पदबाट राजीनामा दिन पुगेका रमनलाई देउवाले फर्काए

साउन १७, काठमाडौं ।। पदबाट राजीनामा दिन कार्यालयबाट बिदा भएर सोमबार सिंहदरबार पुगेका महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अझै केही समय पर्खन’ भन्दै फर्काएका छन् ।

महान्यायाधिवक्ता श्रेष्ठ दिउँसो ४ बजे राजीनामा दिने भन्दै कार्यालयबाट बाहिरिएका थिए । तर, प्रधानमन्त्री कार्यालयबाट फर्केका श्रेष्ठले पुनः महान्यायाधिवक्ता कार्यालय पुगेर प्रधानमन्त्रीलाई भेटेर मात्र फर्केको जानकारी गराए । ‘मैले राजीनामाको कुरा गर्दा अहिले पर्खनुस् न भन्ने कुरा भयो,’ प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दे श्रेष्ठले भने ।

राजीनामा दिन हिँडेका उनले कार्यालयमै फर्केर राजीनामा नदिएको सुनाएपछि सरकारी वकिल आश्चर्यमा परे । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Comments

Popular posts from this blog

पुनर्वास मेयर माथि अभद्र व्यवहार गर्ने दोषीलाई कानूनी कार्वाही गरिने

पेट्रोलियम पदार्थको मूल्य घट्यो

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुस नतिजा