दोदा नदिमा पानीको बहाव बढेसंगै हुलाकी राजमार्ग प्रयोग गर्न सकस


कञ्चनपुर, २३ साउन ।
पुनर्वासमा दोदा नदिमा पानीको बहाव बढेसंगै हुलाकी राजमार्ग प्रयोग गर्न सकस भएको छ । कञ्चनपुरको दक्षिणी क्षेत्रका जनताहरुलाई प्रदेश राजधानी धनगढी पुग्न निकै कठिनाइ भएको छ । गत राति देखि नै पानीको सतह बढन थालेपछि आपतकालीन साइरन बजाएर तटिय क्षेत्र वरपरका बासिन्दाहरुलाई सचेत गराईएको थियोे । 
सोमबार मध्यरातमा पुनर्वास नगरपालिकाका प्रमुख तोयप्रसाद शर्मा र पुनर्वास ५ का वडाध्यक्ष पदम रोकाया बाढि प्रभावित क्षेत्रमा पुगेका थिए । बाढी प्रभावित क्षेत्रमा सम्भावित जोखिम न्यूनीकरणका लागि उक्त क्षेत्रको बासिन्दालाई सचेत गराईएको थियोे । त्यसैगरी मंगलबार सुदुरपश्चिम प्रदेस सभा सदस्य माननिय वीरबहादुर थापाले बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका थिए । अवलोकनका क्रममा सञ्चारकर्मीहरुसंग बोल्दै माननीय थापाले  यस समस्याको दीर्घकालीन समाधानका लागि आफुले प्रयास गरिरहेको बताए ।

Comments

Popular posts from this blog

पुुनर्वासमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेको परिचय खुल्यो

कञ्चनपुरमा थ्रेसरमा च्यापिएर एक महिलाको मृत्यु

पुनर्वासका कुल ब्वाय फिल्म खेल्दै