लागूऔषध ब्राउन सुगरसहित एक पक्राउ

साउन १६, कैलाली ।।प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समूह (आरआइटी)को टोलीले कैलालीमा अबैध लागूऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ ।

बिशेष सूचनाका आधारमा कैलाली गौरीगंगा नगरपालिका ४ का २४ वर्षीय लक्की भन्ने लालबहादुर साउँदलाई गोदावरी नगरपालिका २ स्थित अत्तरिया बजारबाट अाइतबार नियन्त्रणमा लिइएको कैलाली प्रहरीले जानकारी दिएको छ ।

उनको साथबाट सेतो प्लास्टिकमा बेरेर राखिएको १०० ग्राम लागूऔषध ब्राउन सुगर बरामत गरएकिो पनि प्रहरीले जनाएको छ ।

साउँदलाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मालाखेती पठाइएको छ ।

Comments

Popular posts from this blog

पुनर्वास मेयर माथि अभद्र व्यवहार गर्ने दोषीलाई कानूनी कार्वाही गरिने

पेट्रोलियम पदार्थको मूल्य घट्यो

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुस नतिजा