पुनर्वासकि उपमेयर भुलियाकुमारी रानाद्वारा बजार अनुगमन

 कञ्चनपुर/ पुनर्वास नगरपालिका उपप्रमुख तथा उपभोक्ता हित संरक्षण समिति संयोजक
 भुलिया कुमारी रानाले  टाउन बजारमा अनुगमन  गर्नुभएको छ । सोमबार पुनर्वास नगरपालिका ६ स्थित टाउन बजारमा करिब दुई दर्जन बढी किराना पसलमा रहेका बिस्कुट, नमकिन , चाउचाउ , भुजा, जुस लगायतका खाद्यवस्तु चेकजाँच गर्नुभएको थियोे ।
 त्यसैगरी एक दर्जन होटलमा तयारी खाजा, अण्डा, पेय पदार्थको समेत  चेकजाँच गरिएको थियो  ।
अनुगमन टोलीमा स्वास्थ्य शाखा प्रमुख राम धामि, कृषि सेवा प्रमुख कर्ण बहादुर शाही , पुनर्वास उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार रायमाझी, खाद्य सञ्जाल पुनर्वास अध्यक्ष कञ्चन गिरी , पुनर्वास नगरपालिका फोकल पर्सन ओमनाथ ढकाल , कार्यपालिका सदस्य कलावति वड , पत्रकार धनबहादुर बिक, जनपथ प्रहरी, सशस्त्र प्रहरी लगायतको उपस्थिति रहेको थियो ।
अनुगमन पश्चात् पत्रकारहरुसंग कुरा गर्दै उपमेयर  रानाले सर्वसाधारण जनताको स्वास्थ्यलाई मध्यनजर गरि अनुगमनलाई निरन्तरता दिईने बताउनुभयो ।

Comments

Popular posts from this blog

पुनर्वास मेयर माथि अभद्र व्यवहार गर्ने दोषीलाई कानूनी कार्वाही गरिने

पेट्रोलियम पदार्थको मूल्य घट्यो

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुस नतिजा