नेपाली सेनाद्वारा पुनर्वास र लालझाडीको सम्भावित बाढी ग्रस्त क्षेत्रको स्थलगत अनुगमन

कञ्चनपुर/१६ श्रावण । नेपाली सेनाको टोलीले कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिकामा सम्भावित बाढी ग्रस्त क्षेत्रको स्थलगत अनुगमन गरेको छ ।
मंगलबार पुनर्वास नगरपालिका–५ सिमरी र रातोतालका बस्तीहरूको सुदुरपश्चिम प्रदेश सभा सदस्य वीर बहादुर थापा, पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माको उपस्थितिमा भएको थियो भने लालझाडी गाउँपालिका वडा नम्बर ३ को बल्मी ,नन्द गाउँ ,डुङ्गा र पर्सियाको किनारा तर्फ लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना ,गाउँपालिका उपाध्यक्ष सपना चौधरी  सहित सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी विजय थापा ,पृतना हेडक्वाटर वाहिनीपति सहायक रथी सुरथ रावल श्री नम्बर २५ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी मनोज थापाको टोलीले स्थलगत अनुगमन गरेको हो ।
बाढी र डुबानका जोखिम क्षेत्रको निरीक्षण गर्दै बाढीका बेलामा नेपाली सेनाको उद्धार टिम पुनर्वास,बेलौरी र लालझाडीका लागि ढक्कामा राखिएको र सहयोगका लागि नेपाली सेना प्रतिबद्ध रहेको सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी विजय थापाले जानकारी दिनुभयो ।

 

Comments

Popular posts from this blog

पुुनर्वासमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेको परिचय खुल्यो

कञ्चनपुरमा थ्रेसरमा च्यापिएर एक महिलाको मृत्यु

पुनर्वासका कुल ब्वाय फिल्म खेल्दै