पुनर्वासमा लक्षित समुदायको समस्या समाधान गर्न सरोकारवालासंग अन्तरक्रिया
-लालबहादुर एस.के.
कञ्चनपुर/२२ साउन ।
पुनर्वासमा लक्षित समुदायका व्यक्तिहरुको समस्या समाधान गर्न सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
मंगलबार बहुदेश्यीय विकास समाज डडेल्धुराको सहयोग र समन्वयमा पुनर्वास नगरपालिकाको न्यायिक समितिको आयोजना सो अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
पुनर्वास नगरपालिकाकी नगर उपप्रमुख तथा न्यायीक समिति संयोजक भुलिया कुमारी रानाको अध्यक्षतामा भएको सो अन्तरक्रिया कार्यक्रममा प्रमुख अथिति पुनर्वास नगरपालिकाका प्रमुख तोयप्रसाद शर्मा रहेका थिए । कार्यक्रममा विशिष्ट अतिथिका रुपमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी, अतिथिका रुपमा ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रमुख नरेशराज मल्ल र
बहुउद्देश्यीय विकास समाज डडेल्धुराका कार्यक्रम संयोजक धन बहादुर भण्डारी तथा पुनर्वास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशसिंह ऐरी लगायतका व्यक्तिहरुको उपस्थिति थियोे ।
सो अन्तरकृया कार्यक्रममा लक्षित समुदायका नागरिकहरुको नागरिकता,जन्मदर्ता,विवाहदर्ता, तथा न्यायिक समिति समक्ष परेका उजुरी र प्रशासनसंग विभिन्न समस्या राखेका थिए । अन्तरक्रियामा बोल्दै पुनर्वास नगरपालिकाका उपप्रमुखले भुलिया कुमारी रानाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने विपन्न जनताहरुको पहुँच सरकारी सेवामा पुर्याउने उद्देश्यले सो कार्यक्रम गरिएको स्पष्ट पारे ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले लामोसमय देखि नेपालमा बसीरहेका विदेशी र नेपालीसंग विवाह गरेर नेपालमा बसेका विदेशी तथा उनीहरूबाट जन्मेका सन्तानहरुको हकमा कानूनमा तोके बमोजिम हुने बताए ।
नगरप्रमुख तोयप्रसाद शर्माले पञ्जिकरण र नागरिकता सम्बन्धि केही समस्या आए आफूहरूले समन्वय गरेर समाधान गर्न तयार रहेको जिकिर गरे ।
कार्यक्रम पुनर्वास नगरपालिकाका शिक्षा शाखा प्रमुख शिवराज भट्टको स्वागत मन्तव्यबाट सुरु भएको थियोे ।
Comments
Post a Comment