एमालेले १९ जिल्लामा समन्वय समिति प्रमुख र उपप्रमुखको टुंगो लगायो

भक्तपुर, साउन १५ । नेकपा एमालेले १९ जिल्लाका जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुखको उम्मेदवारको नाम टुंगो लगाएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बाल्कोटमा आज बसेको स्थायी समितिको बैठकले जिल्लाबाट सिफारिस भएका आएका नाममा छलफल गरी १९ जिल्लाका समन्वय समिति प्रमुख र उपप्रमुखको उम्मेदवारको नाम टुंगो लगाएको हो ।
बैठकमा निर्वाचन क्षेत्र निर्धारण आयोगको काम र आगामी निर्वाचनलगायतका विषयमा छलफल भएको पार्टी सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
एमालेले आगामी निर्वाचनलगायतका विषयमा छलफल गर्न भोलि पनि बैठक बस्ने जनाएको छ ।

Comments

Popular posts from this blog

पुनर्वास मेयर माथि अभद्र व्यवहार गर्ने दोषीलाई कानूनी कार्वाही गरिने

पेट्रोलियम पदार्थको मूल्य घट्यो

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुस नतिजा