बार्सिलोनासँग रियल म्याड्रिड पराजित
साउन १६ ,एजेन्सी
प्री–सिजन टुरका लागि अमेरिकामा रहेका दुई स्पेनिस प्रतिद्वन्द्वी बार्सिलोना र रियल म्याड्रिड आइतबार एक अर्काविरुद्ध भिड्दा बार्सिलोना हावी भएको छ ।
अमेरिकाको मियामीमा भएको ‘एल क्लासिको’मा बार्सिलोनाले रियल म्याड्रिडलाई ३–२ ले पाखा लगायो । मियामीस्थित सनलाइफ स्टेडियममा आफ्ना स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोबिना नै मैदान उत्रिएको रियलविरुद्ध बार्सिलोनाले खेलको तेस्रो मिनेटमा नै मेसीको गोलमार्फत अग्रता लिएको थियो । बार्सिलोनाका लागि लियोनल मेसी, इभान ¥याकिटिक र जेरार्ड पिकेले १–१ गोल गरेका थिए । रियलका लागि माटियो कोभासिस र मार्को एसेन्सिओले गोल फर्काए पनि बार्सिलोनालाई रोक्न भने सकेनन् ।
खेलको तेस्रो मिनेटमा नै मेसीको गोलबाट लिएको अग्रता ३ मिनेटपछि ¥याकिटिकले दोब्बर पारे । यद्यपि १४औं मिनेटमा कोभासिस र ३६औं मिनेटमा एसेन्सिओले गोल गर्दै रियलललाई २ गोलले पछि पारेको अवस्थामा बराबरी गर्न सफल भए । पहिलो हाफ २–२ को बराबरीमा सकियो यद्यपि दोस्रो हाफमा नेयमारको सानदार फ्री–किकलाई सहज रूपमा पोस्टको दिशा दिन जेरार्ड पिके सफल भएपछि रियलले अग्रता कायम ग¥यो जुन अग्रता अन्तिम समयसम्म निरन्तरता दिएपछि रियल म्याड्रिडले जित हासिल गर्न सफल रह्यो ।
यससँगै प्री–सिजन टुरमा बार्सिलोना अपराजित रह्यो । यसअघि उसले म्यानचेस्टर युनाइटेडलाई १–० तथा युभेन्टसलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । रियल भने प्री–सिजनको तीनवटै खेलमा पराजित हुनपुग्यो । म्यानचेस्टर युनाइटेडसँग पेनाल्टी सुटआउटमा हारेको रियल म्यानचेस्टर सिटीसँग ४–१ को फराकिलो हार बेहोर्न बाध्य भएको थियो । उसले अमेरिकामा नै भएको अन्तिम खेलमा आइतबार बार्सिलोनासँग हारेपछि ऊ जितविहीन हुनपुग्यो ।
सोही प्रतियोगिताअन्तर्गत आइतबार नै सम्पन्न अर्को खेलमा म्यानचेस्टर सिटीले घरेलु प्रतिस्पर्धी टोटनह्याम हट्सपरलाई ३–० ले पराजित ग¥यो । सिटीको जितमा जोन स्टोन, रहिम स्ट्रलिङ र ब्राहिम डियाजले गोल गरे ।
Comments
Post a Comment