संघीय शिक्षा विधेयक संसदमा पेस गर्ने सरकारको निर्णय


काठमाडौं/ सरकारले संघीय शिक्षा विधेयक संसदमा प्रस्तुत गर्ने निर्णय गरेको छ। विधेयक समितिबाट आएको उक्त विधेयक संसदमा पेस गर्न मन्त्रिपरिषद् बैठकले स्वीकृति प्रदान गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन्।
 त्यस्तै सरकारले विश्व वातावरण सुविधाबाट प्राप्त २० करोड २२ लाख अनुदान स्वीकृति गर्ने निर्णय गरेको छ। 
मन्त्री शर्माका अनुसार बैठकमा समसमायिक विषयबस्तुमा पनि छलफल भएको थियो। सरकारले लम्की स्किनका पीडित किसानलाई राहत दिनेबारे छलफल भएको उनले बताए। त्यसका लागि कृषि मन्त्रालयले तयारी गरिरहेको र मन्त्रालयबाट प्रस्ताव आइसकेपछि राहत वितरणलगायत विषयमा निर्णय गरिने उनले बताए। 
 

Comments

Popular posts from this blog

पुनर्वास मेयर माथि अभद्र व्यवहार गर्ने दोषीलाई कानूनी कार्वाही गरिने

पेट्रोलियम पदार्थको मूल्य घट्यो

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुस नतिजा