नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद पुनर्वासको तेस्रो नगर अधिवेशन सम्पन्न

कञ्चनपुर, ७ भदौ ।
नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद पुनर्वासको तेस्रो नगर अधिवेशन सम्पन्न भएको छ ।
भेलाले प्रविण जर्घामगरको अध्यक्षतामा १५ सदस्यीय नयाँ समिति चयन गरेको छ । सर्वसम्मत रूपमा चयन गरिएको समितिको तीनजना उपाध्यक्षमा एककुमार श्रेष्ठ , रूकमाया भुजेल , पुर्णा कुमारी गुरूङ रहेका छन भने सचिवमा बनवारी राना, कोषाध्यक्षमा चमेली तामाङ , सहसचिवमा नरेन्द्र गुरूङ र सविता माझी चयन भएका छन। सदस्यहरूमा रामकुमार चौधरी , शमशेर भुजेल, मनमाया मगर, मानसिंह तामाङ, दुर्गा चौधरी, श्रवण राना र तिलकुमार श्रेष्ठ चयन भएका छन ।
नेपाल आदिवासी जनजाती महासंघ
नगर समन्वय परिषद् पुनर्वास  कञ्चनपुरले आयोजना गरेको कार्यक्रमको  सभापतिमा धोके राना, प्रमुख अतिथिमा कञ्चनपुर क्षेत्र नम्बर १ प्रतिनिधिसभा सांसद तारालामा तामाङ, विशिष्ट अतिथिमा पुनर्वास नगरपालिकाका  उपप्रमुख भुलिया कुमारी राना ,आदिवासी जनजाति महासंघ केन्द्रीय उपाध्यक्ष  देव बहादुर घर्ती , केन्द्रीय सदस्य नेत्र तामाङ रहेका थिए भने अतिथि हरूमा पुनर्वास नगरपालिका वडा नम्बर ६  वडा अध्यक्ष मित्रसिंह लामा, नेफिनका प्रदेश सल्लाहकार तथा अधिवक्ता नेत्र बहादुर तामाङ, नेफिनका प्रदेश अध्यक्ष दिलिप तामाङ, नेफिनका प्रदेश सदस्य मीन बहादुर गुरुङ,पुर्व वडाध्यक्ष मनबहादुर गुरूङ ,नेपाली काङ्ग्रेस यमप्रसाद पौडेल , नेकपा एमालेका प्रतिनिधि राजकुमार रायमाझी, नेकपा माओवादीका पुनर्वास ईञ्चार्ज कञ्चन गिरी , नेपाल  तामाङ घेदुङका कञ्चनपुर जिल्लाअध्यक्ष भीम स्याङ्दन  लगायत अतिथिहरू रहेका थिए । 
कार्यक्रममा बोल्ने वक्ताहरूले आदिवासी जनजाति महासंघको तेस्रो नगर अधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।  

Comments

Popular posts from this blog

पुुनर्वासमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेको परिचय खुल्यो

कञ्चनपुरमा थ्रेसरमा च्यापिएर एक महिलाको मृत्यु

पुनर्वासका कुल ब्वाय फिल्म खेल्दै