भरतपुर महानगरपालिकामा पुन मतदान हुने भन्ने विषयमा कस्ले के भने , हेर्नुहोस !

भरतपुर महानगरपालिका वडा नं १९ को अन्तिम निर्णय सर्बोच्च अदालतले गरी सके पछि कसले के भने, आफ्नो फेसबुक वालमा रंगाएका कुराहरु ―

Baburam Bhattarai‏
नयाँ शक्ति संयोजक –
चुनाव हार्ने भए पछि नियोजित ढंगले मतपत्र च्यात्नेलाई पुनर्मतदानको पुरस्कार मिल्ने हो भने कस्तो नजीर बस्ला? अब जनताले नै फैसला गर्नुपर्ने भो!

Govinda Adhikari पत्रकार –
सर्वोच्च अदालतले पुनस्मतदान गराउने निर्णयगरेर महागल्ती गरेकोछ। यसको दूरगामी नकारात्मक प्रभाव पर्नेछ। यस्तै निर्णयले हो अदालतको साख समाप्त हुने।

Rabindra Adhikari‏ @RabindraADH –
मतपत्र च्यातिनेकुरा सुनियोजित र प्रायोजित थियो,मतपत्र च्यात्ने उमेद्वारका वारेस थिए । अदालतको दुर्भाग्यपूर्ण फैसला । जनताको फैसला नै अन्तिम।

टेकनारायण भट्टराई पत्रकार –
खाल्डा पुर्ने १५ दिने म्याद सकिएकै दिन सर्बोच्चले नेपालको निर्वाचन इतिहासमा कहिल्यै नपुरिने खाल्डो खन्यो।

पत्रकार किशाेर श्रेष्ठ –
भरतपुर–१९ का जनताले आफ्ना जनप्रतिनिधि छान्न फेरि मतदान गर्नपर्ने। सर्वोच्चका न्यायाधीशद्वय ओमप्रकाश मिस्र र पुरुषोत्तम भण्डारीको आदेश आयो। यही नजिरलाई टेकेर हार्नेले धमाधम मत च्यात्न पाउने नजिर बस्यो।

Nilamber Acharya‏ –
भरतपुर वडा नं १९ मा पुन मतदान गराउने आदेश होला भन्ने सोचेको थिइनँ।

प्रदीप ज्ञवाली‏
नेकपा एमाले सचिव ―
हार्ने निश्चित भइसकेपछि मतपत्र च्यात्ने दलका प्रतिनिधि। त्यसलाई संरक्षण गर्ने निर्वाचन आयोग। त्यही प्रवृत्तिलाई सघाउने अदालती फ़ैसला।
लियो जनक धामिको वालबाट लिएको

Comments