको मृत्यु

१५ साउन, २०७४,कैलाली ।।
कांग्रेसका जिल्ला स्तरीय नेताको मृत्यु भएको छ ।
पार्टीको बैठक सकेर धनगढीबाट हसुलिया फर्कँदै गरेका ४५ वर्षीय राजेश चौधरीे भितारियामा साइकललाई ठक्कर दिएपछि अनियन्त्रित भइ मोटरसाइकलसहित लड्न पुगेका थिए ।

घाइते अवस्थामा रहेका चौधरीलाई सेती अञ्चल अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक वीरबहादुर बुढामगरले जानकारी दिए ।

ठक्करबाट घाइते भएका साइकल चालकको सामान्य अवस्थामा सेती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Comments

Popular posts from this blog

पुुनर्वासमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेको परिचय खुल्यो

कञ्चनपुरमा थ्रेसरमा च्यापिएर एक महिलाको मृत्यु

पुनर्वासका कुल ब्वाय फिल्म खेल्दै