पुनर्वासमा मामाघर जान्छु भन्दै हिडेकी महिला मृत अवस्थामा फेला


कञ्चनपुर, ३० साउन 
 पुनर्वासमा मामाघर जान्छु भन्दै हिडेकी महिला मृत अवस्थामा फेला परेकी छिन । मृत्यु हुनेमा सोही स्थानमा बस्ने अन्दाजी २६ वर्षीया लक्ष्मी घर्ती  रहेको प्रहरीले जनाएको छ । पुनर्वास ३ स्थित जनकल्याण मा.वि. स्कुल नजिकै रोडमा आज एकाविहानै उनको   शव फेला परेको हो ।
हिजो बेलुका ८.०० बजेतिर मृतक घर्ती पुनर्वास ५ स्थित भानु बस्तीमा पर्ने आफ्नो मामाघर जान्छु भनेर घरबाट निस्किएको पारिवारिक श्रोतबाट बुझिएको छ। मृतक धर्ति विगत केहि वर्ष देखि ५ वर्षीय छोराका साथ  माईतीघर बस्दै आएकी थिईन ।
ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीबाट प्रहरी निरिक्षकको कमाण्डमा पुगेको प्रहरीको टोली घटनास्थलमा पुगी अनुसन्धान कार्यलाई अगाडी बढाएको छ । हाल अनुसन्धानको क्रममा रहेकाले घटना कसरी भयो भन्ने बारेमा अहिले केही भन्न नसकिने  ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका ईन्चार्ज प्रहरी निरीक्षक नरेशराज मल्लले बताए। अहिले शवको मुचुल्का गरी पोष्टमार्टमका लागि कैलालीस्थित सेती प्रादेशिक अस्पतालमा पठाइएको छ ।  पोष्टमार्टमको रिपोर्ट र घटनाबारे मुचुल्का हेरी अनुसन्धान प्रक्रिया अगाडि बढाईने ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका ईञ्चार्ज प्रहरी निरीक्षक मल्लले जानकारी दिए।

Comments