Posts

Showing posts from September, 2017

दसैंको टीकाको दोस्रो दिन आज पनि टीका लगाइदै

Image
असोज १५,काठमाडौः नेपाली हिन्दु धर्मालम्बीहरुको महान् चाड बडादसैं अन्तर्गत आज एघारौं दिन अर्थात् एकादशी। आज पनि बिहानैदेखि मान्यजन तथा ठूलाबडाबाट टीका तथा जमरा लगाई दसैं धुमधामका साथ मनाइँदैछ। विजयादशमीका दिन टीकाको शुभसाइतमा तथा त्यस दिन टीका लगाउन छुटेका वा टाढाटाढा भएकाहरुले आज टीका लगाउँदैछन  विजयादशमीका दिनदेखि सुरु भएको टीका तथा जमरा ग्रहण गर्ने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ। देशका केही भागमा भने टीकाको दिनमात्र टीका लगाउने चलन पनि छ।  असत्यमाथि सत्य र आसुरी शाक्तिमाथि दैवीशक्तिको विजयका रुपमा दसैं मनाइँदै आएको छ। घटस्थापनादेखि नौ दिनसम्म घरमा दुर्गाभवानीको पुजाआराधाना गरी राखिएको जमरा सहितको टीका वियजादशमीदेखि लगाउने परम्परागत चलन हो। आज बिहानैदेखि टीका लगाउन आफन्तकहाँ जानेहरुका कारण राजधानीमा गाडीको चहपहल केही बढेको छ। टीकाको दिन राजधानीका सडक प्राय: सुनसान थियो।

प्रेमीको आमाबाबुलाई अपशब्द प्रयोग गर्दाको परिणाम

Image
असोज १५,२०७४, आइतबारमा प्रकशित ।। आमाले आफूलाई नुहाउन पठाएको रिसमा एक छोराले बञ्चरोले हानेर आमाको नै हत्या गरेका छन् । उनले आमाको शवलाई कपडामा पोको पारेर इनारमा फालिदिएका छन् । दिउँसो घरमा बसिरहेका छोरालाई आमाले नुहाउन पठाइन् तर छोराले मानेन् । आमाले जिद्दी गर्दै गाली गर्न थालेपछि रिसको झोंकमा छोराले आमालाई बञ्चरोले प्रहार गरे । प्रहारबाट आमाको घटनास्थलमै मृत्यु भएको बताइएको छ । बुधबार दिउँसो भारतको राजस्थानको मुरलीपुरा गाउँमा घटना भएको हो । सूचना पाएपछि प्रहरीले शवलाई पोष्टमार्टमको लागि पठाएको छ र छोरालाई गिरफ्तार गरेको छ । बादामी नामकी ६५ वर्षीया महिलाले आफ्ना छोरा लाखन यादवलाई नुहाउन पठाएकी थिइन् । नमानेपछि उनले गाली गरेकोमा लाखनले बञ्चरोले हिर्काएका हुन् । बादामीको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थलमा त्यही बेला एक महिला पुगेकी थिइन् तर लाखनले उनलाई पनि तर्साएर भगाइदिएका छन् । त्यसपछि उनले आमाको लाशलाई तन्नामा पोको पारेर गाउँकै सुख्खा इनारमा फलिदिएका छन् । यस बारेमा हत्या गर्ने लाखनका दाजुले प्रहरीलाई सूचना दिएका थिए । प्रहरीले शवलाई इनारबाट निकालेर अस्पताल पठाएको थि

विजयादशमीको मध्यरात भक्तपुरमा यसरी दौडाइयो सेतो घोडा.......

Image
असोज १५, भक्तपुर ।।  विजयादशमीको मध्यरातमा भक्तपुरमा सेतो घोडाजात्रा मनाइएको छ। सेतो घोडा तलेजु भवानीको वाहनका रूपमा पुजिन्छ।  विजयादशमीको राति तलेजु भवानीलाई तलेजुका चार मुल नाइके, आचाजु, जोशी, राजोपाध्यायले तान्त्रिक विधिअनुरुप कालरात्रि पूजा, टिका साइत पूजा गरी विर्सजन गरेपछि सतो घोडाजात्रा गर्ने परम्परा छ। सुरुमा भेडा बलि चढाई सेतो घोडालाई नगरमा डुलाउने चलन रहेको तलेजुका पुजारी नरेन्द्र जोशीले बताए। तलेजुको मूलचोकवाट सेतो घोडालाई बाहिर ल्याइसकेपछि भक्तपुर नगरको तल्लो दरबार क्षेत्रबाट भार्वाचो, वंशगोपाल, भुजीकोखा, नारायणचोक र माथिल्लो दरबार क्षेत्रबाट दत्तात्रय टौमढी हुँदै नारायणचोकसम्म घुमाई जात्रा सम्पन्न गरिन्छ। जात्राको क्रममा दरवार क्षेत्रस्थित पशुपतिनाथलाई घोडानाच देखाउन तीनपटक दौडाउने चलन छ।

पहिरोले सिदार्थ राजमार्ग सडकखण्ड अवरुद्ध.......

Image
असोज १५, बुटवल  ।।  अविरल वर्षाका कारण खसेको पहिराले गर्दा सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल पाल्पाखण्ड अवरुद्ध भएको छ।  राजमार्गको पाल्पा सिद्धबाबा मन्दिर नजिकै गए राति पहाड माथिबाट खसेको ढुङ्गा सहितको पहिराले गर्दा करिब ११:३० बजेदेखि सडक आवागमन अवरुद्ध भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ। सडक अवरुद्ध हुँदा आवतजावत गर्ने सयौँ सवारीसाधन राजमार्गको दुवैतर्फ रोकिएका छन् भने दसैंको टीका लगाउन हिँडेका सर्वसाधारण अलपत्र परेका छन्।  अवरुद्ध राजमार्ग खुलाउन बुटवल तथा पाल्पाबाट दुईतर्फ डोजरले काम गरिरहेको भए पनि पहिरो निकै ठूलो भएकाले अझै केही समय लाग्ने प्रहरीले जनाएको छ। केही दिन पहिले पनि सोही नजिकै माथिबाट खसेको ढुङ्गा पहिराले एउटा ट्रक र कारलाई च्याप्दा तीन जनाको ज्यान गएको थियो।

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसले नाम पठायो

Image
बैतडी, १३ असोज:   आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली काँग्रेस बैतडीले आकांक्षी उम्मेदवारको नामावली केन्द्रमा पठाएको छ ।  क्षेत्रीय कार्यसमिति र जिल्ला कार्यसमितिले उम्मेदवारको टुंगो लगाउन नसकेपछि आकांक्षीहरुको नामावली केन्द्रीय समितिमा पठाइएको नेपाली काँग्रेस बैतडीका महासमिति सदस्य तथा प्रतिनिधिसभाका लागि उम्मेदवारका आकांक्षी चतुरबहादुर चन्दले जानकारी दिनुभयो ।  प्रदेशसभाका लागि दुई र प्रतिनिधिसभाका लागि एक क्षेत्र रहेको बैतडीमा तीनजना उम्मेदवार हुने भएपनि काँग्रेसमा २८ जना आकांक्षी देखिएपछि जिल्लामा टुंगो लगाउन नसक्दा केन्द्रमा पठाइएको हो ।  प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ बैतडीमा एक पदका लागि पाँचजना उम्मेदवारका आकांक्षी देखिएका छन् । आकांक्षी उम्मेदवारहरुमा चतुरबहादुर चन्द, नरबहादुर चन्द, उत्तरबहादुर ऐर, विनयध्वज चन्द र दिनेशप्रसाद भट्ट रहेका छन् ।  प्रतिनिधिसभा समानुपातिक खुल्लामा नरेन्द्रबहादुर बम, प्रतापसिंह ठगुन्ना, रमेशदत्त पाण्डेय र राजबहादुर चन्द रहेका छन् ।  प्रतिनिधिसभा समानुपातिक समावेशीमा माया बोहरा, जानकी भट्ट, विष्ना जोशी र

जव लास भनिएको शरिर घाटबाट अस्पतालमा फर्काइयो

Image
फाइल तस्बिर ;- असोज १३ चितवन -  बिहीबार दिउसो भरतपुर अस्पतलाबाट देवघाटमा लास बोकेर गएका मलामी लाससँगै फर्किए। अस्पतालले मृत घोषणा गरेपछि नवलपरासी हुर्सीकोटकी ६१ वर्षकी नरकुमारी कार्कीलाई अस्पतालले मृत घोषणा गरेपछि सतगतको लागि देवघाटमा पुर्‍याएर जलमा केहीभाग लास डुवाउनु पर्ने संसकार अनुसार कम्मर भन्दा तलको भाग पानीमा डुवाए। यसै क्रममा एक मलामीले नाडी चलेको छ भने। सबैलाई त्यस्तै संका लाग्यो र तत्काल एम्वुलेन्समा हालेर तिनै मलामीले भरतपुर अस्पतालमा ल्याए।मरेको भनिएको व्यक्ति फेरी फर्काईएपछि आश्‍चार्य हुनु स्वभाविकै हो। अस्पतालले बरिष्ठ चिकित्सकहरु जम्मा पारेर फेरी परिक्षण गर्यो। भेन्टिलेटरमा राखेर ईसिजी गरी आवश्यक परिक्षण गर्दा व्यक्ति मृत भएको पुन: पुष्टि भएको अस्पतालले जनाएको छ। ‘कहिलेकाही चिकित्सकको पनि कमजोरी हुनसक्छ भनेर सिनियर चिकित्सक लगाएर परिक्षण गर्यौ, तर चिकित्सकको कुनै कमजोरी देखिएन’ भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मसासैनीले बताए। चितवनका प्रहरी नायव उपरिक्षक शिव शर्मा आचार्यका अनुसार राती सुतिरहेका बेला नवलपरासी हुर्सीकोटकी ६१ वर्षकी नरकुमारी कार्कीलाई

नेपाले सुरु गर्यो स्कुले विद्यार्थीलाई सैन्य तालिम , बिश्वयुद्ध भए सत्रु देश लाई नछाड्ने…

Image
असोज १३,२०७४ ,शुक्रबार  ।।  अगाडि बढ्ला, दायाँ बायाँ फर्केला, गो अहेड, पिटी प्रदर्शन गर्ला’ विद्यार्थीलाई नेपाली सेनाका अधिकृतले आदेश दिँदै थिए। फिल्डमा सेनाको जस्तै ड्रेसमा विद्यार्थी एक सुरमा निर्देशन अनुसार आदेश पालनमा गरिरहे। देशका आम युवाहरुलाई अनिवार्य सैन्य तालिम दिनुपर्ने विषय बेलाबखत बहसमा आउँछ। तर धेरैलाई थाहा छैन, नेपाली सेनाले जिल्लाका दुई विद्यालयका ७२ जना विद्यार्थीहरुलाई सैन्य तालिम दिँदै आएको छ। भैपरि आउने संकटका समयमा राष्ट्रका निम्ति योगदान गर्न सक्ने कर्मठ, इमान्दार र देशभक्त जनशक्ति उत्पादनमा नेपाली सेनाले सैन्य तालिम सञ्चालन गरेको हो। राष्ट्रिय सेवा दलको तालिममा जिल्लाका विद्यार्थीहरुको आकर्षण बढेको छ। भैपरि आउने संकटका समयमा राष्ट्रका निम्ति योगदान गर्न सक्ने कर्मठ, इमान्दार र देशभक्त जनशक्ति उत्पादनमा नेपाली सेनाले सैन्य तालिम सञ्चालन गरेको हो। राष्ट्रिय सेवा दलको तालिममा जिल्लाका विद्यार्थीहरुको आकर्षण बढेको छ। नेपाली सेना तथा प्रहरीमा अध्ययन पश्चात् जागिरको सम्भावना देखेर विद्यार्थी आकर्षण सेवा दलमा पुगेको अभिभावकहरु बताउँछन्। एक सय दिनसम्म सञ्चालन हु

पाल्पामा जीप र मोटरसाइकल ठोक्किँदा एक को मृत्यु

Image
१३ असोज, पाल्पा ।। पाल्पाको रामपुरमा जीप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । बिहीबार साँझ करिब ७ बजे रामपुर नगरपालिका–४ इस्लामपुर नजिकै भएको दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार रामपुर–४ बडवान बस्ने अन्दाजी २५ वर्षीय सुरज सेनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । मोटरसाइकल चालक अन्दाजी १८ वर्षीय सुनिल थापा घाइते भएकामा रामपुर अस्पतालमा उपचार भइरहेको छ । पूर्वबाट पश्चिमतर्फ आइरहेको ग १ ज ५०५२ नंको जीप र विपरीत दिशाबाट जाँदै गरेको ग ८ प ८९८६ नंको मोटरसाइकल तीव्र गतिका कारण ठोकिएका थिए ।

प्रधानमन्त्री स्वदेश फिर्ता, विमानस्थलबाटै गरे चिकित्सकहरुलाई आन्दोलन फिर्ता लिन आग्रह

Image
असोज १३, २०७४ ,काठमाडौं ।।  प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिई बिहीबार स्वदेश फर्किएका छन्। संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा भएको महासभा सकिएपछि प्रधानमन्त्री देउवा ओमनको चारदिने औपचारिक भ्रमणमा निस्किएका थिए।  भ्रमण सकाएर उनी बिहीबार अबुधावी हुँदै स्वदेश फर्किएका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्रीद्वय विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठ, मन्त्रीगण, मुख्यसचिव, सुरक्षा निकायका प्रमुख र उच्च पदस्थकर्मचारीले स्वागत गरे। प्रधानमन्त्री देउवालाई नेपाली सेनाको एक टुकडीले सम्मान अर्पण गरेको थियो। स्वदेश फर्केपछि विमानस्थलको अति विशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले आफूले महासभालाई सम्बोधन गर्ने क्रममा नेपालको नयाँ संविधान, हालै सम्पन्न स्थानीय तहको निर्वाचन लगायतका विषयमा अन्तर्राष्ट्रिय समुदायलाई अवगत गराएको बताए।  नेपाल राष्ट्रसंघको उद्देश्यहरु परिपूर्तिमा प्रतिबद्ध रहेको र  विश्वमा आतंकवाद नियन्त्रण गर्न ऐक्यबद्ध रहेको विषयमा अन्तर्राष्ट्रिय समूदायलाई जानकारी गराएको उन

क्यान्सर मात्रै हाेइन, ब्लड प्रेसर र किड्नी समेत ठीक गर्छ जमराले… कसरी उमार्ने र कसरी पिउने? यस्तो छ विधि

Image
असोज १३,२०७४ ।।  न दशैँ न त तिहार, बाह्रै महिना गमलामा जमरा उम्रेकै हुन्छ । त्यो पनि घरका सम्पूर्ण कोठामा राखिएका सयौँ गमलामा । बिहान उठ्ने बित्तिकै गहुँ भिजाउनु, माटो तयार गर्नु, जमरा रोप्नु, उम्रीसकेका जमरामा पानी हाल्नु र तयार भईसकेका जमरा उखेलेर त्यसको रस निकाली बिरामीलाई खुवाउनु काठमाडौँ माकलबारीकी सीता भट्राईको दैनिकी हो । उनलाई बिहान उठेदेखि राती सुत्ने बेलासम्म जमराको स्याहार सुसार गर्दैमा भ्याई नभ्याई हुन्छ । हिन्दुहरुले बडा दशैँमा पवित्र मानेर शीरमा लगाउने जमराको सेवनले मुटु रोग, दम, क्यानसर र अन्य कैयौँ रोग निको हुन्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर जमराको रसको सेवनले हाड जोर्नी सम्बन्धी रोग, पाचन प्रणालीको समस्या, स्वास प्रस्वास सम्वन्धी रोग, मुत्र सम्वन्धी गडबडी, मुटु रोग तथा अन्य सबै खालका दीर्ध रोग निको हुने भन्दै सीता भट्राई बिगत १ वर्ष यता अनबरत रुपमा यसको खेती गरि यसलाई औषधीको रुपमा प्रयोग गर्दै आएकी छिन् । घरको वल्लो कुनादेखि पल्लो कुना सम्म र तलदेखि माथि सम्म जमराका गमलाले खचाखच भरिएको हुन्छ । अझ भनौं, उनको घर नै जमरामय बनेको छ । त्यसो त सीता भट्टराई

दैलेखमा बस दुर्घटना हुँदा ३६ यात्रु घाइते ,घाइते मध्ये ३ जनाको अवस्था गम्भीर

Image
असोज १२,दैलेख–  दशैंको यात्रु लिएर जाँदै गरेको बस विहीबार अपरान्ह दैलेखको तालपोखरीमा दुर्घटना भएको छ । भे १ ख २२३३ नम्बरको बस दैलेखको तालपोखरीमा सडकमै पल्टिएको हो ।  बस दुर्घटनामा परि ३६ यात्रु घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । सडकमै बस पल्टिएर दैलेख–सुर्खेत सडख खण्डमा यातायात अवरुद्ध भएको छ । 

बिहे गर्ने एउटा पनि केटा नपाएपछि सामूहिक गुहार, कहाँ-कहाँ छ केटाको खडेरी ?

Image
असोज १२,२०७४,बिहिवारमा प्रकाशित ! उमेर ढल्किँदै जाँदा बिहे गर्ने एउटा पनि केटा नपाएपछि सहरभरिका केटीहरुले सामूहिक रुपमा केटा पाउँ भन्दै गुहार मागेका छन् । यो ब्राजिलको घटना हो । ब्राजिलको नोइभा डो कोर्डेरियो सहरमा एकजना पनि अविवाहित पुरुष छैनन् । तर ६ सय जना अविवाहित महिला छन् । ती मध्ये अधिकांस ३५ वर्ष मुनिका तरुनी छन् । महिलाले नै भरिएको त्यो सहरमा महिलाकै बोलवाला छ । तर भएर के गर्नु ? पुरुष नपाएर अविवाहित महिला छटपटाउन थालेका छन् । उनीहरुले हालै एक सामूहिक अपिल गरेका छन् अविवाहित केटाहरुलाई आफुसँग सम्बन्ध गाँस्न अनुरोध गर्दै । ब्राजिलको यो सहर मात्र होइन रुसमा पनि हालत यस्तै छ । केटाहरुको संख्या निकै कम छ केटीहरुको भन्दा जसका कारण महिलाहरुले जस्तो पाएपनि केटा खोजेर बिहे गर्नैपर्ने अवस्थामा छन् ।अस्ट्रेलियामा पनि पुरुषहरुको खडेरी नै पर्न लागेको त्यहाँको एक अनलाइनले जनाएको छ । भिक्टोरियामा १ सय जना महिलामा केवल ९८ जना मात्र पुरुष छन् । यो त्यतिसारो लैंगिक असन्तुलन त होइन तर यसले पनि दशौँ हजार पुरुषको कमी देखाउँछ । अर्थात् पुरुष भन्दा ६० हजार बढि महिला छन् भिक्टोरियामा ।

दिमाग लगाउनुस्, यो कारमुनि कुन नम्बर होला ?

Image
असोज  १२, २०७४ —   तपाईंले यो कारमुनिको नम्बर देख्न सक्नुहुन्न । तर कुन नम्बर होला अनुमान गर्न सक्नुहुन्छ त ? वयस्कहरूलाई सही उत्तर पत्ता लगाउन गाह्रै पर्छ । तर बच्चाहरूले यो नम्बर २० सेकेन्डभित्र पत्ता लगाइदिन्छन् । आफ्ना साथीहरूसँग पनि यो ब्रेन टीजर शेयर गर्नुस् । लोकान्तरको फेसबूक पेजको कमेन्ट सेक्सनमा अनि ट्विटरको रिप्लाईमा यो नम्बर लेख्नुहोला है । एजेन्सी

कहाँ तोकिँदैछ त तपाईँको प्रदेशको राजधानी?

Image
असोज १२,काठमाडौं ।। मंसिरमा चुनाव हुने भइसक्यो तर प्रदेशको राजधानी अहिलेसम्म तोकिएको छैन। प्रदेशको नाम एकताका खुबै ठूलो समस्या जस्तो देखिन्थ्यो। तर वडा नम्बरको हिसाबमा प्रदेशको पनि नम्बर तोकिदिएर त्यो विवादको सुरक्षित अवतरण गराए नेताहरुले। अब प्रदेश प्रमुख र प्रदेश राजधानी तोकिन बाँकी छ। नझुक्किनुस् है प्रदेश प्रमुख भन्या मुख्यमन्त्री सरह हैन, भारतको उदाहरण दिने हो भने राज्यपाल (गभर्नर) जस्ता हुन्- प्रदेशका संवैधानिक प्रमुखहरु। राजधानीको विषयमा सरकारले एउटा समिति गठन गरेको थियो। त्यो समितिले तीन प्रदेशमा एउटा मात्र र बाँकी चार प्रदेशमा विभिन्न सहरको विकल्प दिएको छ। समितिले एउटा मात्र विकल्प दिएका प्रदेशहरुमा प्रदेश नम्बर २, ४ र ६ हो। प्रदेश नम्बर २ मा जनकपुरलाई, प्रदेश नम्बर ४ मा पोखरालाई र प्रदेश नम्बर ६ मा भने सुर्खेतलाई सिफारिश गरिएको छ। समितिले प्रदेशको राजधानी तोक्न तय गरेका मापदण्ड यस्ता छन् -भौतिक पूर्वाधार -यातायातको सुगमता -प्रशासकीय सुगमता -भौगोलिक केन्द्र -ऐतिहासिक महत्व -सुरक्षाको व्यवस्था प्रदेश नम्बर १ मा विराटनगर, धनकुटा र इटहरी विकल्पमा छ। प्रदेश नम

दसैँमा कस्तो मासु राम्रो ? थाहा पाउनु पर्ने महत्त्वपूर्ण कुरा !

Image
असोज १२,२०७४, बिहीबार ।। गाउँशहर दसैँको रमझममा छ । दसैँ भन्न साथ टीका जमरासँग जोडिएर आउँछ, माछा, मास र मिठो खानपान । दसैँमा सबै भन्दा बढी महत्वको कुरा त खानपान कै हुन्छ । अनि चर्चा पनि खानपानकै । त्यसमा पनि मासुको चर्चा मासु  खानेहरुको घरमा अनिवार्यरुपमा चलेकै हुन्छ । मासु यसरी पकाउँदा राम्रो, यसरी पकाएको मासुको स्वाद यस्तो भनेर हरेकले आआफ्नो स्वाद अनुसारको दृष्टिकोण प्रस्तुत गर्दछन् । दसैँमा त पेटभरी मासु खाने हो भन्ने धारण अहिले पनि व्याप्त छ । शरीरको आवश्यकता भन्दा बढी मासुखाँदा स्वास्थ्य बिग्रने प्रायः निश्चित छ । चाडबाडको बेलामा खानपानमा ध्यन नदिँदा अस्पताल पुग्नुपर्ने अवस्था आउन सक्छ । नमिलाइकन खाएको खानपानले स्वास्थ्यमा असर गर्दछ । त्यसैले खानपानमा उचित ध्यान दिनु आवश्यक छ ।  दसैँमा कस्तो मासु खाने ? दसैँमा पाक्ने परिकार मध्ये मुख्य परिकार भनेको मासु नै हो । भान्छामा अरु जे पाके पनि धेरैको मुखमा पानी ल्याउने पहिलो परिकार नै मासु हो । पौष्टिक दृष्टिकोणले माछामासु राम्रो हो तर शरीरको आवश्यकता भन्दा बढी खानाले हाम्रो स्वास्थ्यलाई नै असर गर्दछ । उच्च कोलेस्ट्रोल, उच्च रक्तचाप,

सुदूरपश्चिममा भूकम्पको धक्का महसुस

Image
१२ असोज,  बैतडी ।।  बैतडी केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पको धक्का बैतडीसहित सुदूरपश्चिमका अधिकांश जिल्लामा महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख रत्नमणि गुप्ताका अनुसार बैतडीको गोकुलेश्वर क्षेत्र आसपास केन्द्र बनाएर गएराति ९ बजेर ४३ मिनेटमा ३ दशमलव ८ रिक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्काका कारण स्थानीयवासी एकछिन त्रसित बनेको बैतडीको गोकुलेश्वरका सुरेश श्रेष्ठले जानकारी दिए । उनले भने, ‘केहीबेर घर बाहिर तथा खुला ठाउँमा जम्मा भयौँ ।’ जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले भूकम्पले क्षति पु¥यायो भन्ने अहिलेसम्म कुनै जानकारी नआएको बताए । यसअघि गत भदौ ६ गते पनि सुदूरपश्चिमकै बझाङ केन्द्रबिन्दु भएर ४ दशमलव ९ रिक्टर स्केलको भूकम्प गएको थियो ।

राष्ट्रसंघको महासभामा भाग लिएर प्रधानमन्त्री देउवा स्वदेश फर्किँदै

Image
असोज १२, काठमाडौं।। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन् । उनी ओमान हुँदै बिहीबार साँझ सात ४५ बजे काठमाडौं आइपुग्नेछन् । काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै पत्रकार भेटघाट कार्यक्रम राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । राष्ट्रसंघको ७२ औं महासभामा भाग लिन प्रधानमन्त्री देउवा यही असोज ३ गते अमेरिकाको न्यूयोर्क गएका थिए । उनले असोज ७ गते महासभालाई सम्वोधन गरेका थिए । १ सय ९३ मुलुक सहभागी राष्ट्रसंघको महासभामा प्रधानमन्त्री देउवाले नेपालको पछिल्लो राजनीतिक अवस्था, संविधान कार्यावन्यनलगायत विषयमा जानकारी गराएका थिए । अमेरिका बसाइको क्रममा उनले विभिन्न देशका राष्ट्र प्रमुखहरुसँग द्वीपक्षीय भेटवार्ता पनि गरेका थिए । अमेरिकाबाट उनी ओमान प्रस्थान गरेका थिए । ओमानमा पनि बिभिन्न भेटवार्ता गरेर उनी स्वदेश फर्किन लागेका हुन् । प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, महिला बालबालिका तथा समाजकल्याण मन्त्री आशा कोइराला, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. दिनेश

दैलेखमा बस दुर्घटना, २२ घाइते, चार जनाको अवस्था गम्भीर

Image
असोज १२, दैलेख ।।  दैलेखको गुराँस गाउँपालिकाको वडा नम्बर ४ तालपोखरीमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । सुर्खेतबाट दैलेखतर्फ आउँदै गरेको भे १ ख २२३३ नम्बरको बस बुधबार साँझ करिब साढे ६ बजे तालपोखरीको अोरालोमा दुर्घटना भएको हो । गम्भीर घाइते भएकाहरूलार्इ उपचारका लागि सुर्खेत पठाइएको दैलेख प्रहरीले जानकारी दिएको छ । उदय शाही, अंगत शाही, तारा शाही र बस चालक उपेन्द्र शाही गम्भीर घाइते भएको दैलेख प्रहरी प्रमुख सरोज पौडेलले जानकारी दिए । पूजापाठका लागि बस रिजर्भ गरेर बाँकेको कोहलपुरबाट सुर्खेत हुँदै दैलेख जाँदै गरेका घरपरिवारका आफन्त चढेको बस दुर्घटना भएको हो । बसमा २२ जना सवार थिए ।

आजको विभिन्न पत्रपत्रिकामा प्रकाशित कार्टुनहरु यस्ता छ्न ...

Image
असोज १२,काठमाडौं ।  नेपाली पत्रपत्रिकाहरुमा छापिने कार्टुनहरु सानु भएता पनि यसको अर्थ र यसले दिने सन्देश ठूलो हुने गर्दछ । कार्टुन्सहरुले बिभिन्न क्षेत्रमा भईरहेको अनियमिता साथसाथै ढिलासुस्तीहरु र जनसरोकारका विषयहरुलाई समेट्ने र व्यङ्गय गर्ने भएको हुनाले सबैले रुचाएका हुन ।

नग्नअवस्थामा काम गर्ने महिला कामदार चाहियो, घण्टाको ६ हजार

Image
असोज ११, बुधबार ,२०७४ ।। नीजि घर सफा गर्नका लागि ती महिला कामदारले चप्पल र सफा गर्ने पञ्जावाहेक अरु केही लगाउन नपाउने विज्ञापनमा उल्लेख छ । यसो गरेबापत ती कामदारले घण्टाको ५७ डलर (रु. ६ हजारभन्दा बढी) पाउने छन् । महिला जुनसुकै उमेर समूहको भएपनि हुने तथा शरिरको अाकारमा समेत कुनै मापदण्ड नभएकोसमेत विज्ञापनमा भनिएको छ । ‘हामी महिला नेचुरिष्ट क्लिनर्सको खोजीमा छौं, जसले नग्न भएर नीजि घर सफा गर्न सक्छन्,’ उक्त जागिर खुलाउने कम्पनीले भनेको छ । कामदारले भ्याक्युम लगाउने, बोटबिरुवामा पानी हाल्ने, बेड मिलाउने, वासिङ मेसिन चलाउने, लुगामा आइरन लगाउने र झ्याल–ढोका सफा गर्नुपर्ने लगायतका काम गर्नुपर्ने छ । घर मालिकका लागि पनि नियमहरू तोकिएको छ । घरवालाले महिला कामदारलार्इ टाढैबाट हेर्न सक्ने तर उनलाई छुन नपाइने तथा सफा गरिरहेका बेला फोटो खिच्न नपाइने सर्त मान्नुपर्ने हुन्छ । नेचुरिष्ट क्लिनर्स करिब दुई वर्ष पहिले बेलायतमा स्थापना भएको हो । उक्त कम्पनीले बेलायतको अन्य भू-भागमा पनि आफ्नो सेवा विस्तार गर्ने सोच बनाएको कम्पनीले बताएको छ । स्वान्सी र साउथ वेल्समा उक्त विज्ञापनले निकै र

दशैको मुखैमा खायो दशाले ,आज साँझ दुर्घटनामा परी दुई जनाको मृत्यु

Image
असोज ११, नवलपरासी , रासस ।।  पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको (बर्दघाट सुस्तापूर्व) कावासोतीमा आज साँझ भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु  भएको छ । दुर्घटनामा परी मोटरसाइकल चालक नवलपरासी विनयी त्रिबेणी गाउँपालिकाका वर्ष २३ का हेमन्त पराई मगर र मोटरसाइलकमा सवार कावासोती–८ बस्ने वर्ष २६ का दिनेश थापा मगरको मृत्यु भएको हो । दुर्घटनामा परी घाइते दुवै जनाको उपचारका क्रममा देवचुली अस्पताल दलदलेमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ । दुर्घटना भएको मोटरसाइकलमा तीन जना सवार थिए । घाइते एक जनाको कालीगण्डकी अस्पताल कावासोतीमा उपचार भइरहेको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको यू ३२ एफ. एन. २७७१ नम्बरको भारतीय ट्रकले विपरीत दिशाबाट आउँदै गरेको लु ८ प ८३३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको थियो ।

दशैकै बेला हात गुमाएका मदन भन्छन्, ‘दसैँ नआए पनि हुन्थ्यो’

Image
असोज ११, २०७४,झापा ।। झापा दमकका ३३ वर्षका मदन बोहोरालाई २०७२ सालदेखि दसैँ आएको छैन। उनलाई दसैँ कहिल्यै नआए हुन्थ्यो जस्तो लाग्छ।  दसैँकै समयमा सबैलाई उज्यालोमा राख्न खोज्दा आफू अँध्यारोमा पर्नुपरेको पीडा छ उनीसँग। २०७२ सालको दसैँको अष्टमीका दिन आफ्नो दायाँ हात गुमाउनुको पीडा अझै भुल्न सकेका छैनन् उनले।  दमक– ३ स्थित बाघखोर चोकमा सडक बत्ती जडान गर्ने क्रममा उनले आफ्नो दायाँ हात गुमाए।  उनले इलेक्ट्रिसियनको एक लेभलको तालिम लिएका थिए। त्यसैले उनलाई स्थानीयले सडक बत्ती बिग्रिएकाले बनाइदिन आग्रह गरे। कात्तिक २ गते अष्टमीका दिन बिजुलीको पोलमा चढे। उनले सडक बत्ती जडान गरेर झलल बल्ने बताए। ‘त्यो दिनदेखि मेरो दुःख सुरु भयो। त्यही दिन थियो मेरो कालो दिन। बत्ती त राम्ररी बल्ने बनाएँ’, उनी यसरी सम्झन्छन् त्यो कालो दिन, ‘पोलबाट झर्दै थिएँ, कसोकसो गर्दा ११ हजार भोल्टको हाइटेन्सन करेन्ट मेरो शरीरमा लाग्यो, त्यसपछि म बेहोस भएँ।  केही थाहा पाइनँ। मैले थाहा पाउँदा म घोपामा अस्पतालको बेडमा थिएँ।’  उनलाई आफू बाँच्छु जस्तो लागेको थिएन रे! ‘म त अपवादको रूपमा मात्र बाँचेको हुँ, धन्न ज्यानचाहिँ बच्यो,

पूर्व राजाले दिए दशैको शुभकामना, देशको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त

Image
असोज ११, २०७४ ।। विजया दशमीको उपलक्ष्यमा पूर्व राजा ज्ञानेन्द्र शाहले देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिएका छन्।  देश शान्त, सुस्थिर र सम्मानित भएको हेर्ने आफ्नो चाहना अझै पूरा हुन नसकेको भन्दै यसमा आफू दुखी भएको पनि सन्देशमा उल्लेख गरिएको छ।  शुभकामना सन्देशमा भनिएको छ, ‘राष्ट्रिय स्वाभिमानसहितको प्रगति नेपाली जनताले चाहेको हो।  दुई विशाल छिमेकी मित्र राष्ट्रहरूबीच रहेको सुन्दर नेपाल सेतु राष्ट्र हो। यो देशको अखण्डता, अविभाज्यता र स्वाभिमानमा केही बाह्य शक्तिद्वारा स्रोत परिचालन गरी प्रहार हुँदै आएको अनुभव नेपाली जनतामा हुनु सुखद विषय हुँदै होइन।’  राज्यका सबै संयन्त्रहरूमा राजनीतीकरण भइरहेको असामान्य अवस्था रहेको भन्दै सन्देशमा पूर्व राजाले भनेका छन्, ‘राज्यप्रतिको विश्वास र भरोसामा ह्रास आउनु देशका लागि शुभसंकेत कदापि होइन।  किन र कसका कारणले यस्तो स्थिति भएको हो, त्यसको खोजीनीति हुनु आवश्यक भइसकेको छ।’  दूरगामी महत्त्वका राष्ट्रिय मुद्दाहरूको निरूपण जनमतमार्फत् खोज्न हिचकिचाउनु नहुने र यस्तो व्यवहारलाई प्रजातन्त्रसम्मत व्यवहार भन्न मिल्छ कि मिल्दैन? भनेर प्र

बेलायत जाँदै नेपाल आइडल

Image
असोज ११, काठमाडौं ।। नेपाल आइडलका विजेता बुद्ध लामा फस्ट रनरअप निशान भट्टराइ र सेकेण्ड रनरअप प्रताप दास सांगीतिक कार्यक्रमका लागि बेलायत जाने भएका छन्। यसै साता घोषित नेपाल आइडलका विजेता र रनरअपको अहिले विश्वभर डिमाण्ड छ। विश्वभरका लाखौं दर्शकले उनीहरुलार्इ सुन्न र हेर्न चाहेपनि पहिलो अवसर बेलायत निवासी नेपाहलीहरुले पाएका छन्। यसबारे मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।    मनकामना मनी ट्रान्सफर युके पोखरा ट्राभल र मुनटेज इन्टरनेसनलले बेलायतमा संयुक्त रुपमा नेपाल आइडलको लाइभ कन्सर्ट आयोजन गर्न लागेको हो।    नोभेम्बर १ तारिख बेलायत प्रस्थान गर्ने र १३ गते फर्किने जनाइएको छ। बेलायतमा चार वटा कार्यक्रम हुनेछन्। फ्रिमेन्टल मिडियाले तय गरेका आधार पूरा गर्ने नेपालको एक मात्र टेलिभिजन एपीवान एचडीमार्फत पहिलो पटक नेपालमा सुरु भएको आइडल सिरिजले सुस्ताएको नेपाली सांगीतिक क्षेत्रलाई ऊर्जा दिने विश्वास गरिएको छ । अहिले विश्वभर नेपाल आइडलको फाइनलमा पुगेका तीनजनाको सांगीतिक कार्यक्रमका लागि जति माग भइरहेको यसले पनि नेपाल आइडलको क्रेजलाई पुष्टि गरेको

शौचालयको ट्यांकीमा निसास्सिएर ३ जनाको मृत्यु

Image
असोज ११, रौतहट ।। रौतहटको यमुनामाई गाउँपालिका-१ सुकदेव चोकमा निर्माणाधिन शौचालयको ट्यांकीमा निस्सासीएर तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अजय कुमार बैठा, परोहा नगरपालिका १ का विजय बैठा र देवाही गोनाही नगरपालिका २ लक्ष्मीनियाका नागेश्वर माझी रहेको प्रहरी नायव उपरीक्षक रामकुमार दानीले जानकारी दिए । अजय कुमार बैठा आफ्नो घरमा निर्माणाधिन शौचालयको ढलान पछिको काठ हटाउन विजय र नागेश्वरसँग ट्यांकीभित्र छिरेका थिए । ट्यांकी भित्र पसेका विजय बैठा र नागेश्वर माझी धेरैबेरसम्म बाहिर ननिस्किएपछि घरपट्टी अजय बैठा पनि ट्यांकी भित्र पसेका थिए । तीनै जनाको ट्यांकी भित्र बेहोस भएको भन्ने हल्ला भएपछि प्रहरीले उद्धार गर्न खोजेको थियो तर ट्यांकी भित्र पसेको प्रहरी नै निस्सासीन थालेपछि डोजरको मद्दतले पर्खाल भत्काएर तीन जनालाई बाहिर निकालिएको थियो । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल गौर ल्याइए पनि चिकित्सकहरुले मृत घोषित गरेका थिए । तिनै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा राखिएको छ । ट्यांकी भित्र पसेका तिनै जनाको अक्सीजनको कमी भएर निस्सासीएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौत