कञ्चनपुरमा सेफ्टिट्यांकीमा परि हात्तिको मृत्यु
कञ्चनपुर, ३२ साउन ।
कञ्चनपुरमा सेफ्टिट्यांकीमा परि हात्तिको मृत्यु भएको छ ।
शुक्लाफाँटा नगरपालिका ७ कालापानी स्थित वातावरण सामुदायिक वनमा जगली हात्ती मृत फेला परेको हो । वातावरण सामुदायिक वनका अध्यक्ष लोकेन्द्र जोशीले गएराती जंगलबाट आएको हात्ती शौचालयको सेप्टीट्याङकीमा अडकिएर मरेको बताए ।
अध्यक्ष जोशीले उक्त क्षेत्रमा जंगली हात्तीको गतिविधी बढिरहेका बेला उक्त हाती सामुदायिक वनमा पस्ने क्रममा सेप्टीट्यांकीमा फसेपछि मृत्यु भएको बताए ।
Comments
Post a Comment