पेट्रोलियम पदार्थको मूल्य बढ्यो,एलपी ग्याँसमा २३५ रुपैयाँ वृद्धि


काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त भएको नयाँ मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य बढाइएको नेपाल आयल निगमका प्रवक्ताले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
नयाँ मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ । नयाँ मूल्यअनुसार अब पेट्रोलको पहिलो वर्गको प्रतिलिटर १७९.५०, दोस्रो वर्गको १८१ र तेस्रो वर्गको १८२ रुपैयाँ पुगेको छ । त्यसैगरी डिजेल/मट्टितेलको प्रतिलिटर पहिलो वर्गको १६७.५०, दोस्रो वर्गको १६९ र तेस्रो वर्गको १७० रुपैयाँ पुगेको निगमले जनाएको छ ।
त्यस्तै, एलपी ग्यासको पनि प्रतिसिलिण्डर १, ६६० रुपैयाँबाट बढेर १, ८९५ रुपैयाँ पुगेको छ ।



 

Comments

Popular posts from this blog

पुनर्वास मेयर माथि अभद्र व्यवहार गर्ने दोषीलाई कानूनी कार्वाही गरिने

पेट्रोलियम पदार्थको मूल्य घट्यो

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुस नतिजा