मोदीलाई पूर्व सैनिकले भने - कति दिन हेरेर बस्ने ?

साउन १६,काठमाडौं ।। भारतमा विशेषगरी भारतीय जनता पार्टीले शासन गरेका राज्यमा अहिले व्याप्त हुँदै गएको डर, धम्की, घृणा र शंकाको वातावरणविरुद्ध चलाइएको 'नट इन माई नेम' अभियानको समर्थन गर्दै १ सय १४ जना पूर्व सैनिक अधिकृतहरूले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेका छन् । 
                      फाइल तस्बिर:-
मुलुकमा सञ्चार माध्यमलगायत मुसलमान र दलितहरूविरुद्ध गरिएका आक्रमण र धम्कीको निन्दा गर्दै उनीहरूले प्रधानमन्त्रीलाई पत्र लेखेको एनडीटीभीले जनाएको छ । पत्रमा उनीहरूले आफूहरू कुनै राजनीतिक दलसँग आबद्ध नरहेको र जीवनका सुनौला वर्षहरू सेनामा बिताएको जानकारी दिँदै हिन्दुत्वका नाममा मच्चाइएको गुन्डागर्दीको निन्दा पनि गरिएको छ । 

प्रधानमन्त्री मोदीलाई लोकतन्त्रको मूल्यप्रति सजग गराउँदै पत्रमा लेखिएको छ - विविधता हाम्रो शक्ति हो। असहमति देशद्रोह हैन बरु यो त लोकतन्त्रको आत्मा हो ।
कस्मिरमा सेनालाई ढुंगा नेको भन्दै एक युवालाई मोटरमा बाँधेर घुमाइएकोदेखि दिल्लीमा १६ वर्षीय किशोरलाई गाईको मासु खाएको भन्दै मारिएकोसम्मका घटनापछि भारतमा लोकतन्त्र जोखिममा परेको भन्दै आन्दोलन भइरहेको छ । 
१२ खरी बाट लिएको 

Comments

Popular posts from this blog

पुनर्वास मेयर माथि अभद्र व्यवहार गर्ने दोषीलाई कानूनी कार्वाही गरिने

पेट्रोलियम पदार्थको मूल्य घट्यो

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुस नतिजा