Posts

Showing posts from August, 2023

पेट्रोलियम पदार्थको मूल्य बढ्यो,एलपी ग्याँसमा २३५ रुपैयाँ वृद्धि

Image
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त भएको नयाँ मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य बढाइएको नेपाल आयल निगमका प्रवक्ताले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । नयाँ मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ । नयाँ मूल्यअनुसार अब पेट्रोलको पहिलो वर्गको प्रतिलिटर १७९.५०, दोस्रो वर्गको १८१ र तेस्रो वर्गको १८२ रुपैयाँ पुगेको छ । त्यसैगरी डिजेल/मट्टितेलको प्रतिलिटर पहिलो वर्गको १६७.५०, दोस्रो वर्गको १६९ र तेस्रो वर्गको १७० रुपैयाँ पुगेको निगमले जनाएको छ । त्यस्तै, एलपी ग्यासको पनि प्रतिसिलिण्डर १, ६६० रुपैयाँबाट बढेर १, ८९५ रुपैयाँ पुगेको छ ।  

बेलौरीका नगरप्रमुख पोतिलाल चौधरीलाई पितृशोक, करेन्ट लागेर निधन

Image
कञ्चनपुर /१३ भदौ । बेलौरी नगरपालिकाका नगरप्रमुख   पोतिलाल चौधरीलाई पितृशोक परेको छ । नगरप्रमुख चौधरीका बुवा ७२ वर्षीय जनकलाल चौधरीको विद्युतीय करेन्ट लागेर मृत्यु भएको हो । मंगलबार साँझ नुहाउने क्रममा पानीको मोटरबाट करेन्ट लागेर बेहोस भएका चौधरीको धनगढी स्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचारका क्रममा गएराति निधन  भएको पारिवारिक श्रोतलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।  

शिक्षक कुटपिट प्रकरण: पाँच बुँदे सहमतीसंगै आन्दोलनका कार्यक्रम फिर्ता, भोलिदेखि विद्यालय सञ्चालन हुने।

Image
कञ्चनपुर , १२ भदौ । शिक्षक वीरेन्द्र जोशी कुटपिट प्रकरणलाई लिएर आन्दोलनरत कञ्चनपुरका शिक्षक र प्रशासनविच पाँच बुँदे सहमति भएको छ । उक्त सहमतिसंगै आन्दोलनरत शिक्षक संगठनहरुले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु फिर्ता लिएको छ । आन्दोलन फिर्ता लिए संगै बन्द विद्यालय भोलीदेखि खुल्ने भएको छ । भीमदत्त नगरपालिका १० जिमुवास्थित सिद्धनाथ माध्यमिक विद्यालयका लेखापाल वीरेन्द्र जोशीमाथि एक साता अघि कुटपिट भएको घटनालाई लिएर शिक्षक संघसंगठनहरूले आइतबार भीमदत्तका सबै शिक्षण संस्था  र सोमबारदेखि जिल्लाभरका सामुदायिक तथा संस्थागत विद्यालयमा अनिश्चितकालीन बन्द गरेका थिए । मंगलबार अपराह्न आन्दोलनरत पक्ष र प्रशासनबिच ५ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको नेपाल शिक्षक महासंघ आन्दोलन परिचालन समिति कञ्चनपुरले जनाएको छ । बुधबारदेखि सबै विद्यालयहरूमा नियमित पठनपाठन सञ्चालन हुने बताइएको छ । विद्यालयका कर्मचारी/शिक्षक वीरेन्द्र जोशीलाई कुटपिट गरेको भनी किटानी जाहेरीमा नाम उल्लेख भएका व्यक्तिहरू मध्ये ७ जना पक्राउ परेका र अझ २ जना पक्राउ पर्न बाँकी रहेकाले ती व्यक्

कञ्चनपुरमा शिक्षक कुटिएपछि शिक्षण संस्था बन्द गरेर शिक्षक आन्दोलनमा

Image
कञ्चनपुर / कञ्चनपुरमा शिक्षक कुटिएपछि  शिक्षण संस्था बन्द गरेर शिक्षकहरु आन्दोलनमा होमिएका छ्न । भीमदत्त नगरपालिका १० जिमुवा स्थित सिद्धनाथ माध्यमिक विद्यालयका शिक्षक विरेन्द्र प्रसाद जोशीमाथि भएको कुटपिट घट्नालाई दिएर जिल्लाका सबै शिक्षण संस्थामा अनिश्चितकालका लागि बन्द भएका छन् । सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक संगठनहरुले आइतबार भीमदत्त नगरपालिकामा अनिश्चितकालिन बन्द घोषणा गरेको अर्को दिन सोमबारदेखि जिल्लाभर बन्द गरिएका छन् । शिक्षक महासंघ जिल्ला स्तरिय आन्दोलन परिचालन समितिले आइतबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै शिक्षक जोशीमाथि हतकडी सहित प्रहरी घेरामा रहेका शिक्षकमाथि मरणाशन्न हुने गरी कुटपिट गर्नेमाथि कार्बाही नगरिएको भन्दै सोमबारदेखि आन्दोलन घोषणा गरेको हो । नेपाल शिक्षक संघ कञ्चनपुरका अध्यक्ष एव नेपाल शिक्षक महासंघ जिल्ला स्तरिय आन्दोलन परिचालन समितिका सयोजक बिरेन्द्र भण्डारीले विद्यालय हाताभित्र प्रहरी आएर हतकडी लगाउने, हतकडी लगाएपनि कुटपिट गर्न दिएकोले बाध्य भएर आन्दोलनमा उत्रिएको बताए । उनले शिक्षक जोशीमाथि ३ भदौँमा भएको कुटपिट घटनाको न्

माओवादीले विशेष रूपान्तर अभियान कार्यक्रम लिएर जनताको माझमा जाने माओवादी नेतृ बिना मगरको भनाई

Image
कञ्चनपुर /नेकपा माओवादी पोलिटब्युरो सदस्य तथा पुर्व खानेपानी मन्त्री बिना मगरले अबको तीन महिना जनताको माझमा रहने बताएकि छिन ।  पुनर्वास ६ स्थीत सम्राट होटलमा आयोजित चियापान एवम पार्टीको अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै  नेतृ मगरले सो कुरा बताएकि हुन ।  निर्वाचन यता  जनतासंग नेता कार्यकर्ता बिच दुरी बढेको बिषयलाई महसुस गरि पार्टीको केन्द्रीय नीति अनुसार केन्द्रदेखि प्रदेश हुँदै नगर वडा कमिटीलाई गरिएको निर्देशन अनुसार आगामी तीन महिना जनतासंग माओवादी विशेष रूपान्तर अभियान कार्यक्रम लियर जनताको माझमा जाने उनलेे बताईन ।  आगामी तीन महिना प्रत्यक्ष जनताकै माझमा रहि जनताका हरेक सुखदुःख मा सहभागी हुँदै पार्टी सुदृढीकरण तर्फ लाग्ने योजना रहेको उनले बताईन ।  कार्यक्रममा नेकपा माओवादी केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश सामाजिक विकासमन्त्री झपट बहादुर साउँदले जनता संग माओवादी विशेष रूपान्तर कार्यक्रम को भाव र यसको अर्थ बुझ्दै यसको गम्भिरताका साथ पार्टी अघि बढने बताए ।  नेपालमा नेकपा माओवादीको दस वर्षे जनयुद्धको प्रभावलेनै देशमा क्रान्ति आउन सफल भएको कुरामा जोड दिंदै पछि

नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद पुनर्वासको तेस्रो नगर अधिवेशन सम्पन्न

Image
कञ्चनपुर , ७ भदौ । नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद पुनर्वासको तेस्रो नगर अधिवेशन सम्पन्न भएको छ । भेलाले प्रविण जर्घामगरको अध्यक्षतामा १५ सदस्यीय नयाँ समिति चयन गरेको छ । सर्वसम्मत रूपमा चयन गरिएको समितिको तीनजना उपाध्यक्षमा एककुमार श्रेष्ठ , रूकमाया भुजेल , पुर्णा कुमारी गुरूङ रहेका छन भने सचिवमा बनवारी राना, कोषाध्यक्षमा चमेली तामाङ , सहसचिवमा नरेन्द्र गुरूङ र सविता माझी चयन भएका छन। सदस्यहरूमा रामकुमार चौधरी , शमशेर भुजेल, मनमाया मगर, मानसिंह तामाङ, दुर्गा चौधरी, श्रवण राना र तिलकुमार श्रेष्ठ चयन भएका छन । नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद् पुनर्वास  कञ्चनपुरले आयोजना गरेको कार्यक्रमको  सभापतिमा धोके राना, प्रमुख अतिथिमा कञ्चनपुर क्षेत्र नम्बर १ प्रतिनिधिसभा सांसद तारालामा तामाङ, विशिष्ट अतिथिमा पुनर्वास नगरपालिकाका  उपप्रमुख भुलिया कुमारी राना ,आदिवासी जनजाति महासंघ केन्द्रीय उपाध्यक्ष  देव बहादुर घर्ती , केन्द्रीय सदस्य नेत्र तामाङ रहेका थिए भने अतिथि हरूमा पुनर्वास नगरपालिका वडा नम्बर ६  वडा अध्यक्ष मित्रसिंह लामा, नेफिनका प्रदेश सल्लाहकार तथा

पुनर्वासकि उपमेयर भुलियाकुमारी रानाद्वारा बजार अनुगमन

Image
  कञ्चनपुर / पुनर्वास नगरपालिका उपप्रमुख तथा उपभोक्ता हित संरक्षण समिति संयोजक  भुलिया कुमारी रानाले  टाउन बजारमा अनुगमन  गर्नुभएको छ । सोमबार पुनर्वास नगरपालिका ६ स्थित टाउन बजारमा करिब दुई दर्जन बढी किराना पसलमा रहेका बिस्कुट, नमकिन , चाउचाउ , भुजा, जुस लगायतका खाद्यवस्तु चेकजाँच गर्नुभएको थियोे ।  त्यसैगरी एक दर्जन होटलमा तयारी खाजा, अण्डा, पेय पदार्थको समेत  चेकजाँच गरिएको थियो  । अनुगमन टोलीमा स्वास्थ्य शाखा प्रमुख राम धामि, कृषि सेवा प्रमुख कर्ण बहादुर शाही , पुनर्वास उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार रायमाझी, खाद्य सञ्जाल पुनर्वास अध्यक्ष कञ्चन गिरी , पुनर्वास नगरपालिका फोकल पर्सन ओमनाथ ढकाल , कार्यपालिका सदस्य कलावति वड , पत्रकार धनबहादुर बिक, जनपथ प्रहरी, सशस्त्र प्रहरी लगायतको उपस्थिति रहेको थियो । अनुगमन पश्चात् पत्रकारहरुसंग कुरा गर्दै उपमेयर  रानाले सर्वसाधारण जनताको स्वास्थ्यलाई मध्यनजर गरि अनुगमनलाई निरन्तरता दिईने बताउनुभयो ।

नागरिक लगानीमा प्यारातालमा जैविकता झल्काउन निर्माणको काम सुरु

Image
कञ्चनपुर , २ भदौ ।  पुनर्वास नगरपालिका ९ स्थित प्यारातालमा पर्यटन प्रवर्द्धनका लागि नागरिक  लगानीमा तालको जैविकता झल्काउन प्रतिमा निर्माणको शनिवार शिलान्यास गरिएको छ ।  ८५ वर्षिय जेष्ठ नागरिक धनबहादुर रोकायाले शनिवार ताल परिसरमा निर्माण गरिन लागेको माछाको प्रतिमाको शिलान्यास गर्नु भएको हो ।  तालको जैविक विविधता झल्काउने संरचना निर्माण गरि पयर्टन विकास गर्नका लागि नागरिक स्तरबाट अभियान संचालन गरिएको थियो ।   नागरिकहरुबाट स्वस्फुर्त रुपमा संकलन गरिएको आर्थिक सहयोगबाट ताल परिसरमा जैविक विविधता झलाउने जैविक उद्यान निर्माण गर्ने उद्देश्य रहेको प्याराताल पर्यटन प्रवर्द्धन तथा संरक्षण समितिका अध्यक्ष दीपेन्द्र कुमार बस्नेतले बताए ।  तालको जैविक महत्व लाई प्रदर्शन गर्दै पर्यटन बिकासका लागि ताल क्षेत्रको वनस्पति संरक्षण र जीवहरुको प्रतिमा स्थापना गरि संरक्षण अभियान संगसंगै पर्यटन बिकास गर्न नागरिक अभियान सुरु गरिएको अध्यक्ष बस्नेतले बताए ।  एक महिना अघि देखि सुरु गरिएको अभियान बाट १ लाख ३२ हजार १८२ रुपैया समितिको खातामा  संकलन भएको सचिव प्रेम प्रसाद जैसीले बताए ।  ताल पर

कञ्चनपुरमा सेफ्टिट्यांकीमा परि हात्तिको मृत्यु

Image
कञ्चनपुर , ३२ साउन । कञ्चनपुरमा सेफ्टिट्यांकीमा परि हात्तिको मृत्यु भएको छ । शुक्लाफाँटा नगरपालिका ७ कालापानी स्थित वातावरण सामुदायिक वनमा जगली हात्ती मृत फेला परेको हो । वातावरण सामुदायिक वनका अध्यक्ष लोकेन्द्र जोशीले गएराती जंगलबाट आएको हात्ती शौचालयको सेप्टीट्याङकीमा अडकिएर मरेको बताए । अध्यक्ष जोशीले उक्त क्षेत्रमा जंगली हात्तीको गतिविधी बढिरहेका बेला उक्त हाती सामुदायिक वनमा पस्ने क्रममा सेप्टीट्यांकीमा फसेपछि मृत्यु भएको बताए ।

कक्षा १२ को नतिजा सार्वजनिक,यसरी हेर्नुस् रिजल्ट

Image
काठमाडौँ /राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । आज अपराह्न बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो । नतिजा सार्वजनिक गर्न आज साँझ आयोजित पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले करिब ५० दशमलव ०९ प्रतिशत विद्यार्थी ग्रेडेड अर्थात् उत्तीर्ण भएको जानकारी दिए ।  बोर्डले गत बैशाख २६ देखि जेठ ५ गतेसम्म देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रमा सञ्चालन गरेको परीक्षाको नतिजा सार्वजनिक गर्दै उनले यस वर्ष गत वर्षभन्दा तीन प्रतिशतले नतिजामा सुधार आएको बताए ।      नतिजामा ४९ दशमलव शून्य नौ प्रतिशत भने नन ग्रेडेड भएका छन् भने गत वर्षको तुलनामा यो वर्ष तीन प्रतिशतले नतिजामा सुधार आएको बोर्डले जनाएको छ । उनका अनुसार यस वर्ष परीक्षामा नियमित र ग्रेडवृद्धि गरी चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी सहभागी भएकोमा एक लाख ८२ हजार परीक्षार्थी ननग्रेडेड अर्थात् अनुत्तीर्ण भएका छन् ।  प्रत्येक विषयको सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अङ्क प्राप्त गरे मात्रै विद्यार्थीले ग्रेडसिट प्राप्त गर्ने व्यवस्था गरिएको छ । गतवर्ष कक्षा १२

पुनर्वासको ६५ बिगाहमा धनगढीको पेट्रोलियम भण्डारण केन्द्र सर्ने

Image
कञ्चनपुर / पुनर्वासको ६५ बिगाहमा धनगढीको पेट्रोलियम भण्डारण केन्द्र सर्ने भएको छ । धनगढीमा भण्डारण क्षमता बढाउन जग्गा कम भएको र घना बस्तीबीच रहेको भन्दै कञ्चनपुरको पुनर्वास नगरपालिकामा भण्डारण केन्द्र बनाउने बारे प्रक्रिया थालिएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बताएका छन् ।  प्रवक्ता ठाकुरका अनुसार पनुर्वासको आइबीआरडीस्थित नेपाल आवास कम्पनीको जग्गा प्राप्तिका लागि प्रक्रिया थालिएको हो । ‘पत्राचारमार्फत् जग्गा प्राप्तिको लागि सम्वाद भइरहेको छ’ ठाकुरले भने, ‘ठोस निर्णय भइसकेको छैन तर हामी आशावादी छौं ।’ अहिले धनगढीमा ९ सय किलोलिटर पेट्रोल र १५ सय किलोलिटर डिजेलको मात्रै भण्डारण क्षमता रहेको छ । जग्गाको अभावमा त्यहाँ थप ट्यांकी निर्माण गर्न नसकिने हुँदा भण्डारण केन्द्र सार्न खोजिएको ठाकुरको भनाई छ । सुदूरपश्चिममा बढिरहेको पेट्रोलियम पदार्थको मागका कारण पनि भण्डारण क्षमता बढाउनुपर्ने उनको भनाई छ । पुनर्वासमा जग्गा प्राप्ति भएपछि मात्रै नयाँ भण्डारण केन्द्रको डिजाइन हुने र कति क्षमताको बनाउन सकिन्छ भन्ने प्रष्ट हुने ठाकुरले बताए ।

कक्षा १२ को नतिजा आज साँझसम्म आउने

Image
  भक्तपुर /राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्न तयारी गरेको छ। गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको उक्त परीक्षाको नतिजा आज सार्वजनिक गर्ने गरी अन्तिम तयारी गरिरहेको बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको  छ। उक्त कार्यालयका अनुसार आज साँझसम्म नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको छ, प्राविधिक समस्या आए मात्रै भोलिका लागि सर्नेछ, अन्यथा आजै नतिजा सार्वजनिक गरिनेछ। बोर्डका अध्यक्ष डा महाश्रम शर्माले बोर्डले तयार पारेको तालिकाअनुसार साउन महिनाभित्रै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरिएको र नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगिएको जानकारी दिए। उनले भने,'बोर्डले साउन भित्रै नतिजा सार्वजनिक गर्ने गरी तालिका तयार पारेको थियो, त्यसैबमोजिम नतिजा सार्वजनिक गर्ने गरी अन्तिम तयारीमा पुगेका छौँ, नतिजा सार्वजनिक गरेपछि विद्यार्थीको मार्कसिटलगायतमा कुनै त्रुटि नहोस् भनेर अन्तिम रुजु गर्ने काम भइरहेको छ।' देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी कक्षा १२ को परीक्षामा सहभा

पुनर्वासमा मामाघर जान्छु भन्दै हिडेकी महिला मृत अवस्थामा फेला

Image
कञ्चनपुर , ३० साउन   पुनर्वासमा मामाघर जान्छु भन्दै हिडेकी महिला मृत अवस्थामा फेला परेकी छिन । मृत्यु हुनेमा सोही स्थानमा बस्ने अन्दाजी २६ वर्षीया लक्ष्मी घर्ती  रहेको प्रहरीले जनाएको छ । पुनर्वास ३ स्थित जनकल्याण मा.वि. स्कुल नजिकै रोडमा आज एकाविहानै उनको   शव फेला परेको हो । हिजो बेलुका ८.०० बजेतिर मृतक घर्ती पुनर्वास ५ स्थित भानु बस्तीमा पर्ने आफ्नो मामाघर जान्छु भनेर घरबाट निस्किएको पारिवारिक श्रोतबाट बुझिएको छ। मृतक धर्ति विगत केहि वर्ष देखि ५ वर्षीय छोराका साथ  माईतीघर बस्दै आएकी थिईन । ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीबाट प्रहरी निरिक्षकको कमाण्डमा पुगेको प्रहरीको टोली घटनास्थलमा पुगी अनुसन्धान कार्यलाई अगाडी बढाएको छ । हाल अनुसन्धानको क्रममा रहेकाले घटना कसरी भयो भन्ने बारेमा अहिले केही भन्न नसकिने  ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका ईन्चार्ज प्रहरी निरीक्षक नरेशराज मल्लले बताए। अहिले शवको मुचुल्का गरी पोष्टमार्टमका लागि कैलालीस्थित सेती प्रादेशिक अस्पतालमा पठाइएको छ ।  पोष्टमार्टमको रिपोर्ट र घटनाबारे मुचुल्का हेरी अनुसन्धान प्रक्रिया अगाडि बढाईने ईलाका प्रह

दोदा नदिमा पानीको बहाव बढेसंगै हुलाकी राजमार्ग प्रयोग गर्न सकस

Image
कञ्चनपुर , २३ साउन । पुनर्वासमा दोदा नदिमा पानीको बहाव बढेसंगै हुलाकी राजमार्ग प्रयोग गर्न सकस भएको छ । कञ्चनपुरको दक्षिणी क्षेत्रका जनताहरुलाई प्रदेश राजधानी धनगढी पुग्न निकै कठिनाइ भएको छ । गत राति देखि नै पानीको सतह बढन थालेपछि आपतकालीन साइरन बजाएर तटिय क्षेत्र वरपरका बासिन्दाहरुलाई सचेत गराईएको थियोे ।  सोमबार मध्यरातमा पुनर्वास नगरपालिकाका प्रमुख तोयप्रसाद शर्मा र पुनर्वास ५ का वडाध्यक्ष पदम रोकाया बाढि प्रभावित क्षेत्रमा पुगेका थिए । बाढी प्रभावित क्षेत्रमा सम्भावित जोखिम न्यूनीकरणका लागि उक्त क्षेत्रको बासिन्दालाई सचेत गराईएको थियोे । त्यसैगरी मंगलबार सुदुरपश्चिम प्रदेस सभा सदस्य माननिय वीरबहादुर थापाले बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका थिए । अवलोकनका क्रममा सञ्चारकर्मीहरुसंग बोल्दै माननीय थापाले  यस समस्याको दीर्घकालीन समाधानका लागि आफुले प्रयास गरिरहेको बताए ।

पुनर्वासमा लक्षित समुदायको समस्या समाधान गर्न सरोकारवालासंग अन्तरक्रिया

Image
-लालबहादुर एस.के. कञ्चनपुर /२२ साउन ।  पुनर्वासमा लक्षित समुदायका व्यक्तिहरुको समस्या समाधान गर्न सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मंगलबार बहुदेश्यीय विकास समाज डडेल्धुराको सहयोग र समन्वयमा पुनर्वास नगरपालिकाको न्यायिक समितिको आयोजना सो अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।  पुनर्वास नगरपालिकाकी नगर उपप्रमुख तथा न्यायीक समिति संयोजक भुलिया कुमारी रानाको अध्यक्षतामा भएको सो अन्तरक्रिया कार्यक्रममा प्रमुख अथिति  पुनर्वास नगरपालिकाका प्रमुख तोयप्रसाद शर्मा रहेका थिए । कार्यक्रममा विशिष्ट अतिथिका रुपमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी, अतिथिका रुपमा ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रमुख नरेशराज मल्ल र बहुउद्देश्यीय विकास समाज डडेल्धुराका  कार्यक्रम संयोजक धन बहादुर भण्डारी तथा पुनर्वास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशसिंह ऐरी लगायतका व्यक्तिहरुको उपस्थिति थियोे । सो अन्तरकृया कार्यक्रममा लक्षित समुदायका नागरिकहरुको नागरिकता,जन्मदर्ता,विवाहदर्ता, तथा न्यायिक समिति समक्ष परेका उजुरी र प्रशासनसंग विभिन्न समस्या

शिक्षा विधेयकमा के छ नयाँ कुरा ?

Image
२०२८ सालको शिक्षा ऐन विस्थापन गर्ने संघीय शिक्षा ऐन २०७४ असोज ३ भित्रै ल्याइसक्नुपर्नेमा सरकारले तत्परता नदेखाउँदा ढिला काठमाडौँ — सरकारले बहुप्रतीक्षित संघीय शिक्षा विधेयक संसद्मा पेस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले मंगलबार विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसद्मा पठाउन स्वीकृति दिने निर्णय गरेको हो ।  प्रधानमन्त्री नियुक्त भएपछि शिक्षा मन्त्रालयसमेत सम्हालेका पुष्पकमल दाहालले विधेयक सहमतिका लागि अर्थ र कानुन मन्त्रालय पठाएका थिए । गत चैतमा अशोक राई शिक्षामन्त्री नियुक्त भएपछि कानुन मन्त्रालयबाट विधेयकले सैद्धान्तिक सहमति प्राप्त गरेको थियो । अर्थ र कानुन मन्त्रालयबाट सहमति प्राप्त भएपछि गत साता मन्त्रिपरिषद्को विधेयक समितिले त्यसलाई पारित गरेको थियो । ५२ वर्षअघि जारी भएको शिक्षा ऐनलाई विस्थापित गर्ने गरी संघीय संरचनाअनुसारको शिक्षा विधेयक अघि बढाउने निर्णय मन्त्रिपरिषद्बाट भएको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । उक्त विधेयकले विद्यालय शिक्षालाई मात्रै समेटेको शिक्षा मन्त्रालयले जना

संघीय शिक्षा विधेयक संसदमा पेस गर्ने सरकारको निर्णय

Image
काठमाडौं / सरकारले संघीय शिक्षा विधेयक संसदमा प्रस्तुत गर्ने निर्णय गरेको छ। विधेयक समितिबाट आएको उक्त विधेयक संसदमा पेस गर्न मन्त्रिपरिषद् बैठकले स्वीकृति प्रदान गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन्।  त्यस्तै सरकारले विश्व वातावरण सुविधाबाट प्राप्त २० करोड २२ लाख अनुदान स्वीकृति गर्ने निर्णय गरेको छ।  मन्त्री शर्माका अनुसार बैठकमा समसमायिक विषयबस्तुमा पनि छलफल भएको थियो। सरकारले लम्की स्किनका पीडित किसानलाई राहत दिनेबारे छलफल भएको उनले बताए। त्यसका लागि कृषि मन्त्रालयले तयारी गरिरहेको र मन्त्रालयबाट प्रस्ताव आइसकेपछि राहत वितरणलगायत विषयमा निर्णय गरिने उनले बताए।   

नेपाली सेनाद्वारा पुनर्वास र लालझाडीको सम्भावित बाढी ग्रस्त क्षेत्रको स्थलगत अनुगमन

Image
कञ्चनपुर /१६ श्रावण । नेपाली सेनाको टोलीले कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिकामा सम्भावित बाढी ग्रस्त क्षेत्रको स्थलगत अनुगमन गरेको छ । मंगलबार पुनर्वास नगरपालिका–५ सिमरी र रातोतालका बस्तीहरूको सुदुरपश्चिम प्रदेश सभा सदस्य वीर बहादुर थापा, पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माको उपस्थितिमा भएको थियो भने लालझाडी गाउँपालिका वडा नम्बर ३ को बल्मी ,नन्द गाउँ ,डुङ्गा र पर्सियाको किनारा तर्फ लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना ,गाउँपालिका उपाध्यक्ष सपना चौधरी  सहित सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी विजय थापा ,पृतना हेडक्वाटर वाहिनीपति सहायक रथी सुरथ रावल श्री नम्बर २५ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी मनोज थापाको टोलीले स्थलगत अनुगमन गरेको हो । बाढी र डुबानका जोखिम क्षेत्रको निरीक्षण गर्दै बाढीका बेलामा नेपाली सेनाको उद्धार टिम पुनर्वास,बेलौरी र लालझाडीका लागि ढक्कामा राखिएको र सहयोगका लागि नेपाली सेना प्रतिबद्ध रहेको सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी विजय थापाले जानकारी दिनुभयो ।  

खाना पकाउने ग्यासको मूल्य घटने

Image
काठमाडौँ /खाना पकाउने ग्यासको मूल्य घटने भएको छ ।   भारतीय आयल कर्पोरेसन (आईओसी)ले अगस्ट १ तारिखमा नेपाल आयल निगमलाई पठाएको मूल्यसूची अनुसार खाना पकाउने ग्यासको मूल्य  एक सय रुपैयाँ घटने भएको छ ।  तर पेट्रोल,डिजल र मट्टीतेलको भाउ भने बढेर आएको छ । पेट्रोल प्रतिलिटर करिब सवा ८ रुपैयाँ, डिजेल ६ रुपैयाँ ६१ पैसाले बढेर आएको नेपाल आयल निगमले जनाएको छ। यस्तै मट्टितेल साढे ७ रुपैयाँ र हवाई इन्धनमा ८ रुपैयाँले बढेको छ।  नेपालमा साउन १ गतेदेखि स्वचालित मूल्य प्रणाली लागू भइसकेको छ। यस आधारमा भारतबाट बढेर आएको मूल्य यहाँ पनि बढ्ने र घटेर आएको मूल्य घट्ने निगमले जनाएको छ। आईओसीले हरेक १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउँछ।