नेपालको सबैभन्दा अग्लो झोलुङ्गे पुलबाट हामफालेर प्रेमिल जोडीले गरे 'आत्महत्या'

काठमाडौं, १६ साउन । नेपालको सबैभन्दा अग्लो पुल कुस्मा ज्ञादी झोलुङ्गे पुलबाट हामफालेर आत्महत्या गर्ने प्रेमिल जोडीको पहिचान खुलेको  छ ।

पुलबाट हामफालेर आत्महत्या गर्नेमा धरान उपमहानगरपालिका ११ सुनसरीका २६ बर्षीय अकिन गुरुङ र  ललितपुर उपमहानगरपालिका १४ ढिलाहिटीकी २५ बर्षीय मुना राना छन् ।

थप खबरअनुसार पर्वतको कुस्माबजार र ज्ञादी जोड्ने पुलबाट हामफालेर शनिबार राति यो जोडीले आतमहत्या गरेका हो ।

  प्रहरीका अनुसार जोडीको शव आइतबार बिहान मोदीखोला किनारबाट निकालिएको हो।

केही दिनअघि मुस्ताङ घुम्न आएका उनीहरु शनिबार दिउँसो कुश्मा आसपास घुमफिर गरेका थिए ।नेपाल समाचार पत्रमा खबर छ।

Comments