पुनर्वासको ६५ बिगाहमा धनगढीको पेट्रोलियम भण्डारण केन्द्र सर्ने

कञ्चनपुर/ पुनर्वासको ६५ बिगाहमा धनगढीको पेट्रोलियम भण्डारण केन्द्र सर्ने भएको छ ।
धनगढीमा भण्डारण क्षमता बढाउन जग्गा कम भएको र घना बस्तीबीच रहेको भन्दै कञ्चनपुरको पुनर्वास नगरपालिकामा भण्डारण केन्द्र बनाउने बारे प्रक्रिया थालिएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बताएका छन् ।
 प्रवक्ता ठाकुरका अनुसार पनुर्वासको आइबीआरडीस्थित नेपाल आवास कम्पनीको जग्गा प्राप्तिका लागि प्रक्रिया थालिएको हो ।

‘पत्राचारमार्फत् जग्गा प्राप्तिको लागि सम्वाद भइरहेको छ’ ठाकुरले भने, ‘ठोस निर्णय भइसकेको छैन तर हामी आशावादी छौं ।’

अहिले धनगढीमा ९ सय किलोलिटर पेट्रोल र १५ सय किलोलिटर डिजेलको मात्रै भण्डारण क्षमता रहेको छ । जग्गाको अभावमा त्यहाँ थप ट्यांकी निर्माण गर्न नसकिने हुँदा भण्डारण केन्द्र सार्न खोजिएको ठाकुरको भनाई छ ।

सुदूरपश्चिममा बढिरहेको पेट्रोलियम पदार्थको मागका कारण पनि भण्डारण क्षमता बढाउनुपर्ने उनको भनाई छ ।

पुनर्वासमा जग्गा प्राप्ति भएपछि मात्रै नयाँ भण्डारण केन्द्रको डिजाइन हुने र कति क्षमताको बनाउन सकिन्छ भन्ने प्रष्ट हुने ठाकुरले बताए ।

Comments

Popular posts from this blog

पुुनर्वासमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेको परिचय खुल्यो

कञ्चनपुरमा थ्रेसरमा च्यापिएर एक महिलाको मृत्यु

पुनर्वासका कुल ब्वाय फिल्म खेल्दै