सुखड शाखामा नवजीवन सहकारीको डेढ करोड मुनाफा , आजदेखि मोबाइल बैंकिङ्ग सुरु

विशाल पाण्डेय
सुखड , साउन १६।।
नवजिवन सहकारी संस्था लिमिटेड सुखडले आर्थिक बर्ष २०७३/०७४ असार मसान्तसम्ममा १ करोड ५६ लाख मुनाफा कमाउन सफल भएको छ ।

सुखडमा आइतबार पत्रकार सम्मेलनमा बोल्दै शाखा प्रबन्धक राजेन्द्र प्र. पन्तले  स्थापना काल देखि यहाको आर्थिक बिकासको लागि सहयात्रीको रुपमा काम गर्दै आइरहेको नवजीवन सहकारीले हालसम्म यस शाखा बाट १६ करोड १२ लाख ४४ हजार निक्षेप संकलन गरेको सहकारीले ३८ करोड ६४ लाख ३९ हजार बराबरको कर्जा लगानी गरि आर्थिक बर्ष ०७३/७४ असार मसान्तसम्म सम्म १ करोड ५६ लाख ४५ हजार मुनाफा कमाउन सफल भएको  बताउनु भयो।

प्रधान कार्यालय धनगढी रहेको यस बैंकको कैलाली जिल्लामा हाल सम्म ४ ठाउँमा आफ्नो शाखा रहेको   र अन्य ठाउँमा पनि शाखा बिस्तार हुने प्रक्रिया चलिरहेको प्रबन्धक पन्तले जानकारी दिनु भयो ।

सुखड शाखामा ६ हजार ५ सय १० निक्षेप कर्ता र उक्त शाखाबाट ७०७ जनाहरुले ऋण लिनुभएको प्रबन्धक पन्तले  बताउनु भयो । त्यसैगरी पन्तले हाम्रो यस शाखालाइ सुखड  लगाएत वरपरका शेयर धनिहरुले उल्लेखनीय रुपमा माया र बिश्व्वास गर्नु भएकोले नाफा कमाउन सफल भएको बताउनु भयो । सुखड ग्रामीण इलाका भएकाले अब आगामी दिनमा ३ किसिमको बिशेष  परियोजनाहरु बनाउने र त्यो परियोजनामा तरकारी खेती , फलफूल खेती , बाख्रा पालन , बङ्गुर पालन , कुखुरा पालन लगाएतको उदेश्य मुलक लगानी गर्ने नीति बनाएको  र  नयाँ परियोजना अन्तर्गत लघु बित्त कार्यक्रममा पनि हात हाल्ने जानकारी पन्तले दिनु भयो।

त्यसैगरि नवजीवन सहकारी संस्थाको बारेमा केही जानकारी लिनको लागि  सहकारीको वेबसाईट www.navajeevancoop.com पनि रहेको बताउनु भयो ।

पन्तका अनुसार आज(सोमबार) देखि सुखडमा मोबाइल बैंकिङ्ग अनलाइन सिस्टमको पनि सुबिधा रहने जानकारी दिनुभयो।

Comments

Popular posts from this blog

पुनर्वास मेयर माथि अभद्र व्यवहार गर्ने दोषीलाई कानूनी कार्वाही गरिने

पेट्रोलियम पदार्थको मूल्य घट्यो

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुस नतिजा