बेलौरीका नगरप्रमुख पोतिलाल चौधरीलाई पितृशोक, करेन्ट लागेर निधन



कञ्चनपुर/१३ भदौ ।
बेलौरी नगरपालिकाका नगरप्रमुख   पोतिलाल चौधरीलाई पितृशोक परेको छ । नगरप्रमुख चौधरीका बुवा ७२ वर्षीय जनकलाल चौधरीको विद्युतीय करेन्ट लागेर मृत्यु भएको हो । मंगलबार साँझ नुहाउने क्रममा पानीको मोटरबाट करेन्ट लागेर बेहोस भएका चौधरीको धनगढी स्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचारका क्रममा गएराति निधन  भएको पारिवारिक श्रोतलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।


 

Comments

Popular posts from this blog

दुर्गा प्रसाईं पक्राउ

आजदेखि सोह्रश्राद्ध, पक्षभरि पितृको सम्झना गरिँदै

छोराको मायाले जन्माएको हिरायान