प्रधानमन्त्री स्वदेश फिर्ता, विमानस्थलबाटै गरे चिकित्सकहरुलाई आन्दोलन फिर्ता लिन आग्रह

असोज १३, २०७४ ,काठमाडौं ।।
 प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिई बिहीबार स्वदेश फर्किएका छन्। संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा भएको महासभा सकिएपछि प्रधानमन्त्री देउवा ओमनको चारदिने औपचारिक भ्रमणमा निस्किएका थिए।

 भ्रमण सकाएर उनी बिहीबार अबुधावी हुँदै स्वदेश फर्किएका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्रीद्वय विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठ, मन्त्रीगण, मुख्यसचिव, सुरक्षा निकायका प्रमुख र उच्च पदस्थकर्मचारीले स्वागत गरे। प्रधानमन्त्री देउवालाई नेपाली सेनाको एक टुकडीले सम्मान अर्पण गरेको थियो। स्वदेश फर्केपछि विमानस्थलको अति विशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले आफूले महासभालाई सम्बोधन गर्ने क्रममा नेपालको नयाँ संविधान, हालै सम्पन्न स्थानीय तहको निर्वाचन लगायतका विषयमा अन्तर्राष्ट्रिय समुदायलाई अवगत गराएको बताए।

 नेपाल राष्ट्रसंघको उद्देश्यहरु परिपूर्तिमा प्रतिबद्ध रहेको र  विश्वमा आतंकवाद नियन्त्रण गर्न ऐक्यबद्ध रहेको विषयमा अन्तर्राष्ट्रिय समूदायलाई जानकारी गराएको उनले बताए। उनले राष्ट्रसंघमा साना मुलुकको भूमिकाका विषयमा पनि आफूले परिचर्चा गरेको बताए। संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहँदा सार्क राष्ट्र र विभिन्न मुलुकका राष्ट्रप्रमुख तथा समकक्षीसँग गरेको भेटवार्ता उपलब्धिमूलक रहेको उनको भनाइ छ।

प्रधानमन्त्री देउवाले नेपाल सार्कको अध्यक्ष मुलुकसमेत रहेको नाताले १९ औँ सार्क शिखर सम्मेलन गराउने विषयमा त्यहाँ उपलब्ध सार्क मुलुकका परराष्ट्र मन्त्रीहरुको अनौपचारिक बैठक समेत डाकेको बताए। राष्ट्रसंघको शान्ति स्थापनाको लक्ष्यमा शान्ति सेनाको भूमिका थप प्रभावकारी बनाउन तथा काभ्रेको पाँचखालस्थित सैनिक तालीम केन्द्रलाई क्षमता वृद्धि गर्ने विषयमा राष्ट्रसंघका महासचिवसँग कुराकानी भएको उनले बताए।

 ओमान भ्रमण सौहाद्रपूर्ण राष्ट्रसंघको महासभापछि प्रधानमन्त्री देउवा चारदिने औपचारिक ओमान भ्रमणमा निस्किएका थिए। आफ्नो भ्रमणपछि दुई देशबीचको सम्बन्ध थप प्रगाढ भएको र त्यहाँस्थित नेपाली श्रमिकहरुको श्रम शोषण अन्त्यका लागि विशेष पहल गरेको उनले बताए। चिकित्सहरुको आन्दोलन फिर्ता गर्न माग चिकित्सकले गरिरहेको आन्दोलनका विषयमा सोधिएको प्रश्नमा प्रधानमन्त्रीले आन्दोलन फिर्ता गर्न आग्रह गरे। उनले चिकित्सकको सुरक्षाका लागि सरकार सदैव तयार रहेका कारण स्वास्थ्य सेवामा हडतालका कार्यक्रम फिर्ता लिनुपर्ने प्रतिक्रिया दिए।

  उनले मन्त्रिपरिषद्को निर्णय चिकित्सकको हकहित विरुद्ध नभएको बताए। चिकित्सकहरुका मागप्रति आफु सचेत भएका कारण समस्याको समाधान चाडैं निस्कने उनको भनाइ छ। प्रधानमन्त्री महासभामा भाग लिनका लागि यही असोज ३ गते त्यसतर्फ प्रस्थान गरेका थिए। राष्ट्रसंघको महासभापछि उनी असोज ९ गते ओमानको औपचारिक भ्रमणका लागि राजधानी मस्कट पुगेका थिए।

Comments

Popular posts from this blog

पुुनर्वासमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेको परिचय खुल्यो

कञ्चनपुरमा थ्रेसरमा च्यापिएर एक महिलाको मृत्यु

पुनर्वासका कुल ब्वाय फिल्म खेल्दै