नेयमारको पीएसजी यात्राको घोषणा यसै साता टुंगो लाग्ने

साउन १७
एजेन्सी/पेरिस ।। अनेकन् अनुमानबीच कुनै ठूलो उथलपुथल नभएमा ब्राजिलका बार्सिलोना सुपरस्टार नेयमारको पीएसजी यात्राको औपचारिक घोषणा यसै साता हुँदै छ । बार्सिलोनाले ठूलो मात्रामा मागेको ‘रिलिज क्लज’ उपलब्ध गराउन पीएसजी राजी भएपछि नेयमारको स्थान्तरण पक्का भएको स्पेनिस सञ्चारमाध्यमहरूले जनाएका छन् ।

फ्रेन्च क्लब पीएसजीले नेयमारका लागि बार्सिलोनाले राखेको करिब २६ अर्ब ७५ करोड (२२ करोड २० लाख युरो) रुपैयाँको ‘रिलिज क्लज’ लाई स्वीकार गरेको र उक्त रकम एकमुष्ठ भए मात्रै नेयमारलाई पेरिस पठाउने अडानमा रहेको बार्सिलोनाको उक्त मागमा पनि पीएसजी सकारात्मक भएपछि यसै साता उनको पीएसजी अनुबन्धनबारे औपचारिक निर्णय आउने पक्का भएको छ । नेयमारलाई विश्व कीर्तिमानी मूल्य १ सय ९६ मिलियन पाउन्ड खर्च गर्न पीएसजी तयार भएको हो । यसअघि पीएसजीले क्याटलान क्लब बार्सिलोनालाई
‘इन्सटलमेन्ट’ मा रकम दिने प्रस्ताव अगाडि सारेको थियो । तर बार्सिलोनाले अस्वीकार गरेपछि उनको पेरिस यात्राबारे अन्योलता रहेको थियो । जसलाई तोड्दै उनी अनुबन्धन नजिक पुगेको जनाइएको छ । नयमार अनुबन्धनको विषयमा यसै साता दुवै क्लबले आधिकारिक रूपमा जानकारी गराउन सक्ने सम्भावना रहेको एजेन्सीहरूले जनाएका छन् ।
नेयमारको बार्सिलोनको जर्सीमा अन्तिमपटक ‘ईएल क्लासिको भिडन्त’ का रूपमा हेरिएको रियलविरुद्धको खेलपछि उनी नाइकसँगको व्यावसायिक प्रवद्र्धनका लागि चीन गएका थिए । उनी त्यहाँबाट पीएसजीसँगको औपचारिक अनुबन्धनका लागि कतार पुग्ने र त्यहाँबाट पेरिस पुग्ने जनाइएको छ ।
नेयमारले पीएसजीमा ठूलो पारिश्रमिक रकम र क्लबमा आबद्ध भएबापत पनि ठूलो मात्रामा बोनस पाउने जनाइएको छ । पीएसजीको प्रस्तावलाई नेयमारले दुई साताअघि स्वीकारेका थिए । क्लबले पनि उनलाई छुट्टी दिने भएपछि नेयमारको बार्सिलोना फर्कने सम्भावना निकै कम रहेको छ । अब ठूलै उथलपुथल नभएमा नेयमारलाई यो सिजनबाट पीएसजीको जर्सीमा देखिनेछ ।

Comments

Popular posts from this blog

पुुनर्वासमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेको परिचय खुल्यो

कञ्चनपुरमा थ्रेसरमा च्यापिएर एक महिलाको मृत्यु

पुनर्वासका कुल ब्वाय फिल्म खेल्दै