रुपन्देहीमा छोराको कुटाईबाट बुवाको मृत्यु

साउन १७,रुपन्देही  ।।  रुपन्देहीमा एक व्यक्तिले बुवाको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मर्चवारी गाउँपालिका–१ कोटिहवाको ६० वर्षका सन्तु चाईको ३५ वर्षका छोरा लाल चाईले कुटपिट गर्दा ज्यान गएको हो ।
सोमबार राति लालले रक्सीले मातेर बुवा सन्तुलाई कुटपिट गरेर घाइते बनाएका थिए ।  सन्तुलाई मंगलबार बिहान बिहान उपचारका लागि भैरहवा मेडिकल कलेजमा लगिएकोमा उपचारकै क्रममा ज्यान गएको होे । छोरा लाललाई प्रहरीले पक्राउ गरेको छ । 

Comments

Popular posts from this blog

पुनर्वास मेयर माथि अभद्र व्यवहार गर्ने दोषीलाई कानूनी कार्वाही गरिने

पेट्रोलियम पदार्थको मूल्य घट्यो

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुस नतिजा