खाना पकाउने ग्यासको मूल्य घटने

काठमाडौँ/खाना पकाउने ग्यासको मूल्य घटने भएको छ । 
 भारतीय आयल कर्पोरेसन (आईओसी)ले अगस्ट १ तारिखमा नेपाल आयल निगमलाई पठाएको मूल्यसूची अनुसार खाना पकाउने ग्यासको मूल्य  एक सय रुपैयाँ घटने भएको छ । 
तर पेट्रोल,डिजल र मट्टीतेलको भाउ भने बढेर आएको छ । पेट्रोल प्रतिलिटर करिब सवा ८ रुपैयाँ, डिजेल ६ रुपैयाँ ६१ पैसाले बढेर आएको नेपाल आयल निगमले जनाएको छ।
यस्तै मट्टितेल साढे ७ रुपैयाँ र हवाई इन्धनमा ८ रुपैयाँले बढेको छ। 
नेपालमा साउन १ गतेदेखि स्वचालित मूल्य प्रणाली लागू भइसकेको छ। यस आधारमा भारतबाट बढेर आएको मूल्य यहाँ पनि बढ्ने र घटेर आएको मूल्य घट्ने निगमले जनाएको छ। आईओसीले हरेक १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउँछ।

Comments

Popular posts from this blog

पुुनर्वासमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेको परिचय खुल्यो

कञ्चनपुरमा थ्रेसरमा च्यापिएर एक महिलाको मृत्यु

पुनर्वासका कुल ब्वाय फिल्म खेल्दै