वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका परिवारलाई राहत दिन सुरु

साउन १७, काठमाडौं ।। श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारका परिवारलाई सरकारले अब सात लाख रुपैयाँ दिने भएको छ। यसअघि मृत्यु हुने कामदारका परिवारले तीन लाख रुपैयाँमात्र पाउँथे। वैदेशिक रोजगारी नियमावली २०७४ संशोधन भई सोमबार नेपाल राजपत्रमा प्रकाशित भएपछि वैदेशिक रोजगारीका क्रममा पीडित र उनका परिवारलाई दिइने राहत तथा नयाँ सेवासुविधा थपिएको हो।

 वैदेशिक रोजगारीमा गएका कामदार र उनीहरूको परिवारको यस्तो कल्याणकारी काम वैदेशिक रोजगार प्रवर्धन बोर्डले गर्नेछ। बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेका अनुसार श्रमस्वीकृतिको म्याद सकिएको एक वर्ष बित्दा पनि विदेश वा स्वदेशमा मृत्यु भएमा कामदारका परिवारले यो सुविधा पाउनेछन्। यसअघि श्रमस्वीकृति मिति सकिएलगत्तै मृत्यु, बिरामी वा अंगभंग भएका कामदारका बोर्डको सुविधा लिनबाट बञ्चित थिए।

श्रमस्वीकृतिको म्याद सकिएको एक वर्षसम्मको समय थप गर्दा करार अवधि सकिनेबित्तिकै स्वदेश फिर्न नपाएका र नफर्केका झण्डै १० लाख कामदारको हितमा हुन्छ’, काफ्लेले भने। नयाँ नियमअनुसार मृतक कामदारका परिवारले १५ लाख (२०७३ वैशाख १ मा श्रमस्वीकृति) सहित २२ लाख रुपैयाँ पाउने भएका छन्।

 त्यसबाहेक सरकारले तोकेको १५ प्रकृतिका गम्भीर रोगबाट मृत्यु भए थप ५ लाख रुपैयाँ (२०७३ माघ १५ श्रमस्वीकृति) पाउने उनले बताए। नियमावली संशोधन भएपछि बोर्डको कार्यक्षेत्रसमेत फराकिलो भएको छ। बोर्डले विदेशी जेलमा रहेका नेपाली कामदारका पक्षमा वकिल राख्नसक्ने भएको छ। विदेशी जेलमा अहिले ३ सय २० नेपाली छन्।

Comments

Popular posts from this blog

पुुनर्वासमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेको परिचय खुल्यो

कञ्चनपुरमा थ्रेसरमा च्यापिएर एक महिलाको मृत्यु

पुनर्वासका कुल ब्वाय फिल्म खेल्दै