गुडिरहेको गाडीको टायर मुनि पस्यो बाईक ,गाडीको ठक्करबाट मोटरसाइकल चलाकको गयो ज्यान

साउन १५, काठमाडौं ।।धनगढीबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बसले काठमाडौँबाट मुग्लिन तर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालककाे मृत्यु भएकाे छ ।


धादिङको विसालटारमा ना ५ ख ७२३५ नम्बरको बसले ना २९ प १४५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
दुर्घटनामा परी मोटरसाइकल चालक चितवन भरतपुर महानगरपालिका १० का ३० वर्षीय अाशिस उपाध्ययको टाउकोमा गम्भीर चोट लागेको र उनको मलेखु सामुदायिक अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएकाे प्रहरी हवल्दार रेशम प्रजाले बताए ।
चालक, सहचालक दुवै प्रहरीले नियन्त्रणमा लिएकाे इलाका प्रहरी कार्यालय गजुरीले जनाएकाे छ ।

Comments

Popular posts from this blog

पुुनर्वासमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेको परिचय खुल्यो

कञ्चनपुरमा थ्रेसरमा च्यापिएर एक महिलाको मृत्यु

पुनर्वासका कुल ब्वाय फिल्म खेल्दै