माओवादीले विशेष रूपान्तर अभियान कार्यक्रम लिएर जनताको माझमा जाने माओवादी नेतृ बिना मगरको भनाई
कञ्चनपुर/नेकपा माओवादी पोलिटब्युरो सदस्य तथा पुर्व खानेपानी मन्त्री बिना मगरले अबको तीन महिना जनताको माझमा रहने बताएकि छिन ।
पुनर्वास ६ स्थीत सम्राट होटलमा आयोजित चियापान एवम पार्टीको अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै नेतृ मगरले सो कुरा बताएकि हुन ।
निर्वाचन यता जनतासंग नेता कार्यकर्ता बिच दुरी बढेको बिषयलाई महसुस गरि पार्टीको केन्द्रीय नीति अनुसार केन्द्रदेखि प्रदेश हुँदै नगर वडा कमिटीलाई गरिएको निर्देशन अनुसार आगामी तीन महिना जनतासंग माओवादी विशेष रूपान्तर अभियान कार्यक्रम लियर जनताको माझमा जाने उनलेे बताईन ।
आगामी तीन महिना प्रत्यक्ष जनताकै माझमा रहि जनताका हरेक सुखदुःख मा सहभागी हुँदै पार्टी सुदृढीकरण तर्फ लाग्ने योजना रहेको उनले बताईन ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश सामाजिक विकासमन्त्री झपट बहादुर साउँदले जनता संग माओवादी विशेष रूपान्तर कार्यक्रम को भाव र यसको अर्थ बुझ्दै यसको गम्भिरताका साथ पार्टी अघि बढने बताए ।
नेपालमा नेकपा माओवादीको दस वर्षे जनयुद्धको प्रभावलेनै देशमा क्रान्ति आउन सफल भएको कुरामा जोड दिंदै पछिल्लो समय माओवादी पार्टीका कार्यकर्ता र जनता बिच दुरी बढ्दै गएपछि पार्टी कमजोर हुँदै गएको कुरालाई नकार्न नहुने उनले जोड दिए । उनले भोलिदेखीनै पार्टी कार्यकर्तालाई पार्टीले खटाएको क्षेत्रमा सशक भुमिका निर्वाह गर्न निर्देशन समेत दिए ।
नेकपा माओवादी पुनर्वास नगर कमिटी सचिव सुर्य बिकले सञ्चालन गरेको सो कार्यक्रममा सभापतिका रुपमा नगर कमिटी अध्यक्ष धोखे राना रहेका थिए ।
Comments
Post a Comment